Uncategorized Archives | Page 20 of 55 | Education Patra

Uncategorized

माछा मार्दै युवा

माछा मार्दै युवा

Uncategorized
जनादेश पोखरा । पोखराको फेवातालस्थित बाराही घाटमा झरीको पर्वाह नगरी शुक्रबार बिहान बल्छीको सहायताले माछा मार्दै स्थानीय युवा । तस्बिरः राधिका कँडेल/रासस
प्रदेश नं. १ ः चालू खर्च ६४ प्रतिशत र पूँजीगत खर्च ७५ प्रतिशत   

प्रदेश नं. १ ः चालू खर्च ६४ प्रतिशत र पूँजीगत खर्च ७५ प्रतिशत   

Uncategorized
    जनादेश विराटनगर ।   प्रदेश नं.१ को आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलले कोभिड–१९ ले अर्थतन्त्र र राजश्व सङ्कलनमा गम्भीर असर पारेको बताउनुभएको छ । प्रदेश सभाको बैठकको शून्य र विशेष समयमा सदस्यले उठाउनु भएको प्रश्नको आज जवाफ दिनुहुँदै उहाँले यस प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा चालू खर्च ६४ दशमलव पाँच प्रतिशत र पूँजीगत खर्च ७५ दशमलव ७९ प्रतिशत भएको जानकारी दिनुभयो । कूलमा ७० दशमलव ८३ प्रतिशत बजेट खर्च र राजश्वमा ७१ प्रतिशत प्रगति भएको जनाउँदै उहाँले कोरोनाका कारण भन्सार तथा आन्तरिक राजश्वमा पनि असर परेको बताउनुभयो । उहाँले उत्पानदशील र रोजगारीका क्षेत्रमा सरकार लगानी गर्ने भन्दै बजेटले निर्देशन गरेको क्षेत्र बाहेक गैर क्षेत्रमा सरकारले बजेट खर्च नगरेको स्पष्ट पार्नुभयो । मन्त्री आङ्बोले सरकारले पुरानो योजनालाई सम्पन्न गर्न बजेटले निरन्तरता दिएको छ भन्दै
चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण   

चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण   

Uncategorized
  जनादेश काठमाडौँ  । विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदनले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ र त्यसको सङ्क्रमणको जोखिमबाट जोगिन गरिएको लकडाउनबाट समस्यामा परेको अर्थतन्त्रलाई थप आर्थिक गिरावटबाट जोगाउन गरिएको प्रयासका बाबजूद आर्थिक वृद्धि न्यून हुने जनाएको हो । सरकारले चालेका प्रयत्नका बाबजुद देशको अर्थतन्त्रलाई सङ्क्रमणको अस्थिरताबाट राहतको चरण हुँदै पुनःसंरचनामार्फत पुनरुत्थानशीलतातिर डो¥याउँदै दिगो र समावेशी वृद्धिको पथमा लैजान सरकारले रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने विश्व बैंकको भनाइ छ । बैंकको प्रतिवेदनका अनुसार यस वर्ष पर्यटन क्षेत्रमा कम मात्रै आर्थिक क्रियाकलाप हुनेछ र विप्रेषणको प्रवाह पनि औसत रहनेछ । आपूर्ति शृङ्खलामा भएको अवरोधले औ
चारकिलोमा पुनः पहिरो ः नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चारकिलोमा पुनः पहिरो ः नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

Uncategorized
जनादेश चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उहाँले जानकारी बताउनुभयो । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । रासस
बलेनीको पानी पिउन बाध्य छन् च्युरिबोटवासी

बलेनीको पानी पिउन बाध्य छन् च्युरिबोटवासी

Uncategorized
जनादेश गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ च्युरिबोटमा गत मङ्गलबार राति आएको पहिरोले पाइप बगाएपछि स्थानीय ४६ घरधुरीलाई खानेपानीको हाहाकार भएको छ । झेपेरधारामा गएको पहिरोले झेपेरखोला खानेपानी आयोजनाको पाइप बगाएपछि त्यहाँका स्थानीय तीन दिनदेखि खोला तथा बलेनीको धमिलो पानी खान बाध्य भएका दाजुङखोला लघु जलविद्युत् व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार अविरल वर्षापछि गएको पहिरोले करिब ३० मिटर पाइप बगाउँदा खानेपानी अवरुद्ध भएको हो । सो खानेपानी आयोजनाबाट विद्यालय, २६ घरधुरी स्थायी र २० घरधुरीले अस्थायीरुपमा पिउँदै आएका छन् । च्युरिबोटका घुइलबोट, नालबाङ, दास्बाङ, पहिरोघर, बिसौनाबोट, बरनाचे बस्तीलगायत सिद्धार्थ माविमा खानेपानीको अभाव भएको छ । सो खानेपानीको आयोजना विदेशी संस्था ब्रिटिस बेलफेयरले २०५६ सालमा सहयोगमा नि
‘तीन वर्षमा परिचयपत्र वितरण गरिने’

‘तीन वर्षमा परिचयपत्र वितरण गरिने’

