Uncategorized Archives | Page 34 of 55 | Education Patra

Uncategorized

नदीमा बहाव बढ्दो : नारायणी र कोशी खतरा तहमाथि

नदीमा बहाव बढ्दो : नारायणी र कोशी खतरा तहमाथि

Uncategorized
काठमाडौँ,  (रासस) । दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि नै नारायणी नदी र कोशी नदीले खतराको तह पार गरेको छ । ठाउँठाउँमा डुबान शुरु भइसकेको छ । बाढी मापन केन्द्र देवघाटका अनुसार नारायणीको खतराको तह आठ मिटरको हो । बिहान ९ बजे नारायणी नदी ९ दशमलव ९ मिटरमा पुगेको छ । यस्तै कोशीको खतरा तह ११ मिटर रहेकामा अहिले नाघेर ११ दशमलव ९७ मिटरमा पुगेको छ । नदीको बहाव अझै बढ्दो क्रममा रहेको छ । नारायणीका कारण सुस्तालगायत आसपास तल्लो र नदी तटीय क्षेत्र डुबानको उच्च जोखिममा रहेको
जोखिम छल्दै, परम्परा धान्दैःघण्टाकर्ण पर्व मनाइयो

जोखिम छल्दै, परम्परा धान्दैःघण्टाकर्ण पर्व मनाइयो

Uncategorized
– रामबहादुर थापा बागलुङ,  (रासस) : यहाँका नेवार समुदायले आइतबार घण्टाकर्ण पर्व मनाए । कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धाने । घण्टाकर्णलाई गठेमङ्गल पनि भनिन्छ । नेवारी संस्कृतिमा घण्टाकर्णसँगै जात्रा, पर्वहरु शुरु भएको मानिन्छ । कोरोनाको जोखिम हुन नदिन सुरक्षा सावधानीसहित घण्टाकर्ण पर्व मनाइएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले बताउनुभयो । “परम्परा त जेनतेन धान्नै प¥यो”, उहाँले भन्नुभयो, “भीडभाड नगरी पर्व मनायौँ ।” कोरोनाकै कारण बागलुङ नगरपालिका–३ बुद्धचोकमा मात्र घण्टाकर्ण निकालिएको सचिव शाक्यको भनाइ छ । पहिले–पहिले बागलुङ बजारका चोकचोकमा घण्टाकर्ण निकाल्ने गरिन्थ्यो । यसै त परम्परा जोगाउनै धौधौ परेका बेला कोरोना महामारीले थप प्रतिकूलता सिर्जना गरेको छ । घण्टाकर्ण नाम गरेको नरभक्षी राक्षसको स्वरूप बनाई दिनभर बुद्धचोकमा उभ्याइएको थियो । मक
रोहिणी र डुडुवाखोलाको कटानले बस्ती जोखिममा

रोहिणी र डुडुवाखोलाको कटानले बस्ती जोखिममा

Uncategorized
राँझा, रासस : बाँकेको रोहिणी र डुडुवाखोलाको कटानले कोहलपुर नगरपालिकाको तीन गाउँ जोखिममा परेका छन् । कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवाखोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टारलगायतका गाउँ जोखिममा रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार रोहिणी र डुडुवाखोलाको बाढीका कारण कोहलपुर नगरपालिकाको वडा नं ७, ८, १०, ११, १२ र १३ गरी पाँच वडाका बासिन्दा प्रभावित हुँदै आएका छन् । खोलाको कटान रोकथामका लागि आवश्यक पहल गरिए पनि खोलाको बहावले धार फेर्दा बर्सेनि ठूलो क्षति हुँदै आएको छ । डुडुवा र रोहिणीखोलामा आएको बाढीले तीव्ररुपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ । बस्ती बचाउन नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतको भनाइ छ । केही दिन
फरार दुई व्यक्ति पाँच महिनापछि पक्राउ

