Uncategorized Archives | Page 21 of 55 | Education Patra

Uncategorized

जसले एकै सिजनमा रियल र बायर्नबाट लिग जिते

जसले एकै सिजनमा रियल र बायर्नबाट लिग जिते

Uncategorized
एजेन्सी । हरेक खेलाडीका लागि सिजनको सुरुवातमा लिग उपाधि जित्नु मुख्य लक्ष्य हुन्छ । लिगमा कमजोर प्रदर्शन भए कम्तिमा कप उपाधिले चित्त बुझाउने धेरै हुन्छन् । अझ ठूला टोलीका खेलाडीले लिग र कप दुवैलाई प्राथमिकतामा राख्छन् । तर कमै खेलाडीले एकै सिजनमा दुई पटक लिग जित्ने उपलब्धि हासिल गर्छन् । यस सिजन स्पेनिस डिफेन्डर अल्भारो ओड्रीओजोलाले यस्तै दुर्लभ उपलब्धि हासिल गरेका छन् । रियल म्याड्रिडका राइट ब्याक उनले सिजनको दोस्रो हाफ जर्मन टोली बायर्न म्युनिखका लागि खेलेका थिए । स्पेनमा रियल म्याड्रिडले ला लिगा जित्दा जर्मनीमा बायर्न म्युनिख बुन्डेसलिगा च्याम्पियन बन्यो । ओड्रीओजोलाले दुवै टोलीबाट विजेता बनेका कारण मेडल प्राप्त  गर्नेछन् । २४ वर्षीय ओड्रीओजोलाले रियल म्याड्रिडमा सिजनको अघिल्लो भाग खेलेका थिए । उनले रियलको जर्सीमा ४ खेल ला लिगा तथा १ खेल च्याम्पियन्स लिगमा खेले । रियलमा ड्यानी
युभेन्टसलाई उडीनेजेको चुनौती

युभेन्टसलाई उडीनेजेको चुनौती

Uncategorized
एजेन्सी । इटालयिन सिरी ‘ए’ मा आज राति ३५औं चरणको विभिन्न दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधिको मुखैमा रहेको शीर्षस्थानको युभेन्टसले उडिनेजेको तथा लाजियोले काग्लिएरीसँग प्रतिस्पर्धा गर्दैछ । युभेन्टस र उडिनेजेको खेल नेपाली समयअनुसार उडिनेसीको मैदानमा राति ११ः१५ बजे हुनेछ ।  घरेलु टोली उडिनेजेलाई पराजित गर्दै युभेन्टस उपाधि यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा मैदान उत्रनेछ । ८० अंक रहेको युभेन्टसले उडिनेसीलाई हराए दोस्रो स्थानको एटलान्टालाई ९ अंकले पछि पार्नेछ । दोस्रो स्थानको एटलान्टाको ७४ अंक छ । उच्च फर्ममा रहेका क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, मिरालेम प्यानिच, एलेक्स सान्द्रो, जुवान क्वार्डाडो र म्याथिज डि लिग्ट जस्ता खेलाडीको युभेन्टसलाई साथ रहेको छ । यता, उडिनेजे पनि घरेलु मैदानमा युभेन्टसलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । उडिनेसी ३६ अंक जोडे
नेपोलीसँग बार्सिलोनाबारे सोच्ने समय छैन

नेपोलीसँग बार्सिलोनाबारे सोच्ने समय छैन

Uncategorized
एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा क्याटलान क्लब बार्सिलोना र नेपोलीबीच अगस्ट दोस्रो साता खेल हुँदैछ । तर नेपोलीका प्रशिक्षक जेनारो गाटुसोले हाल बार्सिलोनाबारे सोच्ने समय नभएको बताएका छन् । इटालियन सिरी ए अन्तर्गत बुधबारको खेलमा नेपोली पार्मासँग २-१ ले पराजित हुन पुग्यो । लगातार ५ खेल अपराजित रहेको नेपोलीले च्याम्पियन्स लिगमा खेल्न बाँकी रहेपनि लिगको स्थानका आधारमा अर्को सिजन छनोट हुने सम्भावना भने सकिएको छ । अब नेपोलीले च्याम्पियन्स लिग उपाधि जितेमात्र अर्को वर्ष च्याम्पियन्स लिग खेल्नेछ । यद्यपि टोलीले लिग स्थानका आधारमा युरोपा लिगमा स्थान बनाउन भने कसरत जारी राखेको छ । लिगको तीन चरणको खेल बाँकी रहँदा नेपोलीले अधिकतम पाँचौ स्थानसम्म रहेर लिग समाप्त गर्न सक्छ । हाल नेपोली ३५ खेलमा ५६ अंकसहित सातौं स्थानमा रहेको छ । समान खेल खेलेको रोमा ६१ अंक
रियलले अर्को सिजन बेच्नैपर्ने ४ खेलाडी