Uncategorized
जनादेश मोरङ । मोरङ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रसासन कार्यालय मोरङमा बिहीबार आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुुभारम्भ गर्नुभयो । प्रदेश नं १ का प्रमुुख सचिव दिनेश भट्टराईले सरकारले प्रदान गर्ने सेवालाई सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुुने बताउनुुभयो ।परिचयपत्रका लागि १६ वर्ष उमेर पुुगेका सबै नेपाली नागरिकलाई वितरण गरिने लक्ष्यअनुुसार दर्ता शुुरु गरिएको मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुुजेलले जानकारी दिनुभयो । आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गरिने लक्ष्य सरकारको रहेको छ । यसअघि २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनबाट ७७ जिल्लामा शुुरु भएको जानकारी गराइयो । चालू आर्थिक वर्षमा मुलुकभरि एक करोड नागरिकलाई परिचयपत्र वितरण
उडीनेजेले युभेन्टसलाई हरायो

उडीनेजेले युभेन्टसलाई हरायो

Uncategorized
एजेन्सी । इटालियन सिरी ए अन्तर्गत बिहीबार राती भएको खेलमा घरेलु टोली उडिनेजेले लिगको शीर्षस्थानमा रहेको युभेन्टसलाई २-१ ले पराजित गरेको छ । अंक तालिकामा रेलिगेसन क्षेत्रनजिक रहेको उडिनेजेविरुद्ध पहिलो हाफमै अग्रता लिएपनि युभेन्टसले जित दर्ता गर्न सकेन । यस खेलमा जित हासिल गरेको भए युभेन्टस लगातार नवौं पटक लिग च्याम्पियन बन्ने थियो । तर दोस्रो हाफमा घरेलु टोलीले उत्कृष्ट पुनरागमन गरेपछि युभेन्टस स्तब्ध बन्यो । खेलको ४२ औं मिनेटमा युभेन्टसले अग्रता लिएको थियो । डिफेन्डर म्याथिस डे लिग्टले गोल गर्दै पाहुना टोलीलाई उपाधिनजिक पुर्याएका थिए । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार डिफेन्डरको बीचबाट छिर्दै गोलरक्षकलाई बिट गर्न सफल भएको थियो । दोस्रो हाफको सुरुवातमै घरेलु टोलीले गोल गर्दै खेलमा फर्कने संकेत दियो । केन सेमाको क्रसमा इलिजा नेस्त्रोरोभ्सकीले हेडरमार्फत गोल गर्दै खे
युभेन्टस आजै च्याम्पियन बन्न सक्ने !

युभेन्टस आजै च्याम्पियन बन्न सक्ने !

Uncategorized
एजेन्सी । इटालियन सिरी ए अन्तर्गत बिहीबार राती हुने खेलमा उडीनेजेलाई पराजित गरे युभेन्टसले लगातार नवौं पटक लिग उपाधि जित्नेछ । उक्त खेल नेपाली समयअनुसार उडीनेजेको मैदानमा राति ११ः१५ बजे हुनेछ । अंक तालिकाको शीर्षस्थानमा रहेको युभेन्टसको ८० अंक रहेको छ । युभेन्टसले आजको खेलमा जित दर्ता गरे दोस्रो स्थानको एटलान्टालाई ९ अंकले पछि पार्नेछ । लिगको तीन चरणका खेल मात्र बाँकी रहेको अवस्थामा यस जितले युभेन्टसलाई कीर्तिमानी उपाधिसम्म पुर्याउनेछ । युभेन्टसले आजको खेल जितेमा तीन खेल बाँकी रहँदा युभेन्टस र एटलान्टाबीच ९ अंकको फरक रहनेछ । बाँकी खेलमा एटलान्टाले सबै जितेर युभेन्टसले बाँकीमा हार बेहोरेपनि दुवै टोलीको अंक बराबर हुनेछ । यस्तो अवस्थामा युभेन्टस र एटलान्टाबीच हेड टु हेड नतिजा हेरिनेछ । हेड टु हेडमा युभेन्टसले एटलान्टाको मैदानमा ३-१ को जित दर्ता गर्दा दोस्रो खेल २-२ को बराबरीमा सकिएक
पहिराबाट ६९ घरपरिवार विस्थापित, छ विद्यालयमा क्षति

पहिराबाट ६९ घरपरिवार विस्थापित, छ विद्यालयमा क्षति

Uncategorized
जनादेश गोरखा । बारपाक सुलिकोट गाउँपालिकामा केही दिनदेखि परेको अविरल वर्षापछि आएको पहिराका कारण ६९ घरपरिवार विस्थाापित भएका छन् । गाउँपालिकाको वडा नं १ र २ बाहेकका सबै वडाका गरी पहिराका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । लगातारको वर्षापछि आएको पहिरो वडा नं ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै वडा नं ४ को जौवारी, जेडाँडा र अर्चलेकालगायतका स्थानका १० घरपरिवार पहिराका कारण विस्थापित भएका अध्यक्ष भट्टको भनाइ छ । पहिराका कारण वडा नं ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नं ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नं ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएका उहाँले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नं ८ को तिनखण्डे,