Uncategorized Archives | Page 27 of 55 | Education Patra

Uncategorized

विद्यालय सञ्चालन कार्यविधिबारे छलफल

विद्यालय सञ्चालन कार्यविधिबारे छलफल

Uncategorized
जनादेश काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनको कार्यविधिबारे आज सरोकार भएका पक्षसँग छलफल गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा आज मन्त्रालयमा भएको छलफलमा नेपाल शिक्षक महासङ्घ, विद्यालय सञ्चालन, अभिभावक महासङ्घलगायतका प्रतिनिधिको सहभागिता थियो । कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ ।
राजविराजमा निषेधाज्ञा जारी गर्ने निर्णय

राजविराजमा निषेधाज्ञा जारी गर्ने निर्णय

Uncategorized
जनादेश राजविराज । राजविराज नगर क्षेत्रमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमित बढिरहेको भन्दै बिहीबारदेखि राजविराज नगर क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधित अर्को आदेश नआउञ्जेलसम्म राजविराज नगर क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ । समितिको आज बसेको बैठकले राजविराज नगरपालिकामा समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन नगर क्षेत्रभरि सो आदेश जारी गर्ने निर्णय भएको प्रहरी उपरीक्षक प्रसार्इंले जानकारी दिनुभयो । निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने उहाँले जानकारी दिनुभयो । करिब पाँ
पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

Uncategorized
जनादेश चितवन। माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ८ः४५ बजे ठूला चट्टानसहित पहिरो झरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराईका अनुसार ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाइएको हो । पहिरो पन्छाउन नारायणगढतर्फ दुई वटा एक्साभेटर र मुग्लिनतर्फ दुई वटा लोडर परिचालन गरिएको थियो । सो ठाउँमा झरेको पहिराले १५० मिटर सडक ढाकेको थियो । पहिरो आज बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो । पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ ।
बाँकेमा लगानी भित्र्याउने चुनौती

बाँकेमा लगानी भित्र्याउने चुनौती

Uncategorized
जनादेश बाँके । बाँकेको नेपालगञ्ज औद्योगिक क्षेत्रमा लगानीकर्ता भित्र्याउने चुनौती देखिएको छ । विसं २०३० मा स्थापना गरिएको नेपालगञ्ज औद्योगिक क्षेत्रले आफ्नो अधिनमा रहेको जग्गा उद्योग सञ्चालनका लागि विसं २०७१ सम्म २० वर्ष र २०७२ देखि ४० वर्षका लागि भाडामा दिँदै आएको छ । औद्योगिक क्षेत्रमा अहिले लक्ष्मी प्लास्टिक, टण्डन प्लास्टिक, शिखर प्लाई, विनोद मेटल, विजय मेटल, नेपालगञ्ज इञ्जिनीयरलगायत सानाठूला गरी ३३ उद्योग सञ्चालनमा छन् । वर्षौंदेखि औद्योगिक क्षेत्रको स्तरोन्नति नहुँदा सोचेजस्तो प्रतिफल प्राप्त गर्न नसकेको उद्योगीको भनाइ छ । यसले लगानीकर्ता भित्रिने सम्भावना पनि चुनौतीपूर्ण बन्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । औद्योगिक क्षेत्रबाहेक बाँकेको वैजनाथ गाउँपालिकामा प्रदेशस्तरको नौवस्ता औद्योगिक क्षेत्र निर्माणको चरणमा छ । औद्योगिक क्षेत्र निर्माणका क्रम शुरु
दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

Uncategorized
जनादेश काठमाण्डौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक हजार ४३२.४४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.९० अङ्कले घटेर ३०३.१४ मा पुगेको छ । आज कूल १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर रु एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ मा खरिद बिक्री भयो । कारोवार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । होटल १३४.४५ र सामूहिक लगानी कोषको शेयर ०.०७ अङ्कले बढेको छ । बैंकिङ २१.५१, व्यापार ७.९४, विकास बैंक ३.८३, जलविद्युत् १३.०३, वित्त ७.१६, निर्जीवन बीमा ५.५४, उत्पादन २०.९५, अन्य १४.३४, लघुवित्त १५.१ र जीवन बीमा ७१.६ अङ्कले घटेको छ । कारोवार रकमका आधारमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु १८ करोड १५ लाख ८४ हजार ८२१ मा खरिद बिक
एनओसीमा चतुरानन्दराज बैद्य नियुक्त

