Uncategorized Archives | Page 28 of 55 | Education Patra

Uncategorized

एक वर्षमा चार सय उद्योग थप

एक वर्षमा चार सय उद्योग थप

Uncategorized
जनादेश रामपुर । पाल्पा जिल्लामा एक वर्षमा ४०७ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७६/७७ का अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक १५५, पर्यटनमूलक १४८ र सेवामूलक ६२ उद्योग नयाँ दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाका नाममा १८१ र पुरुषका नाममा २४३ उद्योग दर्ता भएको पाइएको छ । ती उद्योगमा ४५१ महिला र ६४५ पुरुष रोजगारीमा आबद्ध छन् । आव २०७५/०७६ मा उत्पादनमूलक ५२, कृषि तथा वन्यजन्तुमूलक १११, पर्यटनमूलक ९७ र सेवामूलक ११० गरी जम्मा ३७० उद्योग थपिएका थिए जसमा ९६ महिला उद्यमी छन् । पछिल्ला वर्षमा जिल्लामा महिलाका नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ । महिलाका नाममा दर्ताका लागि ५० प्रतिशत छुट
‘पुष्पलालको सपना साकार पार्ने बाटामा सरकार’

‘पुष्पलालको सपना साकार पार्ने बाटामा सरकार’

Uncategorized
जनादेश, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलालको सपना साकार पार्ने बाटामा सरकारले महत्वपूर्ण काम गरेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ आँैं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले अहिलेको नेकपाको सरकार समानता र समृद्धिका लागि अघि बढिरहेको बताउनुभएको छ । उहाँले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेकामा जोड दिनुभएको छ । ‘‘विभाजित कम्युनिष्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको छ । पार्टीले करीब दुईतिहाइ बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ’’, उहाँले भन्नुभएको छ, ‘‘ पुष्पलालको जुन साङ्गठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरै हदसम्म पूरा गरेका छौंँ ।’’ प्रधानमन्त्री ओलीले पुष्पलालकै अगुवाइमा कम्युनिष्ट आन्दोलनको संस्था
स्मृति दिवसमा वरिष्ठ नेता नेपाल

स्मृति दिवसमा वरिष्ठ नेता नेपाल

Uncategorized
जनादेश, काठमाण्डौ । नेकपाका वरिष्ठ नेता नेपाल काठमाडौँ, ७ साउन ः बयालिसौँ पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल । तस्वीर ः चन्द्रकला क्षेत्री/रासस
गोलभेडाखेती रेखदेख

गोलभेडाखेती रेखदेख

Uncategorized
जनादेश गण्डकी । पोखरा महानगरपालिका– २१ फेदीपाटनमा टनेलभित्र लगाइएको गोलभेडा खेती रेखदेख गर्दै युवा । उनले जग्गा भाडामा लिएर व्यवसायिक गोलभेडा खेती शुरु गरेका हुन् । तस्वीर: हरि बाँस्तोला/रासस
बुढा अविचलित, अथक योद्धा एवं सङ्घर्षका प्रेरणादायी अभिभावकः नेकपा अध्यक्ष दाहाल

बुढा अविचलित, अथक योद्धा एवं सङ्घर्षका प्रेरणादायी अभिभावकः नेकपा अध्यक्ष दाहाल

Uncategorized
जनादेश, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताउनुभएको छ । आज वक्तव्य जारी गर्दै उहाँले नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको उल्लेख गर्नुभएको छ । “सामन्तवाद विरोधी मुक्तियुद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहनुभएको थियो, उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ”, वक्तव्यमा अध्यक्ष दाहालले भन्नुभएको छ, “सङ्घर्षका प्रेरणादायी अभिभावक बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।” उहाँले शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा पनि समवेदना प्रकट गर्नुभएको छ । बुढाको उपचारका क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको थियो । यसैगरी अध्यक्ष दाहालले न
राजश्व सङ्कलन २८ प्रतिशत कम

राजश्व सङ्कलन २८ प्रतिशत कम

Uncategorized
जनादेश, कास्की । आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७६/७७ मा लक्ष्य भन्दा एक अर्ब ५८ करोड ५६ लाख कम राजश्व सङ्कलन गरेको छ । जुन लक्ष्यको २८ प्रतिशत न्यून हो । गण्डकी प्रदेशको राजधानी शहरमा अवस्थित कार्यालयले सो वर्षमा विभिन्न शीर्षकबाट रु पाँच अर्ब ६१ करोड ६७ लाख उठाउने लक्ष्य राखेकामा रु चार अर्ब तीन करोड ११ लाख मात्र राजश्व सङ्कलन गर्न सक्यो । कार्यालयले लक्ष्यको ७२ प्रतिशत मात्र राजश्व उठाउन सफल भएको कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विजय लामिछानेले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/७६ मा कार्यालयले रु पाँच अर्ब ७६ करोड लक्ष्य राखेकामा ९२ प्रतिशत अर्थात रु पाँच अर्ब २९ करोड राजश्व दाखिला भएको थियो । कास्कीसहित स्याङ्जा जिल्ला कार्यक्षेत्र रहेको कार्यालयलाई राजश्वको लक्ष्य भेट्टाउन कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीले प्रभावित बनाएको बताइन्छ ।
सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

Uncategorized
जनादेश, काठमाण्डौ । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० पुगेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ७०० र तेजाबी सुन प्रतितोला रु ९२ हजार २६० मा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ९५ ले बढेर एक हजार १३५ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ८६८.४५ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताउनुभयो । दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएप
‘आधुनिक राज्यको संस्थागत संरचना निर्माणमा बिपीको योगदान’

‘आधुनिक राज्यको संस्थागत संरचना निर्माणमा बिपीको योगदान’

Uncategorized
जनादेश, काठमाण्डौ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आधुनिक राज्य निर्माणमा संस्थागत संरचनाको स्थापना गर्नुभएको बताउनुभएको छ । काँग्रेसका संस्थापक नेता बिपीको ३८ औँ स्मृति दिवसका अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिकाले मङ्गलबार राति जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रममा उहाँले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाजस्ता राज्यका आधुनिक अङ्ग संस्थागत गर्न पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाले महत्वपूर्ण योगदान गर्नुभएको बताउनुभयो । पृथ्वीनारायण शाहले भौगोलिकरुपमा गर्नुभएको एकीकरणलाई आधुनिक राज्यका अङ्ग लोकसेवा आयोग लगायतका संवैधानिक संरचनाको निर्माणमा पनि बिपीको भूमिका रहेको नेता निधिले स्मरण गर्नुभयो । बिपीले भित्र्याउनुभएको राजनीतिक विचार राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधार भूमिमै संविधानसभाबाट संवि
फलफूल रोपण वर्ष २०७७

फलफूल रोपण वर्ष २०७७

Uncategorized
जनादेश, काठमाण्डौ । जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकाया, बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल र प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्र कृषि ज्ञान केन्द्र बाजुराले आयोजना गरेको फलफूल रोपण वर्ष २०७७ को कार्यक्रमको गमलामा बोट रोपेर शुभारम्भ गर्दै । तस्वीर ः प्रेमबहादुर रौले, रासस
माछा मार्दै एक वृद्ध

माछा मार्दै एक वृद्ध

Uncategorized
जनादेश, काठमाण्डौ । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा जोखिम मोलेर माछा मार्नका लागि जाल राख्दै एक वृद्ध । केही दिनदेखि परेको वर्षाले नदीमा पानीको बहाव बढेपनि माछा मार्ने क्रम भने रोकिएको छैन । तस्वीर ः कृष्ण न्यौपाने÷ रासस