फरार दुई व्यक्ति पाँच महिनापछि पक्राउ

Uncategorized
भक्तपुर, ६ साउन (रासस) : बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुर नगरपालिका–५ घर भई हाल सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । प्रतिभा नायभा श्रेष्ठको जाहेरीे रहेको मुद्दामा भक्तपुर जिल्ला अदालतले विसं २०७६ माघ २७ गते पाँच दिन कैद र रु छ लाख ९६ हजार १०० जरिवाना पैmसला गरेकामा फरार रहेका प्रधानाङ्गलाई भक्तपुरको प्रहरी टोलीले सोमबार पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडाँै पठाउने आदेश भएपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । त्यसैगरी विश्वराम लवजु चोरी मुद्दामा दोषी ठहर गर्दै जरिवाना फैसला भएका भक्तपुर नगरपालिका–९ कमलविनायक बस्ने ३९
एक करोड १४ लाखको कृषि आधुनिक उपकरण प्रदान

एक करोड १४ लाखको कृषि आधुनिक उपकरण प्रदान

Uncategorized
विराटनगर,  रासस : आधुनिकयन्त्रको प्रयोग गरी उत्पादन वृद्धि गर्नुका साथै कृषकलाई व्यावसायिक बनाउन गर्न रु एक करोड १४ लाख बराबरको विभिन्न कृषि उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ मोरङद्वारा सोमबार यहाँ आयोजित कष्टम हायरिङ सेन्टर तथा साना मेशिनरी औजार हस्तान्तरण कार्यक्रममा मोरङका माछा तथा धान जोनमा आबद्ध किसानलाई कृषिका आधुनिक उपकरण वितरण गरिएको हो । माछा जोनमा आबद्ध १६ किसानलाई रु ३४ लाख बराबरको माछा पोखरीमा पानी पटाउन एक/एक थान मोटरपम्प, माछा तौल गर्न ४१ किसानलाई डिजिटल काँटा, ५९ किसानलाई पानी मापनका लागि पिएच मिटर तथा माछालाई अक्सिजन प्रदान गर्न छ एरियेटरलगायतका उपकरण प्रदान गरिएको छ । यसैगरी धानजोनसँग आबद्ध किसानले प्रयोग गर्ने गरी रु ८० लाख मूल्य बराबरको एउटा कम्पाइण्ड हार्वेष्टर, दुईवटा ट्र्याक्टर, दुई ट्रली, दुई रोटामेटर, दुई कल्ट
किसानको हितमा उद्योग चलाउने चिया उद्योगी

किसानको हितमा उद्योग चलाउने चिया उद्योगी

Uncategorized
इलाम, रासस: यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य भइरहेको छ । उद्योगीले चियाको उचित दाम नदिएको भन्दै किसान आन्दोलनमा छन् । यतिमात्र होइन, वर्षैपिच्छे उद्योगविरुद्ध किसान र मजदुरले आन्दोलन गर्छन् । यसको मतलव उद्योगीसँग किसान–मजदुर असन्तुष्ट छन् भन्ने बुझिन्छ तर, यही क्षेत्रमा किसान–मजदुरलाई ‘चित्त बुझ्दो’ दाम दिने उद्योगीको समेत कमी छैन । यसैमध्येमा पर्ने चिया उद्योगी हुनुहुन्छ सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईँ । सधैँ किसान–मजदुरको पक्षमा वकालत गर्ने चापागाईँ चिया उद्यमीमध्ये पनि सबैभन्दा ‘सिनियर’ उद्योगीमा पर्नुहुन्छ । उहाँ चिया क्षेत्रमा रहेदेखि नै सधैँ किसान–मजदुरकै पक्षमा काम गर्दै आएकाले सधैँ उद्योगमा किसान–मजदुर माथिल्लोस्तरमा पर्ने बताउनुहुन्छ । “मलाई उद्योगले किसानलाई हरियो चियापत्तीको मूल्य कम दिए भनेको सुन्दा अचम्म लाग्छ”, चापागाईँ भ
माछा मार्न ढडिया बुन्दै   

माछा मार्न ढडिया बुन्दै   

Uncategorized
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका– १ सोनपुरका राम दुलारे थारु र उनका छोराले नदी किनारमा माछा मार्ने सामग्री (ढडिया) बनाउँदै । तस्वीरः माधव बेल्बासे/रासस
मीन भामको ‘चिसो वर्ष’ को स्क्रिप्टले पायो एक करोडको पुरस्कार

