Uncategorized Archives | Page 29 of 55 | Education Patra

Uncategorized

भदौ १ गतेदेखि प्रशिक्षणको अनुमति

भदौ १ गतेदेखि प्रशिक्षणको अनुमति

Uncategorized
जनादेश, काठमाण्डौ । सरकारले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि आगामी भदौ १ गतेदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले भदौ १ गतेदेखि नै प्रतियोगिताको तयारीका लागि विभिन्न किसिमका अभ्यास गर्न पाइने निर्णय सुनाउनुभयो । समूहमा खेलिने घरेलु खेलकूद प्रतियोगिताका साथै खेलमैदानमा गरिने अन्य कार्यक्रम भने गर्न नपाइने उहाँले उल्लेख गर्नुभयो । यसबारे सरकारले अर्को बैठकमा निर्णय गर्नेछ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत पहिलो सातादेखि नै खेलकूद प्रतियोगिता आयोजना गर्न रोक लगाइएको थियो । उक्त अवधिमा खेलको सबै अभ्याससमेत बन्द गरिएको थियो । खेलाडी तथा प्रशिक्षक सरकारको अनुमति पर्खेर
समाजवादको लक्ष्यमा अघि बढ्नु पुष्पलाल श्रेष्ठप्रति सम्मान : खनाल

समाजवादको लक्ष्यमा अघि बढ्नु पुष्पलाल श्रेष्ठप्रति सम्मान : खनाल

Uncategorized
जनादेश, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ । आज ४२औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वक्तव्य जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको बताउनुभएको छ । उहाँले पुष्पलालले नेपाल र नेपाली जनतालाई पु¥याएको योगदान कहिल्यै भुल्न नहुने बताउनुभयो । “ऐतिहासिक प्राकृतिक विकास प्रक्रियाको रुपमा नेपाली कम्युनिष्ट आन्दोलनका जन्मदाता, प्रणेता साथै संवाहक पुष्पलाल हुनुहुन्छ”, उहाँले भन्नुभएको छ, “पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज हामीले देशको संविधान निर्माण गरेका छौँ । नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला पार्टीहरुलाई एकीकृत
पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको हो : मुख्यमन्त्री पौडेल

पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको हो : मुख्यमन्त्री पौडेल

Uncategorized
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रजातान्त्रिक शक्तिहरुसँग समेत मिलेर संयुक्तरूपमा राणाशाही अन्त्य गर्नुपर्छ भन्ने उहाँको जोडले सफलता पाएको धारणा राख्नुभएको छ । “नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँले गर्नुभएको योगदान सदा स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा उहाँप्रति उच्च सम्मानसहित हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ । विशेषगरी प्रजातान्त्रिक शक्तिहरुसँग समेत मिलेर संयुक्तरूपमा राणाशाही व्यवस्थाको अन्त्य गर्नुपर्छ भन्नेमा उहाँको जोड रहेको थियो । आज देश अनेक विषमतालाई छिचोल्दै सङ्घीय लो
रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन

रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन

Uncategorized
जनादेश,रोल्पा रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँकी छोरी विजया बुढाले जानकारी दिनुभयो । उहाँलाई आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उपचार गराइरहनुभएको थियो । केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज बिहान निधन भएको छोरी विजयाले जानकारी दिनुभयो । स्व बुढा विसं २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिष्ट पार्टीको संस्थापक मानिन्छ । लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै विसं २०४८ को
बर्मन बुढा मगर एक कम्युनिष्ट आदर्श तथा अडिक र निडर व्यक्तित्वः महरा

बर्मन बुढा मगर एक कम्युनिष्ट आदर्श तथा अडिक र निडर व्यक्तित्वः महरा

Uncategorized
जनादेश, काठमाण्डौ । पूर्वसभामुख एवं निर्वाचन छेत्र नं. २ , दाड. का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले रोल्पाका आदर्श कम्युनिष्ट नेता बर्मन बुढा मगरको निधनमा हार्दिक श्रद्घाञ्जली व्यक्त गर्नुभएकोछ । बर्मन बुढा प्रति हार्दिक श्रद्घाञ्जली व्यक्त गदै महराले भन्नुभएकोछः 'मेरा आदरनिय व्यक्तित्व तथा पूर्व सांसद श्री बर्मन बुढा मगरको आज विहान ४ः३० बजे पाटन अस्पतालमा उपचारकै क्रममा ९० बर्षको उमेरमा निधन भएको छ । निधन भएको खवरले मलाई स्तव्ध बनाएको छ । श्री बर्मन बुढामगर २०४८ सालमा रोल्पा क्षेत्र न १ वाट निर्बाचित सांसद हुनुहुन्थ्यो । त्यही बेला रोल्पा क्षेत्र न २ बाट निर्वाचित भई उँहा र मैले तत्कालित संयुक्त जनमोर्चा नेपालका तर्फवाट संगै सांसद को भुमिका निर्वाह गरेका थियौ । श्री बर्मन बुढा मगर एक कम्युनिष्ट आदर्श तथा अडिक र निडर व्यक्तित्वको रुपमा म उहालाई सधै स्मरण
अल विदा अभिभावक कमरेड बर्मन बुढा

