जनादेश काठमाण्डौ ।
‘कोभिड १९’को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी खुलेपछि शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा गुडेका सवारी साधन । तस्वीर ः रोशन सापकोट/रासस
९ श्रावण २०७७, शुक्रबार १५:४३९ श्रावण २०७७, शुक्रबार १५:४३९ श्रावण २०७७, शुक्रबार १५:४३ by Jandesh NepalNo Comments
जनादेश काठमाण्डौ ।
नेपाल कम्युुनिष्ट पार्टीका संस्थापक नेता नरबहादुुर कर्माचार्यको सातौँ स्मृति दिवसका अवसरमा शुुक्रबार नेपाल कम्युुनिष्ठ पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुुरको कुुम्भेश्वरस्थित उहाँको शालिकमा माल्यार्पण गर्दै । तस्वीर ः चन्द्रकला क्षेत्री/रासस
९ श्रावण २०७७, शुक्रबार १५:२५९ श्रावण २०७७, शुक्रबार १५:२५९ श्रावण २०७७, शुक्रबार १५:२५ by Jandesh NepalNo Comments
जनादेश बागलुङ ।
गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने ।
दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपयो । धन कमाउन विदेशिनुभएका उहाँ बन्द बाकसमा फर्कनुभयो । फागुन पहिलो साता साउदी अरब पुग्नुभएका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो ।
शव भने गत सोमबार मात्र आइपुग्यो । कोरोनाले निम्त्याएको बन्दाबन्दीका कारण शव ल्याउनै झण्डै दुई महिना लाग्यो । परिवारले अन्तिमपटक मुख हेर्ने धोको राखेपछि खर्चिलो र झण्झटिलो भए पनि सुनारको शव घरै ल्याइएको हो । मङ्गलबार अन्तिम संस्कार गरेपछि छोराहरु दिनेश र विनोद अहिले बुबाको किरियामा हुनुहुन्छ ।
“म पनि भारतमा थिएँ, तीन-चार वर्षदेखि बुबालाई भेट्न पाएको थिइँन, अब यत्तिकै भयो”, २१ वर्षीय दिनेशले भन्नुभयो, “हामी विदेश लागेपछि घरमा आमा र भाइमात्र थिए ।” १८
९ श्रावण २०७७, शुक्रबार १५:२४९ श्रावण २०७७, शुक्रबार १५:२४९ श्रावण २०७७, शुक्रबार १५:२४ by Jandesh NepalNo Comments
जनादेश, काठमाडौँ ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूविरुद्ध झुटो आरोप लगाएको बताउदै अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका छन् । केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् । मुद्दा दर्ता भइसकेको र छानबिन प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
यसअघि अभिनेता केसीले चलचित्र कलाकार संघमा समेत सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै उजुरी दिएका थिए । यस्तै, सामाग्रीकी आमा नेहा राज्यलक्ष्मी शाहले भने आफूहरुलाई मुद्दाबारे कुनै औपचारिक जानकारी नआएको बताएकी छन् ।
साम्राज्ञीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै केसीले आफुमाथि दुर्व्यवहार गरेको बताएकी थइन् । सो भिडियो सार्वजनिक भएसँगै केसीले उक्त कुराको खण्डन गर्दै आएका छन् ।
९ श्रावण २०७७, शुक्रबार १५:१९९ श्रावण २०७७, शुक्रबार १५:१९९ श्रावण २०७७, शुक्रबार १५:१९ by Jandesh NepalNo Comments
जनादेश काभ्रेपलाञ्चोक।
पाँचखाल नगरपालिकाले चौथोे नीति तथा कार्यक्रमसम्म आइपुग्दा कृषि क्षेत्रमा तेब्बर बजेट विनियोजन गयो ।
नगरको कषि क्षेत्र उकास्न ‘पाँचखाल नगर, कृषि शहर’को नारा घन्काउँदै आइएको पनि चार वर्ष लागिसक्यो, चालू वर्ष २०७७÷७८ का लागि कृषिमा विनियोजित बजेटबाट नाराले सार्थकता पाउनेमा पनि शङ्का नगर्ने कमै होलान् ।
यसअघिका वर्ष नारामा रुमलिएका पाँचखालका कृषक कृषि क्षेत्रमा चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेटबाट ‘आशा गर्ने’सम्म मात्रै रहेको बताउँछन् । “नयाँ संरचनामा स्थानीय तह शुरुसँगै नारा घन्काइएपछि सोहीअनुसार बजेट विनियोजन हुनुपथ्र्यो, चौथो वर्ष लाग्दा बजेट बढाउनु कृषक लोभ्याउनु मात्रै हो”, वडा नं ६ का रामेश्वर सापकोटाले भन्नुभयो ।
उहाँका अनुसार यो वर्षदेखि थपिने बजेट केवल निर्वाचनलक्षित मान्नुपर्न देखियो । चालू वर्षमा कृषि क्षेत्रका लागि रु ९० लाख बजेट छुट्याइएको छ
