Uncategorized Archives | Page 23 of 55 | Education Patra

Uncategorized

मुुहान पोखरीबाट खसेको झरना

मुुहान पोखरीबाट खसेको झरना

Uncategorized
जनादेश काठमाण्डौ । भक्तपुर जिल्लाको चाङ्गुुनारायण नगरपालिकास्थित मुुहान पोखरीबाट खसेको झरना । तस्वीर ः चन्द्रकला क्षेत्री/रासस
लोकमार्गमै सुत्केरी

लोकमार्गमै सुत्केरी

Uncategorized
पहिरो खसेर सडक अवरुद्ध भएपछि बाटोमै स्वास्थ्यकर्मीको सहयोगमा छोरी जन्माएकी बडिगाड गाउँपालिका–१ मनिता घर्तीलाई थप उपचारका लागि धौलागिरि अस्पताल ल्याइँदै । मध्यपहाडी पुष्पपाल लोकमार्गको बागलुङ नगरपालिका–३ बोक्सेमा पहिरो खसेर तीन दिनदेखि सडक अवरुद्ध भएको छ । तस्वीर ः खेमराज गौतम/रासस
मौद्रिक नीतिले हस्तकला व्यवसायलाई सम्बोधन

मौद्रिक नीतिले हस्तकला व्यवसायलाई सम्बोधन

Uncategorized
जनादेश काठमाण्डौ । वार्षिक रु २० अर्ब हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको हस्तकला व्यवसायलाई आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले सम्बोधन गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण धरासायी बनेको हस्तकला व्यवसायलाई मौद्रिक नीतिले थोरै भएपनि सम्बोधन गरेको नेपाल हस्तकला महासङ्घले जनाएको छ । महासङ्घका निमित्त महानिर्देशक ऋषिराज सुवेदी आर्थिक वर्ष २०७७/७८ को बजेटमा गरिएका व्यवस्था कार्यान्वयन गर्न सहयोगी भूमिका खेल्ने गरी व्यवहारिक विषयवस्तुलाई समेत सम्बोधन गरी मौद्रिक नीति जारी हुनु स्वागतयोग्य कदम भएको बताउनुहुन्छ । “कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न घरेलु तथा साना उद्योगलाई सहुलियतपूर्ण ब्याजमा कर्जा व्यवस्था गरिनु, असारसम्म भुक्तानी अवधि भएका डिमान्ड लोन, क्यास क्रेडिट आगामी पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था
आज मात्रै थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४३ पुग्यो

आज मात्रै थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४३ पुग्यो

Uncategorized
जनादेश, काठमाडौं । आज मात्रै थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज थप १५६ जना संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ । नेपालमा हालसम्म ४३ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८१ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
८० हजार घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

८० हजार घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

Uncategorized
जनादेश, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ । सबइञ्जिनीयर जैसवाललाई वडा नं ४ कलैया बजारमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरिएको हो । नदीको तटबन्ध जाली लगाउने काम सम्पन्न भएपछि रकम भुक्तानी गरिदिएवापत सेवाग्राहीसँग अवैध रकम मागेको भन्ने विशेष उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बुझिएको छ । आयोगको टोलीले घुस लिएको देखेपछि सबइञ्जीनियर जैसवालले आफ्नो नजीक रहेका चन्दन जैसवाललाई रकम दिई भाग्न खोजेको अभियोग लगाइएको छ । दुवैलाई पक्राउ गरी हेटौँडा ल्याइएको छ । अनुसन्धानपछि काठमाडौँ पठाइने आयोग क्षेत्रीय कार्यालय हेटौँडाले
प्रधानमन्त्रीलाई भेटेर सभापति देउवाद्वारा ध्यानाकर्षण

प्रधानमन्त्रीलाई भेटेर सभापति देउवाद्वारा ध्यानाकर्षण

Uncategorized
जनादेश काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोना भाइरस सङ्क्रमण र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ । बन्दाबन्दीका बाबजुद सङ्क्रमितको सङ्ख्या २० हजार पुग्न लागेको र तीन दर्जनभन्दा बढीको मृत्यु भएको स्थितिमा बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सभापति देउवाले आग्रह र माग गर्नुभएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सभापति देउवाले कोरोना परीक्षण पिसिआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टिनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्ति प्रकट गर्नुभएको थियो । सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन र बाढी तथा पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंँको
बलिउड अभिनेता अमिताभ बच्चन कोेरोना मुक्त

बलिउड अभिनेता अमिताभ बच्चन कोेरोना मुक्त

Uncategorized
एजेन्सी । विगत १२ दिनदेखि मुम्बाईको नानावटी अस्पतालमा कोरोना संक्रमणको उपचार गराइरहेका बलिउडका बिग बोस अमिताभ बच्चनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । बच्चनको कोरोना परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कोरोना मुक्त भएका उनलाई आज साँझसम्म डिस्चार्ज गरिने बताइएको छ । कोरोना संक्रमित उनका छोरा तथा अभिनेता अधिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनको रिपोर्ट भने आउन बाँकी रहेको छ ।
प्युठानमा व्यावसायिक नेपाली कागज उत्पादन

प्युठानमा व्यावसायिक नेपाली कागज उत्पादन

Uncategorized
जनादेश प्युठान । प्युठानमा व्यावसायिकरूपमा नेपाली कागज उत्पादन शुरु गरिएको छ । विगत दुई वर्षदेखि प्युठान नगरपालिका–१० सारीबाङमा गौमुखी नेपाली कागज उद्योग सञ्चालन गरी व्यावसायिक उत्पादन शुरु गरिएको हो । जिल्लालाई नेपाली कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले जङ्गलमा पाइने लोक्ता र खर सङ्कलन गरी नेपाली कागजको उत्पादन थालिएको उद्योग सञ्चालक नेगनसिंह कुँवरले बताउनुभयो । जिल्लामा नेपाली कागजको माग बढ्दै गएपछि उद्योग स्थापना गरी कागजको उत्पादन गर्न थालेको उहाँको भनाइ छ । “कागज उत्पादनमा प्रयोग हुने लोक्ता प्युठानकै सङ्कलन गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “कच्चा पदार्थको रुपमा प्रयोग हुने अर्को वस्तु खर भने जिल्ला बाहिरबाट ल्याउनुपरेको छ ।” प्रदेशका सबै जिल्लामा निर्यात हुने नेपाली कागज काठमाडौँमा रहेको नेपालकै प्रख्यात उद्यमी अञ्जना ताम्राकारमार्फत अमेरिकासम्म निर्यात
निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन

निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन

Uncategorized
जनादेश काठमाण्डौ । सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संस्थाले विज्ञप्ति जारी गरी शिक्षकलाई बेतलबी बिदा दिई यही साउन १ गतेदेखि अनलाइन कक्षा स्थगन गराएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालनको कार्यविधि तयारीसहित सरोकार पक्षसँग बुधबार छलफल गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन), नेपाल शिक्षक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन र अभिभावक महासङ्घसँग परामर्श गरेको थियो । शिक्षक र अभिभावकले पनि निजी विद्यालयलयलाई अनलाइन कक्षा न
पानीमा रमाउँदै बालबालिका

पानीमा रमाउँदै बालबालिका

Uncategorized
वर्षाले जलमग्न भएको वीरगञ्ज आदर्शनगरमा रमाउँदै बालबालिका । पानीको उचित निकास हुन नसक्दा यहाँका नगरवासीले सास्ती भोग्नुका साथै सावारी साधन आवातजावतमा समस्या भएको छ । तस्बिर ः सफल खतिवडा÷रासस