अल विदा अभिभावक कमरेड बर्मन बुढा

Uncategorized
जनादेश दैनिक, काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनको प्रेरणाको थलो ऐतिहासिक गाउँ थबाङमा जन्मिएर जीवनभर आमूल परिवर्तनको पक्षमा संघर्षरत कमरेड बर्मन बुढा आजका दिनदेखि भौतिक रुपमा रहनु भएन । ९० वर्षका उकाली र ओरालीहरुमा निरन्तर सतीसाल झैं ठिंग उभिदै आएका अग्रज अबका दिनमा स्मृतिको ऐनामा मात्र रहनु भएको छ । जीवन संघर्ष र संघर्ष नै जीवनको पर्याय बनेका उहाँ पञ्चायत कालदेखि निरन्तर देश र जनताको पक्षमा आफूलाई उभ्याउँदै आउनु भयो । स्थानीय वर्गसंघर्षमा नेतृत्व गरिरहँदा थवाङ बर्मन र बर्मन थवाङको पर्यायवाचीका रुपमा उहाँ स्थापित हुनु भएको थियो । पञ्चायत कालमै तात्कालीन राजा बीरेन्द्र पहिलो पटकको रोल्पा भ्रमणकै क्रममा थवाङ पगेका थिए । स्थानीय जनताको नेतृत्व गर्दै राजासँग आफ्ना मागहरु राख्ने क्रममा सिधा आँखा जुधाएर स्पष्ट रुपमा कुरा राख्दा राजाका कर्मचारी र सुरक्षाकर्मीहरु उहाँको अगाडी नतमस्तक भएका थिए
वाग्मती प्रदेश सञ्चित कोषमा बर्सेनि अनपेक्षित

वाग्मती प्रदेश सञ्चित कोषमा बर्सेनि अनपेक्षित

Uncategorized
वाग्मती प्रदेश सञ्चित कोषमा बर्सेनि अनपेक्षित रकम जम्मा हुने गरेको छ । बितेको तीन वर्षमा लक्ष्यअनुसारको रकम जम्मा नहुँदा अपेक्षित सफलता प्राप्त नभएको जनाइएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा नदीजन्य पदार्थको राजश्व बाँडफाँटअन्तर्गत वाग्मती प्रदेश सरकारको सञ्चित कोषमा रु दुई अर्ब ५० करोड राजश्व सङ्कलनको लक्ष्य लिइएकामा आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्ममा रु ९८ करोड ६९ लाख ६५ हजार रकम मात्रै जम्मा भएको वाग्मती प्रदेश, सार्वजनिक लेखा समिति सभापति न्हुन्छेनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेशअन्तर्गतका अधिकांश स्थानीय तहले कोषमा रकम जम्मा गरिसके, केहीको बाँकी छ ।” श्रेष्ठका अनुसार लकडाउनका कारण रकम जम्मा हुन केही ढिला भएको हो । “बर्सेनि लक्ष्यअनुसारको रकम जम्मा भएको छैन, त्यसका विभिन्न कारण छन्”, उहाँल भन्नुभयो । शुरुको वर्ष सर्कुलरको भरमा पर्दा रु २५ करोड मात
डोटीबाट बडिमालिका गयो सरकारी डोल

डोटीबाट बडिमालिका गयो सरकारी डोल

Uncategorized
जनादेश, काठमाण्डौ । जिल्ला सदरमुकाम सिलगढीबाट मङ्गलबार बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि एक सरकारी डोल गएको छ । जनै पूर्णिमाको दिन लाग्ने मेलाका लागि उक्त डोल डोटीको सिलगढीबाट पठाइएको हो । सिलगढीमा रहेको रुद्रध्वज गणको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेस्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरमा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो । राणाकालदेखि जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवतरूपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहँदै आएअनुसार आज आफूले पनि सरकारी डोल पठाइएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “राणाकालदेखि डोल पूजाआजा गरेर सरकारी खर्चमै पठाउने चलन रहेछ, सोहीअनुसार हामीले पनि आज पूजाआजा गरेर डोल पठाएका छौँ ।” उक्त सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न
रहेनन् आदरणीय कम्यूनिष्ट नेता बरमान बुढाः उहाँ प्रति सम्मान सहित हार्दिक श्रद्धान्जली !

रहेनन् आदरणीय कम्यूनिष्ट नेता बरमान बुढाः उहाँ प्रति सम्मान सहित हार्दिक श्रद्धान्जली !

Uncategorized
जनादेश, काठमाण्डौ । पन्चयाती व्यवस्था को ठाडो बिरोध गर्ने एक हिम्मत वाला पुर्व सांसद खास कम्यूनिष्ट नेता आदरणीय नेता बरमान बुढाको आज २०७७ श्रावण ७ गते बुधबार बिहान ४:३० पाटन अस्पतालमा निधन भएको दुखद खबर छ । ९० वर्षिय बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो । उहाँ प्रति हार्दिक सम्मान सहित हार्दिक श्रद्धान्जली !
नदी कटानले पहिरो

नदी कटानले पहिरो

Uncategorized
तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरमा मादी नदी कटानले मङ्गलबार खसेको पहिरो । पहिरोका कारण छेउछाउमा रहेका केही घर जोखिममा छन् । तस्वीर ः कृष्ण न्यौपाने, रासस