९ श्रावण २०७७, शुक्रबार १४:५७९ श्रावण २०७७, शुक्रबार १४:५७९ श्रावण २०७७, शुक्रबार १४:५७ by Jandesh NepalNo Comments
नारायण ढुङ्गाना, काठमाडौँ
काठमाडौैँको सीतापाइलामा एक युवतीमाथि भएको एसिड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै पक्राउ गर्न सफल भएको छ ।
बिहीबार साँझ ७ः५५ को घटनाका आरोपीलाई प्रहरीले ९ बजे नै पहिचान गरेको थियो । राति १०ः४५ बजे उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भयो । मुख्यगरी कल डिटेल र सिसी क्यामराको सहायताले अभियुक्त पहिचान गर्न सफल भएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।
पहिचान हुनेबित्तिकै खोजीमा निस्किएको प्रहरी टोलीले रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौँको डल्लु बस्ने मोमहम्मद आलम र उनका सहयोगी भारत विहार घर भई डल्लु बस्ने फैयाज आलमलाई पक्राउ गरेको हो ।
आलम काठमाडौँको एक गार्मेन्ट फ्याक्ट्रीका मालिक हुन् । फैयाज सोही गार्मेन्टमा काम गर्ने कर्मचारी हुन् । युवतीलाई एसिड हानेको भन्ने सूचना प्राप्त भएलगत्तै मह
९ श्रावण २०७७, शुक्रबार १४:४७९ श्रावण २०७७, शुक्रबार १४:४७९ श्रावण २०७७, शुक्रबार १४:४७ by Jandesh NepalNo Comments
जनादेश वीरगञ्ज।
नेपालमा कोरोना संक्रमणबाट आज थप एकको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिए ।
डा. सिंहका अनुसार केही दिनअघि निमोनिया भएर एडभान्स अस्पतालमा भर्ना भएकी उनी मुटुको रोगी थिइन् ।
साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक कोभिड अस्पतालमा ल्याइएको थियो ।
९ श्रावण २०७७, शुक्रबार १३:५४९ श्रावण २०७७, शुक्रबार १३:५४९ श्रावण २०७७, शुक्रबार १३:५४ by Jandesh NepalNo Comments
भागवत खनाल, पूर्वसहसचिवः नेपाल सरकार
महाभारत सकिएपछि युधिष्ठिरको अकण्टक राज्य स्थापित भयो । भाइहरु अनुकूल थिए । भारदारहरु पनि आज्ञाकारी , देशभक्त र नैतिकवान छन भन्ने आम मान्यता थियो । राजसभामा अन्याय , अत्याचार र अविवेक भएको कुनै सिकायत आउँदैनथ्यो । भारदारी सभामा सर्वत्र शान्ति , समृद्धि र अमनचयन रहेको र त्यो सबै सत्यवादी र धर्मात्मा राजाको प्रतापकै कारण सम्भव भएको भनेर असीम गुणगान हुन्थ्यो ।
किन्तु युधिष्ठिर सोच्ने गर्दथे - भाइ -भाइमा द्वेष राखे तापनि साधारण जनतामाझ त दुर्योधनको शासन पनि लोकप्रिय नै थियो । कहीँ कसैको गुनासो थिएन ।प्रजा चुप लागेर बस्नुमा दुई कारण हुन सक्छन , एउटा गुनासो गरे उल्टै दण्ड भोग्नुपर्ने डर र अर्को जब सुनुवाइ नै हुँदैन भने गुनासो गर्नुको के प्रयोजन ?
एकदिन युधिष्ठिरले भाइहरुसङ्ग भने - हे प्रिय भाइहरु हो ! मलाई कता कता महसुस हुने गर्दछ कि के हाम्रो राज्यमा
९ श्रावण २०७७, शुक्रबार १३:२५९ श्रावण २०७७, शुक्रबार १३:२५९ श्रावण २०७७, शुक्रबार १३:२५ by Jandesh NepalNo Comments
काठमाडौँ ।
विश्व हिन्दू महासङ्घले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गर्नुभएको हो । अन्य सबै क्षेत्र खुला गरिँदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिकस्थलका मूल ढोकासमेत बन्द गर्नाले महासङ्घलाई आश्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताउनुभयो ।
गत चैत ११ गते र हाल नेपालमा कोरोना भाइरसको अवस्था विश्लेषण गर्न पनि महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । मठ मन्दिर पनि भौतिक दूरी कायम गरी खुला गर्न सकिनेतर्फ सरकारले सोच नबनाएकामा महासङ्घले आपत्ति जनाएको छ ।
सरकारले औपचारि
९ श्रावण २०७७, शुक्रबार ११:३२९ श्रावण २०७७, शुक्रबार ११:३२९ श्रावण २०७७, शुक्रबार ११:३२ by Jandesh NepalNo Comments
जनादेश तनहुँ ।
तनहुँको व्यासनगरपालिका–१३ स्थित भासिएको बुद्धसिं मार्ग । सडक भासिएपछि चितवन जोड्ने मार्ग अवरुद्ध हुनुका साथै भादगाउँ करादी खिरखादी खानेपानीको पाइपसमेत उच्च जोखिममा परेको छ । तस्बिरः सानेबहादुर नेपाली/रासस