जनादेश पोखरा ।
पोखरा महानगरपालिका–३१ बेगनासको कोटबारीमा बाँदरको बिगबिगी । केही समयदेखि उक्त स्थानमा बाँदरको बिगबिगी हुन थालेपछि स्थानीयवासीलाई खेतीपाती लगाउन र जोगाउन समस्या भएको छ । तस्वीर ः राधिका कँडेल/ रासस
८ श्रावण २०७७, बिहीबार ०९:५३८ श्रावण २०७७, बिहीबार ०९:५३८ श्रावण २०७७, बिहीबार ०९:५३ by Jandesh NepalNo Comments
खोटाङ ः
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषकलाई बाँदर धपाउने उपकरण उपलब्ध गराइएको छ ।
सोल्मास्थित कृषि सहकारी संस्थाले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट दश वटा उपकरण खरिद गरेर कृषक समूहलाई निःशुल्क उपलब्ध गराएको हो । किसानले लगाएको बालीनाली बाँदरले सखाप पार्न थालेपछि प्रतिवटा रु दुई हजार ५०० का दरले उपकरण खरिद गरेर कृषक समूहलाई उपलब्ध गराइएको सहकारी संस्थाका सचिव गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो ।
“वर्षेनी हुल बाँधेर आउने बाँदरले बालीनाली सखाप पारेपछि किसान हैरानीमा परेका छन्”, उहाँले भन्नुभयो, “बाँदरलाई तर्साएर धपाउन उपकरण प्रदान गरिएको हो ।” हुलका हुल आउने बाँदरले घरमा राखिएको मकै तथा अन्य अन्नबालीसमेत बोकेर लान थालेपछि न्यूनीकरण गर्न उपकरण प्रदान गरिएको सचिव विश्वकर्माले जानकारी दिनुभयो ।
“युपिभिसी पाइपबाट निर्माण गरिएको उपकरणमा कारबाइड
८ श्रावण २०७७, बिहीबार ०९:४१८ श्रावण २०७७, बिहीबार ०९:४१८ श्रावण २०७७, बिहीबार ०९:४१ by Jandesh NepalNo Comments
काभ्रेपलाञ्चोक ः
नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को प्रारम्भकै दिन यही साउन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत संलग्न हुन चाहनेलाई निवेदन माग ग¥यो ।
नगरका १८ देखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिले निवेदन दिन पाउने व्यवस्था गरिएको छ । सय दिनको उक्त रोजगार कार्यक्रमअन्तर्गत आजदेखि भदौ सात गतेसम्म निवेदन दिन पाउ गरी प्रकाशित उक्त सूचनामा नगरभित्रका नागरिक सहभागी हुन पाउने हुन् ।
“प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता हो”, नगरप्रमुख टिपी शर्माले भन्नुभयो । उहाँका अनुसार गत साल प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी बन्यो, यस वर्ष पनि रोजगारप्रति नगरका बासिन्दाको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमअन्तर्गत नै बनेपा, पनौती र मण्डनदेउपुर नगरले पनि साउन पहिलोसाता सँगसँगै रोजगारी संलग्न हुन चाहनेको निवेदन माग गरेको छन् । काम गर्न चाहने नागरिकले निवेदन दिन
८ श्रावण २०७७, बिहीबार ०९:२२८ श्रावण २०७७, बिहीबार ०९:२२८ श्रावण २०७७, बिहीबार ०९:२२ by Jandesh NepalNo Comments
जनादेश काठमाण्डौ ।
मुस्ताङको लोमन्थाङमा सञ्चालित पाल ऐ हाम नामग्याल गुम्बा(विद्यालय)ले पोखरा महानगरपालिका–१४ भित्रका कोरोना प्रभावित ६० घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
पठपाठनसँगै सामाजिक क्रियाकलापमा सहभागिता जनाउँदै आएको सो गुम्बाले बन्दाबन्दीका कारण दैनिकी सञ्चालनमा समस्या परेका घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो ।
पोखरा १४ को विजय बस्ती , बेलचौतारा, रातो डाँडा, विजयपुर, आनन्द, घट्टेकुलो, साधनामार्ग र नया बस्तीमा बस्दै आएका भूमिहीन तथा दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्ने सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराएको गुम्बाका प्रधानाध्यापक ग्याचो लामाले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको सक्रियता तथा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापामगरको समन्वयमा खाद्यान्न सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । यसअघि गुम्बाले कोरोना रोकथाम