एनओसीमा चतुरानन्दराज बैद्य नियुक्त

Uncategorized
जनादेश काठमाण्डौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यकारी निर्देशकमा चतुरानन्दराज बैद्य नियुक्त हुनुभएको छ । एनओसीद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले बैद्यलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो । नेपाल टेबुल टेनिस सङ्घका अध्यक्षसमेत रहनुभएका बैद्यलाई एनओसीको इतिहासमै कार्यकारी निर्देशक पदमा पहिलो पटक नियुक्त गरेको हो । यसअघि एनओसीले कार्यकारी निर्देशकको पद राख्ने गरेको थिएन् । टेबुल टेनिसका पूर्वखेलाडीसमेत रहनुभएका बैद्य विसं २०४६ बाट टेबुल टेनिस सङ्घमा आवद्ध रहँदै आउनुभएको छ
थप एक सय जनामा कोभिड–१९ सङ्क्रमण

थप एक सय जनामा कोभिड–१९ सङ्क्रमण

Uncategorized
जनादेश काठमाण्डौ । देशभरमा आज थप १०० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितका सङ्ख्या पाँच हजार ३७० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २८ वटा प्रयोगशालामा तीन हजार हजार ७७९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार ९४ पुगेको छ । प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा ११९, प्रदेश २ मा एक हजार ८७८, वाग्मती प्रदेशमा ४२०, गण्डकी प्रदेशमा ३७९, प्रदेश ५ मा ३४५, कर्णाली प्रदेशमा २९० र सुदूरपश्चिम प्रदेशमा एक हजार ९२७ रहेको छ । प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा २० हजार ८४२ जना रहेका छन् । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४
नेकपा विभाजनको कुनै गुञ्जायास छैन ः नेता अधिकारी

नेकपा विभाजनको कुनै गुञ्जायास छैन ः नेता अधिकारी

Uncategorized
 जनादेश कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सह–इञ्चार्ज खगराज अधिकारीले पार्टी विभाजनको कुनै गुञ्जायस नरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवसका अवसरमा नेकपा कास्कीले आज पोखरामा आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’ विषयक प्रवचन कार्यक्रममा उहाँले पार्टीमा बहस र छलफल भए पनि विभाजन नहुने स्पष्ट पार्दै कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्नुभयो । पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहनुभएका नेता अधिकारीले भन्नुभयो, “नेकपा एकीकृत नहुँदा संवैधानिक सङ्कटसमेत उत्पन्न हुन्छ, त्यसैले पार्टी एकताबद्ध छ, विभाजनको कुनै गुञ्जायससमेत छैन ।” कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी रहेको उल्लेख गर्दै उहाँले पुष्पलालको सपना पूरा गर्नसमेत विचारले पार्टीलाई निर्देशित गर्नुपर्नेमा जोड दिनुभयो
आदर्श कम्युनिष्ट नेता बर्मन बुढाको अन्त्येष्टिः अस्तायो थबाङको घाम

आदर्श कम्युनिष्ट नेता बर्मन बुढाको अन्त्येष्टिः अस्तायो थबाङको घाम

Uncategorized
जनादेश, काठमाण्डौ । कम्युनिष्ट नेता बर्मन बुढाको पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ९० बर्षको उमेरमा ललितपुर स्थित पाटन अस्पतालामा उपचारको क्रममा आज बिहान निधन भएको थियो । बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हँुदै आएको थियो । पूर्व सांसद समेत रहनुभएका बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ । यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली प्रकट गर्नुभयो । बुढा प्रति श्रद्धान्जली दिन सभामुख अग्नि सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य लगायतका नेताहरु पशुपति पुग्नुभएको थियो । बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलन
दुई अध्यक्ष मिल्नुको विकल्प छैन ः नेता अधिकारी

दुई अध्यक्ष मिल्नुको विकल्प छैन ः नेता अधिकारी

Uncategorized
जनादेश लमजुङ । गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक मायानाथ अधिकारीले पार्टी एकताको मर्मअनुसार दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको बताउनुभएको छ । ४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा लमजुङद्वारा आज बेँसीशहरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कम्तीमा आगामी महाधिवेशनसम्म प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर अघि बढनुपर्ने र महाधिवेशनले एकल अध्यक्ष चयन गर्ने बतउनुभयो । नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्य सचेतक अधिकारीले देशले बलियो र स्थायी सरकार खोजेको अवस्थामा अनावश्यक विवाद गरेर अल्झन नहुने बताउँदै राजनीति सही बाटोमा जाँदा धेरै परिवर्तन भएकाले समृद्ध नेपाल र सुखी नेपालीका लागि नेताहरु मिलेर अघि बढनुपर्ने र जनआकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी एकतालाई जोगाउने हो भने पक