Uncategorized Archives | Page 31 of 55 | Education Patra

Uncategorized

बाढीले ओलाङचुङगोलाका दुई पुल बगायो

बाढीले ओलाङचुङगोलाका दुई पुल बगायो

Uncategorized
अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ । यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको बताइएको छ । सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो । यस्तै दुई पुल बग्दा करिब रु १४ लाख बराबरको क्षति भएको छ । पक्की पुल रु १२ लाख र काठको पुल भने रु दुई लाखको लागतमा निर्माण भएको थियो । यता तमोरको उद्गमस्थलबाट नै बाढी आएपछि नदी किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा
पहिरोको जोखिममा बस्ती

पहिरोको जोखिममा बस्ती

Uncategorized
रमेश गिरी भक्तपुर ।  २०७२ साल वैशाख १२ गतेको भूकम्पले बस्दै आएको घर भत्कायो । घर बनाउने पैसा नहुँदा पाँच वर्ष जस्ताको टहरामा बस्दै आएको छ, १३ जनाको परिवार । पाँच वर्षपछि जग्गा बिक्री गरेर पक्की घर निर्माण शुरु गरेको दुई महिना नपुग्दै पहिरो घरको पेटीमै पुगेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीको गिरी–बस्नेत टोलमा पहिराको चपेटामा बन्दै गरेको घर परेपछि सानुभाइ गिरीका परिवार यतिखेर निकै चिन्तामा छन् । पहिराले निर्माण हुँदै गरेको घरसँगै बस्दै आएको टहरा पनि लैजाने जोखिम भएपछि परिवार आफन्त र छिमेकीको घरमा गएर रात गुजार्नु परेको छ । तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण सो टोल जोखिममा परेको छ । २५ फिट परदेखि एकैपटक पहिरो गएर घर नजीकै पुगेपछि पहिराले घर लैजाने चिन्ताले पिरोलेको गिरीले बताउनुभयो । घर नजीकै राजेन्द्रप्रसाद दाहालले भिरालो ठाउँमा जग्गा सम्याएर प्ल
भदौदेखि विद्यार्थी भर्ना : संभव छ कक्षा कोठामा सामाजिक दुरी कायम गर्न ?

भदौदेखि विद्यार्थी भर्ना : संभव छ कक्षा कोठामा सामाजिक दुरी कायम गर्न ?

Uncategorized
जनादेश दैनिक, काठमाडौं । सरकारले लिएका महत्वपूर्ण निर्णयमध्ये भदौ १ गतेदेखि विद्यार्थी भर्नाको निर्णय पनि एउटा हो । सरकारी निर्णय अनुसार अब भदौ १ गतेदेखि विद्यार्थी भर्ना भई विद्यालयमा जाने छन् । लामो समयदेखि चर्चाको शिखरमा रहेको शैक्षिक गतिविधि अब देशव्यापी सञ्चालन हुने छ । शिक्षक तथा विद्यार्थीहरुले चाहना गरेअनुरुप पठनपाठनको क्रियाकलाप अघि बढाउन सक्ने छन् । तर यो निर्णयसँगै लाखौं विद्यार्थीहरु नेपालको जस्तो कमसल, साँगुरो र उकुसमुकुसपूर्ण भौतिक पूर्वाधारभित्रको वातावरणमा सरकारले दिएको सामाजिक दुरी कायम गरी अध्ययन कार्यलाई अघि बढाउन सक्लान् ? के शिक्षकहरु साँगुरा कोठाभित्र बेञ्चहरुमा दाँतका लहर झैं टाँसिएर बस्न बाध्य बिद्यार्थीहरुका माझ निस्चिन्त भएर अध्यापन गर्न सक्लान् ? यस विषयलाई लिएर अभिभावक तथा शिक्षाविदहरु निकै चिन्तित देखिन्छन् । एउटै मापदण्डको डालोमा सबै कुरा पारिनु ठीक र
साउन १५ देखि होटल-रेस्टुरेन्ट खुला गर्ने सरकारको निर्णय

साउन १५ देखि होटल-रेस्टुरेन्ट खुला गर्ने सरकारको निर्णय

Uncategorized
जनादेश, काठमाडौँ । सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन । यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । यस्तै भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।
१३आँै साग खेलका स्वर्णपदक विजेतालाई सम्मान गरिने

१३आँै साग खेलका स्वर्णपदक विजेतालाई सम्मान गरिने

Uncategorized
नेपाली काङ्ग्रेस केन्द्रीय खेलकूद विभागले गत १३ आँै साग खेलका स्वर्णपदक विजेतालाई नगदसहित सम्मान गर्ने भएको छ । आज यहाँ भएको पत्रकार सम्मेलनमा खेलकूद क्षेत्रको बृहत्तर विकासलाई ध्यानमा राखी उक्त निर्णय गरेको जानकारी दिइयो । विभागका प्रमुख मोहनबहादुर बस्नेतले टोकियो ओलम्पिक ‘२०२१’ मा नेपालका तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकको कोरोना बीमा गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “ २०२१ मा हुने ओलम्पिक खेलको तयारीका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीको सहभागिताका लागि कोरोनाको सुरक्षा र सावधानी अपनाउँदै प्रशिक्षण सञ्चालन गर्न सरकारसँग माग गर्छाँै ।” यसैगरी काङ्ग्रेस सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि गरेको बस्नेतको भनाइ छ । विभिन्न विधाका प्रशिक्षकहरुको व्यवस्था गरी वडा तहसम्म खेलकूद गतिविधि
आज मध्यरातदेखि लकडाउन हटाउने सरकारको निणर्य

आज मध्यरातदेखि लकडाउन हटाउने सरकारको निणर्य

Uncategorized
जनादेश, काठमाण्डौ । सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडाले सो कुराको जानकारी दिनुभएको हो । लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको विधिवत् अन्त्य गरेको हो । बन्दाबन्दीबाहेक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत् नै राखिएको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई यही साउन १५ गतेदेखि होटल तथा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याउन दिने सरकारको निर्णय छ । यद्यपि, सामूहिक भोज, पार्टी, सेमिनार र सामूहिक भेला भने गर्न नपाइने अर्थ, सञ्चार
४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै

४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै

Uncategorized
जनादेश, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो । उहाँका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । “यसपटक हामीले कोभिड–१९ का कारणले ठूलो कार्यक्रम गर्न असमर्थ भयौँ”, उहाँले भन्नुभयो, “तैपनि प्रतिष्ठानकै आयोजनामा स्मृति पार्कमा रहेको सालिकमा श्रद्धाञ्जलीसभाको कार्यक्रम भने राखेका छौँ ।” उक्त कार्यक्रममा पुष्पलालको सालिकमा माल्यापर्ण र प्रतिष्ठानका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सभामा मन्तव्य राख्नुहुनेछ । नेपालमा कम्युनिस्ट पार्टीम
बीपीप्रति हार्दिक श्रद्धान्जली ।

बीपीप्रति हार्दिक श्रद्धान्जली ।

Uncategorized
मार्क्सको सिद्धान्तलाई नबुझे/ नमाने पनि "कम्युनिस्ट पार्टी" को समर्थक भए पुग्ने चलन मौलाएको हुँदा समस्या परेको त होइन ? यो व्याख्या गर्ने कसले होला ? भागवत खनाल, पूर्व सहसचिव नेपाल सरकार राजबन्दी बीपीप्रति श्री ३ महाराज मोहन शमशेरको उपहास - तिमीले भनेका होउला राज गरौंला । तिमीजस्ता भारेभुरे ठेट्नाले कराउने बित्तिकै कसैले राज्य दिदैन । राज्य गर्नको निम्ति (आफ्नै निधार देखाउँदै ) पुर्पुरोमा लेख्नुपर्छ । नोट :- सत्ता र शक्तिको उन्मादको बलियो उदाहरण । गृहमन्त्री बीपीसमक्ष प्रधानमन्त्री मोहन शम्शेरको स्वीकारोक्ति - तपाईंले मलाई बुझ्नुपर्‍यो । म त एरिस्ट्रोक्रेटिक परिवारको , मेरो बुवा चन्द्र शमशेर नेपालको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री । उहाँको हजुरिया भएर बसेको म । चन्द्र शमशेर प्र म हुँदा र त्यसपछि पनि म दोस्रो मानिस , त्यसो हुँदा म जनता , यो , त्यो ,
विपी माटोको स्पन्दन बुझ्ने राजनेता ः प्रथम राष्ट्रपति डा यादव

विपी माटोको स्पन्दन बुझ्ने राजनेता ः प्रथम राष्ट्रपति डा यादव

Uncategorized
जनादेश, काठमाण्डौ । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विपी कोइराला विश्व परिवेशका साथै माटोको स्पन्दन बुझ्ने राजनेताका रुपमा स्थापित हुनुभएको बताउनुभएको छ । विपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हरेकपल डट कमले ‘विपी विमर्शका बहुआयाम’ विषयमा करीब दुई महिनासम्म गर्ने संवाद, बहस र विमर्श कार्यक्रमको आज शुभारम्भ गर्नुहुँदै उहाँले नेपालका सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार विपी भएको बताउनुभयो । पूर्वराष्ट्रपति डा यादवले विपीको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा मात्र होइन, साहित्य सिर्जनाको क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेको बताउनुभयो । “ठूलो मान्छे होइन, असल मान्छे वन भन्ने विपीको चिन्तन गहिरो अध्ययनको उपलब्धि हो, आज पनि मुलुकका निम्ति विपीका विचार उत्तिकै सामयिक रहेक
जोनी डीपविरुद्ध अदालतमा एम्बरले दिइन् बयान

जोनी डीपविरुद्ध अदालतमा एम्बरले दिइन् बयान

Uncategorized
काठमाडौँ । हलिउड अभिनेता जोनी डीपकी पूर्व पत्नी एम्बर हर्डले आफूलाई जोनीले लागूऔषध र रक्सी पिएका बेला शारीरिक र मौखिक रुपले दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी छिन् । यद्यपि 'पाइरेट्स अफ क्यारेबियन' अभिनेता डीपले उनको आरोप झुटो रहेको कुरा अदालतमा राख्दै आएका छन् । मंगलबार हर्डले अदालतमा आफूलाई पूर्व पति डीपले मार्ने धम्की दिएको बयान दिएकी छिन् । उनले अदालतमा पेस गरेको बयानमा डीपले आफूलाई सम्बन्धमा रहँदै मार्ने धम्की समेत दिएको कुरा उल्लेख गरेकी हुन् । 'द सन' पत्रिकालाई डीपले मुद्दा लगाएपछि अदालतले एम्बरको बयान लिएको हो । सन् २०१८ मा 'वाइफ बिटर'(पत्नी पिट्ने) समाचार लेखेको भन्दै डीपले उक्त पत्रिकाविरुद्ध अदालतमा मुद्दा लड्दै छन् । डीपको अभियोग मुद्दामा सोधपुछ गर्ने क्रममा डीपले आफूमाथि फोनको झटारो हानेको कुरा पनि एम्बरले अदालतलाई बताएकी छन् । अदालतले डीप र हर्डको बयान लिएको छ । फिल्म