Uncategorized Archives | Page 22 of 55 | Education Patra

Uncategorized

पर्यटन प्रवद्र्धनका लागि आँबुखैरेनीमा रिसोर्ट निर्माण

पर्यटन प्रवद्र्धनका लागि आँबुखैरेनीमा रिसोर्ट निर्माण

Uncategorized
जनादेश तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ पृथ्वीराजमार्ग नजिकै बगुवामा करिब रु ६ करोडको लगानीमा रिसोर्ट निर्माण गरिएको छ । आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले श्रीकुमार थापा मगरको एकल लगानीमा रोयल होम रिसोर्ट प्रालि निर्माण भएको हो । जिल्लाको छिम्केश्वरी माई मन्दिर र छिमेकी जिल्ला गोरखाको मनकामना माई मन्दिरमा घुम्न जाने पर्यटकलाई मध्यनजर गर्दै रिर्सोट निर्माण गरिएको बताइएको छ । सात रोपनीमध्ये छ रोपनीमा विभिन्न किसिमका भौतिक संरचना र एक रोपनीमा सवारी पार्किङस्थल निर्माण गरिएको रिसोर्ट सञ्चालक थापा मगरले बताउनुभयो । रु तीन करोड ५० लाख मूल्य बराबरको सो जग्गामा करिब रु दुई करोड ५० लाखको लागतमा भवन निर्माण गरिएको उहाँले बताउनुभयो । “आँबुखैरेनी क्षेत्रमा पर्यटकका लागि राम्रो होटल तथा रिसोर्ट नहुँदा समस्या हुने गरेको थियो”, उहाँले भन्नुभयो, “रिसोर्ट निर्माण पश्चात
     विपद् रोक्न विकास नीति परिवर्तन आवश्यक : गृहमन्त्री थापा   

     विपद् रोक्न विकास नीति परिवर्तन आवश्यक : गृहमन्त्री थापा   

Uncategorized
जनादेश काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गृहमन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भन्नुभयो, “विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनीयर भनेको नै डोजर चालक भए, त्यसले पनि विपद् निम्त्याउन सहयोग गरिरहेको छ ।” आम समुदायमा भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ, बाढी आउने नदीको किनारमा बसोबास गर्नुहुन्न, पहिराको जोखिम क्षेत्रमा बस्ती बसाउनुहुन्न चेतना जागृत गराउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । मन्त्री थापाले विपद् नेपालको मात्रै नभई अन्तरराष्ट्रिय समस्या भएकाले विश्वले नै विपद्को सामना गरिरहेको बता
मन्त्री चुमानद्वारा ट्राफिक कार्यालय भवन अवलोकन

मन्त्री चुमानद्वारा ट्राफिक कार्यालय भवन अवलोकन

Uncategorized
जनादेश कास्की । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको निर्माणाधीन भवनको आज अवलोकन गर्नुभएको छ । पोखराको पृथ्वीचोकमा नागरिकस्तरबाट रु दुई करोडको लागतमा निर्माणाधीन भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तत्कालीन पोखरा उपत्यका नगर विकास समितिद्वारा जग्गा उपलब्ध भएपछि समाजसेवी तथा व्यवसायी दिलीप श्रेष्ठको नेतृत्वमा निर्माण समिति बनाएर काम थालिएको हो । हाल ट्राफिक प्रहरी कार्यालय बसेको भवन जीर्ण बन्नुका साथै आवासको पनि समस्या भएको अवस्थालाई दृष्टिगत गरी सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको निर्माण समितिका संयोजक दिलिप श्रेष्ठले जानकारी दिनुभयो । निर्माण कार्यमा पोखरा महानगरपालिकालगायत विभिन्न सङ्घ संस्था एवम् व्यक्तिले सहयोग गर्नुभएको निर्माण समितिका सल्लाहकार शिब बस्ताकोटीले बताउनुभयो ।
नारायणगढ– मुग्लिङ सडकखण्ड अवरुद्ध

नारायणगढ– मुग्लिङ सडकखण्ड अवरुद्ध

Uncategorized
जनादेश नारायणगढ। नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहाडको माथिबाट पहिरो खसेको हो । अविरल वर्षा भइरहेकाले रातको समयमा पहिरो पन्छाउने सम्भावना नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । यस वर्षका वर्षात्सँगै त्योे ठाउँमा पटक पटक पहिरो गएर दुःख दिइरहेको छ । रासस
स्रोत नखुलेको रकमसहित कम्प्युटर अपरेटर पक्राउ