रियलले अर्को सिजन बेच्नैपर्ने ४ खेलाडी

Uncategorized
एजेन्सी । स्पेनिस च्याम्पियन रियल म्याड्रिडले कोरोना भाइरस संक्रमणले सिर्जना गरेको प्रतिकुल अवस्थाका कारण झन्डै २ सय मिलियन युरो घाटा बेहोर्नुपर्यो । त्यसैले यस सिजन क्लबले आवश्यक नपरेका खेलाडी बेचेर भएपनि केहि रकम उठाउने योजना बनाएको छ । रियलले खेलाडी बेचेर ट्रान्सफर रकमसँगै ती खेलाडीको तलब दिनु नपर्दा केहि बचत समेत हुने सोचका साथ खेलाडी बेच्ने प्रक्रिया सुरु गर्नेछ । यस्तो अवस्थामा सम्झौताको अन्त्यतिर रहेका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजको नाम अग्रपंक्तिमा छ । हामेसको सम्झौता अर्को सिजन समाप्त हुँदैछ । त्यसैले उनको मोटो तलब कम गर्न र उनलाई बेचेर भएपनि रियल केहि रकम आर्जन गर्न चाहन्छ । हामेसले हाल प्रति सिजन ८ मिलियन युरो कमाइरहेका छन् । कोरोनाको बिकराल परिस्थितिमा उनलाई अन्य क्लबले यसै किसिमको तलब दिने सम्भावना कम छ । त्यसैले पनि २९ वर्षीय मिडफिल्डरको अन्य क्लबमा ट्रान्
धापाखेलका सात घर जोखिममा

धापाखेलका सात घर जोखिममा

Uncategorized
सुभानु आचार्य,  ललितपुर। गत सोमबारदेखि आएको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका– २४ धापाखेलका सात घर जोखिममा परेका छन् । यीमध्ये पहिराले दुई घर भत्किएका महानगरपालिकाले जनाएको छ । गत मङ्गलबार सो स्थानको जानकारी लिन जाँदा तीनदेखि चार तलाका घरमा समेत क्षति भएका पाइएको महानगरपालिकाका उपप्रमुख गीता सत्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा नं २३ धापाखेलको अर्काे टोल पानीले डुबाउँदा यहाँका स्थानीयवासीलाई समस्या परिरहेको छ ।” महानगरपालिकाका अन्य वडामा पहिराले क्षति पु¥याए तापनि मानिसमा भने हालसम्म कुनै असर गरिनसकेको सत्यालले जानकारी गराउनुभयो । जोखिममा परेका यी घरपरिवारलाई के गर्ने भन्ने विषयमा महानगरपालिकामा छलफल गरी त्यसैअनुसारको कदम अघि बढाइने सत्यालको भनाइ छ । महालक्ष्मी नगरपालिका– ८ शङ्खादेवीमा पहिरो गएर एकपरिवार बसेको टहरा भत्किएको, शान्त्ति निर्माण सेवाले तीन वर्षअघिदेखि काम था
वेष्ट ब्रोम प्रिमियर लिगमा बढुवा

वेष्ट ब्रोम प्रिमियर लिगमा बढुवा

Uncategorized
एजेनसी । वेस्ट ब्रोम अल्वियोन दुई वर्षपछि प्रिमियर लिगमा बढुवा भएको छ । इंग्ल्यान्डको दोस्रो डिभिजनको च्याम्पियनसिपको दोस्रो स्थानमा रहँदै वेस्ट ब्रोम दुई वर्षपछि प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो । वेस्ट ब्रोम २०१८–१९ को सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो । च्याम्पियनसिपको अन्तिम खेलमा बुधबार राति क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) सँग २–२ गोलको बराबरी खेलेपछि वेस्ट ब्रोम सिधै प्रिमियर लिगमा बढुवा भएको हो । लिड्स युनाइटेड च्याम्पियनसिको च्याम्पियन हुदै यसअघि नै शीर्ष डिभिजनमा फर्किएको छ । लिड्सले यस सिजन ९३ अंक जोड्यो । दोस्रो स्थानको वेष्ट ब्रोमले ८३ अंक जोड्यो । यस्तै प्रिमियर लिगमा बढुवाका लागि स्वान्सी सिटी, फुलहम, ब्रेन्फोर्ड र कार्डिफ सिटीले प्ले अफ खेल खेल्ने छन् । विगान एथ्लेटिक्स, चार्ल्टन एथ्लेटिक र हल सिटी भने तेस्रो डिभिजनमा घटुवा भएका छन् । प्र
इन्टर मिलान रोकियो

इन्टर मिलान रोकियो

Uncategorized
एजेन्सी । इटालियन सिरी ‘ए’ मा इन्टर मिलान फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको छ । फियोरेन्टिनासँग बराबरीमा रोकिएसँगै इन्टरले दोस्रो स्थानमा उक्लने मौकासमेत गुमाएको छ । घरेलु मैदानमा इन्टरले फियोरेन्टिनालाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । पाँचौ मिनेटमा इन्टर मिलानका क्रिस्टियन इरिक्सनको फ्रिकिकलाई मार्टिन कासर्सलाई आत्मघाती गोल हुन लागेपनि गोलरक्षक पिएट्रो टेरासियानोले बचाए । रिवाउन्डमा रोमेलु लुकाकुको प्रहारलाई पनि गोलरक्षक पिएट्रोले विफल पारे । १०औं मिनेटमा एन्टेनियो क्यानड्रेभाको क्रसमा निकोलो वारेल्लाको प्रहारमा गोलरक्षक पिएट्रो नै बाधक बन्दा इन्टर अग्रता लिनबाट चुक्यो । १८औं मिनेटमा रोमेलु लुकाकुको प्रहार पोस्टमा लाग्दै बाहिरिदा इन्टरले अग्रता लिने अवसर गुमायो । ५२औं मिनेटमा लुकाकुको अर्काे प्रहार पनि पोस्टमा लाग्दै बाहिरि
रोमाको आधादर्जन गोल

रोमाको आधादर्जन गोल

Uncategorized
एजेन्सी । इटालियन सिरी ‘ए’ मा रोमाले एस्पालमाथि फराकिलो जित निकालेको छ । रोमाले घरेलु टोली एस्पालमाथि ६–१ को फराकिलो जित निकालेको हो । रोमाको जितमा ब्रुनो पेरेसले दुई तथा निकोला कालिनिक, कार्लेस पेरेस, एलेक्सन्डर कोलारोभ र निकोलो जानिओलोले समान एक गोल गरे । घरेलु टोलीका अल्ब्रेटो सेरीले एक गोल फर्काए । खेलको १०औं मिनेटमा निकोला कालिनिकको गोलबाट रोमाले खेलमा अग्रता बनाएको थियो । २४औं मिनेटमा अल्ब्रेटोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा कार्लेस पेरेसले गोल गरेपछि रोमाले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भएको थियो । ४७औं मिनेटमा कोलारोभले गोल गर्दै रोमालाई ३–१ ले अघि बढाए । ५२औं मिनेटमा ब्रुनो पेरेसले गोल गर्दै रोमालाई फराकिलो जिततर्फ अघि बढाए । ७५औं मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै रोमाले खेलमा ५–१ को फराकिलो अग्रता बनायो । ८६औं मिनेटमा घर
छोरा जन्मिएपछि बलात्कार गर्ने पक्राउ

छोरा जन्मिएपछि बलात्कार गर्ने पक्राउ

Uncategorized
जनादेश  भक्तपुर । किशोरी बलात्कारका फरार आरोपीलाई छोरा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ । पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्कार गरी फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजेश भन्ने सुरेश भण्डारीलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिका–४ मा मासु पसल सञ्चालन गर्ने भण्डारीले २०७६ जेठ २७ गते १७ वर्षीया किशोरीलाई पत्रिकाको ग्राहक बनाउने बाहनामा आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाँले जानकारी दिनुभयो । बलात्कारपछि कसैलाई भने ज्यान मार्ने धम्की दिए कै कारण ती किशोरीले आफू बलात्कृत भएको कसैलाई नभनेको तर सुत्केरी व्यथा लागेर अस्पताल पुगेपछि मात्र यसबारे सबैले थाहा पाएको प्रहरीको भनाइ छ । पीडित किशोरी एक स
नियम विपरीतको भुक्तानी तत्काल असुल गर्न निर्देशन

नियम विपरीतको भुक्तानी तत्काल असुल गर्न निर्देशन

Uncategorized
जनादेश कास्की । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मातहतका कार्यालयबाट नियम विपरीत भएको भुक्तानी तत्काल उसुल/उपर गर्न निर्देशन दिएको छ । मन्त्रालयमा आयोजित समिक्षात्मक बैठकमा आज मन्त्री लेखबहादुर थापा मगरले बेरुजुका सम्बन्धमा चासो राख्दै नियम विपरीत भुक्तानी भएको अनुदानको रकम असूल उपर गर्न कृषि तथा पशुपक्षी निर्देशनालय, जिल्लास्थित कृषि ज्ञान केन्द्र तथा पशु विज्ञ केन्द र मन्त्रालयका महाशाखा प्रमुखलाई निर्देशन दिनुभएको हो । महालेखा परीक्षकको कार्यालयबाट हालै सार्वजनिक आव २०७५÷७६ को वार्षिक प्रतिवेदनमा कृषि मन्त्रालयको बेरुजु रु सात करोड ३७ लाख २३ हजार देखिएको थियो । जसमा असुल गर्नुपर्ने रु तीन करोड ३४ लाख २८ हजार, नियमित गर्नुपर्ने रु तीन करोड ९४ लाख ४५ हजार तथा पेश्की बाँकी रु आठ लाख ५० हजार रहेको छ । भुक्तानीमा अनियमितता भएका विषयलाई सम्बन्धित कार्यालयले आ