मीन भामको ‘चिसो वर्ष’ को स्क्रिप्टले पायो एक करोडको पुरस्कार

Uncategorized
काठमाडौँ । निर्देशक मीन भामको 'चिसो वर्ष'को स्क्रिप्टलाई 'टुवेल्फ पुन्टो स्क्रिप्ट ल्याब'ले ७५ हजार युरोको पुरस्कार दिएको छ । छनोटमा परेको १२ स्क्रिप्टमध्ये तीन वटालाई पुरस्कार दिँदा मीनले पनि झण्डै १ करोड ३ लाख रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन् । शनिबार राति मात्रै मीनले पुरस्कारबारे थाहा पाएका हुन् । उनका टर्किस निर्माताहरुले यो पुरस्कार थापेका हुन् । जुन १६ मा आयोजक संस्थाले निर्मातालाई अवार्ड कार्यक्रममा भेला हुन बोलाउँदा नै उनले भेउ पाइसकेका थिए । तीन महिनाअगाडि टर्किस निर्माताले नै उनलाई यो प्रतिस्पर्धामा आवेदन दिन हौसला दिएका थिए । मीनले लेख्दै गरेको फिल्मको स्क्रिप्ट आफ्नो निर्मातालाई बुझाएका थिए । निर्माताले नै उक्त स्क्रिप्ट ल्याबमा पठाएको उनले बताए । '१२ पुन्टो स्क्रिप्ट ल्याबले हरेक वर्ष उत्कृष्ट स्क्रिप्टलाई पुरस्कार दिने गर्दछ । निर्देशक निर्मातालाई बोलाएर वर्कसप
प्रशिक्षक नियुक्तिसँगै क्यानको विविध निर्णय सार्वजनिक

प्रशिक्षक नियुक्तिसँगै क्यानको विविध निर्णय सार्वजनिक

Uncategorized
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि १ हप्ताभित्र दरखास्त आह्वान गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको कार्यसम्पादन कमिटीको बैठकले अन्तर्रािष्ट्रय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तिय प्रबन्धक र व्यवस्थापकका लागि एक साता भित्र दरखास्त आह्वान गर्ने निर्णय गरेको क्यानले विज्ञप्तीमार्फत जानकारी दिएको छ । कमिटीको बैठकले विभिन्न ७ वटा निर्णय गर्दा त्यसमा ७ प्रदेशका लागि प्रशिक्षकको दरखास्त समेत आह्वान गर्ने निर्णय गरेको छ । मुलपानी क्रिकेट मैदानलाई ६ जना मैदान कर्मचारी थप गर्ने, पोखरा, भैरहवा र विरगंजका लागि एक एक जना पिच क्युरेटर नियुक्त गर्ने निर्णय पनि लिएको छ । गत वर्ष असोजमा निर्वाचन गरेको क्यानले भदौ १५ भित्रमा बार्षिक साधारण सभा गर्ने भएको छ । विक्रम न्यौपानेलाई नेपाली टोलीको पूर्णकालीन फिजियोको रुपमा
टि२० विश्वकप सर्योc

टि२० विश्वकप सर्योc

Uncategorized
एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप स्थगित भएको छ । सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बैठकले विश्वकप सरेको जनाएको छ । टि२० विश्वकप एक वर्षको लागि सरेको छ । अब टि२० विश्वकप २०२१ अक्टोबर नोभेम्बरमा हुँने आइसिसीले जनाएको छ । आइसिसी एक दिवसिय विश्वकप २०२३ अक्टोबर नोभेम्बरमा गर्ने भएको छ । यसअघि एकदिवसीय विश्वकप फ्रेब्रुअरी ९ देखि २६ मार्च सम्म भारतमा हुने तय भएको थियो । त्यस्तै २०२१ मा भारतमा हुने भनिएको टि२० विश्वकप २०२२ मा अक्टोबर नोभेम्बरमा हुने छ । नेपाल भने यो वर्ष हुने टि२० विश्वकपमा एसिया छनोटबाटै बाहिरिएको थियो । यसअघि २०२१ मा भारतमा हुने भनिएको टि२० विश्वकपमा नेपालले सिधै ग्लोबल छनोट क्वालिफायरमा मौका पाएको थियो । अब नेपालले सन् २०२२ सम्म सरेको प्रतियोगिताको लागि छनोट खेल्नेछ