स्रोत नखुलेको रकमसहित कम्प्युटर अपरेटर पक्राउ

Uncategorized
जनादेश बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ । आयोगको नेपालगञ्जबाट गएको टोलीले खनाललाई रु १६ लाख १३ हजार ९७५ बराबरको स्रोत नखुलेको नगदसहित निजको कार्यकक्ष नजिकैबाट पक्राउ गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । खनालले विभिन्न फर्म तथा पसलबाट लिएको कमिशनबापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको थियो । रासस
पोखरामा गुड्न थाले नगरबस

पोखरामा गुड्न थाले नगरबस

Uncategorized
जनादेश पोखरा । पोखरामा आजदेखि नगर बस गुड्न शुरु गरेका छन् । कोभिड–१९, का कारण कायम रहेको बन्दाबन्दीले लामो समयदेखि रोकिएका सार्वजनिक सवारी साधन सरकारले आधारभूत मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएसँगै गुड्न शुरु गरेका हुन् । पोखरामा महानगरपालिकामा ३७८ नगर बसमध्ये आज करिब आधा नगरबस सञ्चालनमा आएका छन् । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले कोरोना जोखिमको आधारभूत मापदण्डलाई अपनाएर आज करिब आधा बस सञ्चालनमा आएका जानकारी दिनुभयो । गुरुङका अनुसार यसअघि लिइराखेको भाडा दरमा दोब्बर लिने गरी र एक सिटमा एक जना यात्रुमात्र राख्ने गरी बस सञ्चालन गरिएको हो । गाडी चालक, सहचालक यात्रु सबैले आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । लामो समय गाडी नचलेपछि अधिकांश गाडी ग्यारेजमा थन्किएका छन् भने चालक, सहचालक आआफ्नो घर गएकाले पनि सबै गाडी सञ्चालनमा आउन अझै समय लाग्ने गु
पार्टी नेताविरुद्ध गलत प्रचार नगर्न अध्यक्ष दाहालको सचिवालयको आग्रह

पार्टी नेताविरुद्ध गलत प्रचार नगर्न अध्यक्ष दाहालको सचिवालयको आग्रह

Uncategorized
जनादेश काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुका विरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक बहसका विषयलाई लिएर भइरहेको गलत प्रचार तथ्यमा आधारित नरहेको पनि सचिवालयले स्पष्ट पारेको छ । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज ‘प्रेस नोट’ जारी गरी केही दिनयता पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माका सम्बन्धमा विभिन्न माध्यमबाट प्रकाशित/प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ । पछिल्लो समय नेता शर्माले पार्टीलाई वैचारिक तथा साङ्गठानिक रुपमा थप एकताबद्ध बनाउन भूमिका निर्वाह गर्दै आउनुभएको छ । “आन्तरिक वैचारिक बहस एक जीवन्त पार्टीका विशेषताहरु हुन्, तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेतामाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ”, सापकोटाद्
असोजदेखि भूमि बैंक सञ्चालनको तयारी

असोजदेखि भूमि बैंक सञ्चालनको तयारी

Uncategorized
जनादेश काठमाण्डौ । सरकारले आगामी असोज महिनादेखि कार्यान्वयन हुने गरी भूमि बैंक सञ्चालनको तयारी गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले बैंक सञ्चालनका लागि अहिले कार्यविधि तयार पार्ने काम गरिरहेकोे छ । आगामी भदौ महिनासम्ममा कार्यविधि तयार पारिसक्ने र असोज महिनादेखि कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो । उहाँले कार्यविधिमा मुख्यगरी काठमाडौँ उपत्यकाभन्दा बाहिरी जिल्लामा रहेको जग्गा समेट्ने गरी अघि बढेको बताउनुभयो । कार्यविधिले धेरै समयसम्म बाँझो रहेको र व्यावसायिकरुपमा खेती गर्न सकिने जग्गालाई समेट्ने पनि प्रवक्ता जोशीले जानकारी दिनुभयो । सरकारले चालू आर्थिक वर्षदेखि नै सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा ३०० स्थानीय तहमा भूमि बैंकको स्थापना गर्ने तयारीअनुरुप नै मन्त्रालयले काम अघि बढाएको ह
ऐतिहासिक माने संरक्षण जुट्दै स्थानीय

ऐतिहासिक माने संरक्षण जुट्दै स्थानीय

Uncategorized
जनादेश काठमाण्डौ । चरिघयाङ टोल सुधार समितिबाट भिमेश्वर नगरपालिका–३ मा पुरानो तथा ऐतिहासिक माने संरक्षण गरी फूल रोप्न तयारी । तामाङ समुदायको वसोवास रहेको यस क्षेत्रमा मानेडाँडाको संरक्षण शुरु गरिएको छ । तस्विरः प्रभु जिरेल/ रासस