८ श्रावण २०७७, बिहीबार ०९:१६८ श्रावण २०७७, बिहीबार ०९:१६८ श्रावण २०७७, बिहीबार ०९:१६ by Jandesh NepalNo Comments
जनादेश बाँके ।
बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाँके र बर्दियाका बाख्रापालक किसान उत्साहित भएका छन् ।
दुई/चारवटा बाख्रा पाल्दै आएका किसानले बाख्रा स्मार्ट गाउँ कार्यक्रममा आबद्ध भएपछि बाख्राको सङ्ख्या थप्दै गएका छन् । साथै व्यावसायिकरुपमा बाख्रापालन समेत गर्न थालेका छन् ।
बाँकेको नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित कोहोला गाउँमा सो कार्यक्रम शुरु भएपछि किसानले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेको स्थानीय अगुवा सोहनलाल यादवले बताउनुभयो । उहाँले कोहोला गाउँ अब बाख्रा स्मार्ट गाउँको नामले चिनिँदै गएको बताउनुभयो । कोहोला बाख्रा स्मार्ट गाउँमा ५० घर परिवारले अहिले व्यावसायिक रुपमै बाख्रा पालिरहेका छन् ।
हरेक घरका किसानले १२ देखि ५० वटासम्म बाख्रा पालेका छन् । बाख्रा पालन व्यवसायबाट गाउँका किसानलाई आर्थिकरुपमा सवल बनाउने योजनाका साथ जिल्लाको नरैनापुर र जानकी गाउँपालिका,
८ श्रावण २०७७, बिहीबार ०७:४३८ श्रावण २०७७, बिहीबार ०७:४३८ श्रावण २०७७, बिहीबार ०७:४३ by Jandesh NepalNo Comments
जनादेश काठमाण्डौ ।
कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ ।
अखिल नेपाल फुटबल सङ्घको सहयोगमा जिल्ला फुटबल सङ्घ बागलुङले १५ व्यावसायिक खेलाडी र चार जना अफिसियललाई रु चार हजारका दरले बुधबार राहत प्रदान गरेको हो ।
राहत रकम वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलकूद क्षेत्र समृद्धि र प्रगतिको आधार भएको बताउनुभयो । उहाँले सङ्कटका बेला खेलाडीलाई सघाएकामा फुटबल सङ्घको प्रशंसा गर्नुभयो ।
जिल्ला लिगसहित ए, बी र सी डिभिजन लिग खेलेका खेलाडीलाई मात्र राहत दिइएको सङ्घका जिल्ला अध्यक्ष रामराज गुरुङले बताउनुभयो । खेलाडी र अफिसियलाई गरी रु ७६ हजार राहतमा खर्च भएको उहाँको भनाइ छ ।
राहत रकमको चेक बुझेपछि खेलाडीले खुशी व्यक्त गरेका थिए ।रासस
८ श्रावण २०७७, बिहीबार ०७:१४८ श्रावण २०७७, बिहीबार ०७:१४८ श्रावण २०७७, बिहीबार ०७:१४ by Jandesh NepalNo Comments
जनादेश काठमाण्डौ ।
पूर्वसांसद मञ्च, नेपालले पूर्वसांसद बर्मन बुढामगरको ९० वर्षको उमेरमा आज निधन भएकोप्रति दुःख व्यक्त गरेको छ ।
मञ्चका उपाध्यक्ष विष्णुबहादुर राउतले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा २०४८ सालमा रोल्पा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित तथा मञ्चका आजीवन बुढामगरको ९० वर्षको उमेरमा ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएकोप्रति दुःख व्यक्त गरिएको छ ।
मञ्चले स्व बुढामगरको निधनप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । रासस
८ श्रावण २०७७, बिहीबार ०६:५८८ श्रावण २०७७, बिहीबार ०६:५८८ श्रावण २०७७, बिहीबार ०६:५८ by Jandesh NepalNo Comments
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ । युनाइटेड घरेलु मैदानमा वेस्टह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
ओल्डट्राफोर्डको बुधबार राति भएको खेलमा वेस्टह्यामका माइकल एन्टेनियोले गोल गर्दा युनाइटेडका मासन ग्रीनवुडले गोल फर्काएका थिए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा माइकल एन्टेनियोले पेनाल्टीमार्फत गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए ।
डिक्लिन राइसको प्रहारलाई पेनाल्टी बक्समा पल पोग्वाले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै वेस्टह्यामलाई पेनाल्टीको मौका दिएको थियो । जसलाई एन्टेनियोले सदुपयोग गरे ।
५१औं मिनेटमा घरेलु टोलीका मासन ग्रीनवुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एन्थोनी मार्सियालको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप