Uncategorized Archives | Page 33 of 55 | Education Patra

Uncategorized

घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ

घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ

Uncategorized
गण्डकी, ६ साउन (रासस) ः कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका लागि उपयुक्त हुने देखिएका कारण यहाँ परीक्षण उडान गरी सम्बद्ध निकायबाट अनुमति लिने प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार साहसिक पर्यटनको सम्भाव्य क्षेत्र लुम्लेमा रक क्लाइम्बिङ, महँगो डाँडामा जिप फ्लायर, सार्कुको घट्टे खोलामा क्यानोनिङजस्ता पर्यटकीय गतिविधिका सम्भाव्यतालाई उजागर गरिने छ । गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने बताउँदै अध्यक्ष कुँवरले परम्परागत कला संस्कृ
क्षमताभन्दा तेब्बर कैदीबन्दी

क्षमताभन्दा तेब्बर कैदीबन्दी

Uncategorized
लमजुङ,  रासस ः लमजुङ बेँसीशहर नगरपालिका–८ शेराबजारमा रहेको जिल्लाको एकमात्र जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । महिला १० र पुरुष २५ गरी ३५ जनाको क्षमता रहेको यस कारागारमा हाल दोब्बर भए पनि पुरुषको सङ्ख्यामा भने तेब्बर कैदीबन्दी रहेका छन् । विभिन्न कसुरमा कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी गरी हाल ७५ जना कैदीबन्दीमध्ये ६९ जना कैदीबन्दी पुरुष रहेका छन् । महिलातर्फ भने १० जनाको क्षमता रहेकामध्ये हाल छ जना कैदी रहेका छन् । सोहीमध्ये ३२ जना कैदी पुरुष र छ जना कैदी महिला रहेका छन् भने ३७ जना थुनुवा पुरुष रहेको जिल्ला कारागारले जनाएको छ । कारागारका जेलर विष्णुप्रसाद पौडेलले भन्नुभयो, “यसरी क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य छन् । कानूनी मापदण्डअनुसार एक कैदीबन्दी बराबर एक मिटर लम्ब
लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्छ ः डा कोइराला

लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्छ ः डा कोइराला

Uncategorized
विराटनगर,  (रासस) ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्ने बताउनुभएको छ । बिपी स्मृति दिवसका अवसरमा गुराँस पुस्तकालयले विराटनगरमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले मुलुुकको राष्ट्रियता अहिले सङ्कटमा परेकाले राष्ट्रियता, लोकतन्त्र तथा राजनीतिक स्थायित्वका लागि बिपी कोइरालाको विचार आज पनि महत्वपूर्ण रहेको बताउनुभयो । नेता कोइरालाले दलका राजनीतिक आस्था र विचार फरकफरक भए पनि राष्ट्रियताका पक्षमा भने सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । पुस्तकालयका अध्यक्ष दीपक चापागाईंले बिपी देखाएको बाटामा काँग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।
हरियो चुरा र पोतेको पसलमा भीड

हरियो चुरा र पोतेको पसलमा भीड

Uncategorized
विराटनगर,  रासस ः बन्दाबन्दी भएपनि अहिले प्रदेश नं १ को राजधानी विराटनगर बजार यतिखेर पूरै हरियाली भएको छ । साउन महिनाको आगमनसँगै विराटनगरको बजार होस् वा भित्र गल्लीका शृङ्गार र कपडा पसलमा अहिले महिलाहरुलाई हरियो चुरा, हरियो पोते, पहँेलो पोते, मेहन्दी, हरियो साडी खरीद गर्न भीड लागेको देख्न सकिन्छ । विराटनगर गुद्रीमा रहेको रियाज स्टोरका व्यापारी रियाज हकले कोभिड–१९ को महामारीका कारण गत वर्षभन्दा यस वर्ष साउन महिनामा आफ्नो व्यापार घट्को भएपनि सामाजिक दूरी कायम खरिद गर्ने क्रम वृद्धि भइरहको बताउनुभयो । न्यू दिदी शृङ्गार पसलका व्यापारी विपिनसिंह भण्डारीले गत वर्षभन्दा यो वर्ष बन्दाबन्दी, सार्वजनिक यातायात बन्द र कोभिडको डरत्रासले विगत वर्षहरुभन्दा व्यापार केही खस्केको भए पनि केही दिन पछि व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । अहिले महिलालाई जरी भरेको चुरा, बुट्
काँग्रेसमा संस्थापन इतरबाट एक मात्र सभापतिको उम्मेदवार हुने

काँग्रेसमा संस्थापन इतरबाट एक मात्र सभापतिको उम्मेदवार हुने

Uncategorized
काठमाडौँ,  रासस ः नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताउनुभएको छ । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औँ बिपी स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले आफूहरुको समूहबाट को सभापतिको उमेदवार बन्ने भन्ने छलफल भइरहेको स्पष्ट पार्नुभयो । “कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन, हामी भनेर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुन्छ भन्दै उहाँले अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले वा इतर पक्ष एक ठाउँ हुनुपर्नेमा जोड दिनुभयो । महामन्त्री कोइरालाले काँग्रेसको नेतृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको बताउँदै महाविधेशनको मिति तय भइसकेपछि त
प्रजातन्त्रका लागी जीवन आहुति दिएका थिए बि.पी कोइरालालेः सभापति देउवा

प्रजातन्त्रका लागी जीवन आहुति दिएका थिए बि.पी कोइरालालेः सभापति देउवा

Uncategorized
जनादेश, काठमाण्डौ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बीपी कोइरालाको नेपाली साहित्यमा पनि विशिष्ट योगदान छ । राजनीतिज्ञ,विचारक विश्वेश्वरप्रसाद कोइरालाको ३८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्र गरी मनाइँदैछ । वीपीको ३८ औं स्मृति दिवसमा कांग्रेसको प्रचार विभागले मंगलबार गरेको कार्यक्रममा सभापति देउवाले वीपी राष्ट्रवादी, समाजवादी र प्रजातन्त्रवादी रहेको बताए। आफ्नो ज्यान जोखिममा राखेर पनि वीपी मेलमिलापको नीतिअनुसार नेपाल फर्केको उल्लेख गर्दै देउवाले थपे, ‘उहाँ ज्यान जोखिममा राखेर पनि नेपाल फर्किनुभएको थियो। उहाँका बारे वर्णन गरिसाध्य छैन। उहाँ लोकतन्त्रका लागि लडेको नेता हो।’ वीपीले आफ्नो जीवनकालमा लोकतन्त्रका लागि लडाइँ लडेको उल्लेख गर्दै देउवाले वीपीले तय गरेको बाटोमा पार्टी अगाडि बढिराखेको बताए। यसैगरी काँग्रेस महामन्त्री डा शश
पृथ्वीराजमार्ग अबरुद्ध

पृथ्वीराजमार्ग अबरुद्ध

Uncategorized
तस्वीर ः सानेबहादुर नेपाली, रासस तनहुँ, पृथ्वीराजमार्गको दमौली–थर्पु सडकअन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आइतबारदेखि परेको अविरल बर्षापछि मंगलबार बिहान माथिबाट आएको पहिरोले अबरुद्ध भएको राजमार्ग । त्यसैगरी पृथ्वीराजमार्गअन्र्तगत कै आँबुखैरेनी–मुग्लिन सडकअन्र्तगत ऐना पहरा नजिक पनि पहिरोले राजमार्ग अबरुद्ध भएकोले दुबै स्थानको पहिरो हटाउन लागिएको र बढिमा एक घण्टा समय पहिरो पन्छाउन लाग्न सक्ने देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
नेकपाको स्थायी कमिटी बैठक १ बजे बस्ने

नेकपाको स्थायी कमिटी बैठक १ बजे बस्ने

Uncategorized
जनादेश, कामठाडौं । आज बिहान ११ बजेका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक अपराह्न १ बजेका लागि सरेको छ । आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताबीच छलफल भइरहेकाले यसअघि पनि बैठक पटक पटक सर्दै आएको छ । नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाका अनुसार बैठक दिउँसो १ बजेका लागि सरेको हो । पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, सीमा सुरक्षा, नागरिकता विधेयक, एकताका बाँकी काम, अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) सम्झौता अनुमोदन आदिबारे स्थायी कमिटीमा कार्यसूची राखिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताबीच विभिन्न चरणमा छलफल चल्दै आएको छ । थायी कमिटीको बैठक गत असार १० गतेदेखि शुरु भएको थियो ।  
बाजुरामा बाढीपहिरोको वितण्डा, बस्ती विस्थापित

बाजुरामा बाढीपहिरोको वितण्डा, बस्ती विस्थापित

Uncategorized
बाजुरा, रासस : मनसुनी वायुका कारण लगातारको वर्षाले बाजुरा जिल्लामा बाढीपहिरोले वितण्डा देखाएको छ । जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण करौडौँको नोक्सानी भएको छ भने हजारौँ परिवार विस्थापित भएका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाभरि बाढीपहिरोको घटना भइरहेको छ । बाढी र पहिरोले ठूलो क्षति भएको छ । सोमबार जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ । बाजुरा खण्डको साँफे–मार्तडी सडकखण्डको ताप्रिसेरा–घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ । आइतबार रातिबाट अविरल वर्षासँगै आएको बाढीपहिरोले बूढीगङ्गा नगरपालिकाकोे कुडी, बजेडी, नडाङ, मुसीगाउँ, खेतकोट ताप्रिसेराको पूरै बस्ती विस्थापित भएका छन् । पानी मुलखोला र ठाँडोखोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताप्रिसेराका खेतीयोग्य जमीन बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले घटनास्थलबाटै जानकार