Uncategorized Archives | Page 37 of 55 | Education Patra

Uncategorized

थाक्रामा मकै

थाक्रामा मकै

Uncategorized
कञ्चनपुरको बेलौरी नगरपालिकाका किसानले परम्परागत शैलीमा व्यवस्थापन गरी थाक्रामा राखिएको मकै । मकै नकुहियोस्, गुन र पुतलीबाट सुरक्षित होस् भनी थाक्रामा राखिएको हो । तस्वीरः शेरबहादुर सिंह/रासस
नागेश्वरमा भक्तजनको भीड

नागेश्वरमा भक्तजनको भीड

Uncategorized
काठमाडौँ, (रासस)ः कामपा–३२, पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहानदेखि नै घुइँचो लागेको छ । सामाजिक दूरी कायम गरेर मन्दिरमा दर्शनार्थ आएका श्रद्धालु भक्तजनको लाम चारै ढोकामा लगाई छिटोछिटो दर्शन गर्ने व्यवस्था मिलाइएको छ । मन्दिरमा आइसकेका भक्तलाई असुविधा नहुने गरी विशेष व्यवस्था मिलाइएको छ । नागेश्वरको दर्शन गर्नाले मानिसको साह्रै कष्ट पनि नाश हुन्छ भन्ने मान्यता रहिआएको नागेश्वर महादेव व्यवस्थापन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताउनुभयो । विसं १८८१ मा स्थापित नागेश्वर शिवालय सरदार बााक्सिङ रायले स्थापना गरेका हुन् । चौबीस रोपनी क्षेत्रफलमा फैलिएको सो मन्दिर परिसरमा धर्मशाला, ढुङ्गेधारा, गौचरण, बगैंचा आदि छन् । त्रिभुवन विमानस्थल विस्तारका क्रममा अधिग्रहणमा परेपछि त्यहाँको शिवलिङ्ग स्थानान्तरण गरिएको हो । मन्दिरमा बिहान
डोजर ट्रयाक्टर निकुञ्जको नियन्त्रणमा

डोजर ट्रयाक्टर निकुञ्जको नियन्त्रणमा

Uncategorized
जनादेश,रासस ः डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका– ३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकूद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको हो । ठूलीभेरी नदीको किनारमा रहेको सुँपानीमा अनुमति नलिइ खेलकूद मैदान निर्माण गर्न लागेको थाहा पाएपछि चालकसहित सबैलाई नियन्त्रणमा लिएको निकुञ्जले जानकारी दिएको छ । “खेलकूद मैदान निर्माण गर्न लागिएको क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ, नीतिनियमविपरीत वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको अनुमति नै नलिइ काम शुरु गरेको थाहा पाएपछि निर्माणमा संलग्न कामदार, उपकरण सबै नियन्त्रणमा लिएका हौ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भन्नुभयो । “नदीले कटान गरेको दुवैतिरको भूभाग निकुञ्ज क्षेत्रमा पर्छ, उक्त क्षेत्रमा अनुमतिविपरीत म
पवित्र तीर्थस्थल देवघाटधाम ।

पवित्र तीर्थस्थल देवघाटधाम ।

Uncategorized
चितवन, तनहुँ र नवलपुरको सङ्गम पवित्र तीर्थस्थल देवघाटधाम । कोरोना भाइरस सङ्क्रणका कारण यसवर्ष देवघाटमा बोलबम मेला गर्न रोक लगाएपछि साउन महिनाको पहिलो सोमबार भक्तजनको सङ्ख्या न्यून देखिएको छ । तस्वीरः कृष्ण आचार्य÷रासस
पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

Uncategorized
कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दीमा बन्द रहेको पशुपतिनाथको मन्दिर । मन्दिर परिसरमा रहेको आर्यघाटमा देखिएको चहलपहल । तस्वीर ः रोशन सापकोटा/रासस पूर्णप्रसाद मिश्र काठमाडौँ, ५ साउन (रासस) ः सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भक्तजनलाई प्रवेश दिइएको छैन । असार १ गतेअघि पशुपति परिसरमा पनि भक्तजनको आवागमन रोकिएको थियो । असार १ गतेदेखि बन्दाबन्दी खुकुलो बनाइएसँगै पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । धेरैले बाहिरबाटै दर्शन गर्दै आएका थिए । आज साउन महिनाको पहिलो सोमबार पनि धेरै भक्तजनले बाहिरबाट दर्शन गरे । मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश नदिइए पनि परिसरमा भौतिक दूरी कायम नहुने अवस्था
मौद्रिक नीतिबाट उद्योगी र व्यवसायीलाई राहतको अनुभूतिः मोरङ उद्योग व्यवसायी

मौद्रिक नीतिबाट उद्योगी र व्यवसायीलाई राहतको अनुभूतिः मोरङ उद्योग व्यवसायी

Uncategorized
विराटनगर, (रासस) ः नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले उद्योग व्यवसायले उठाउँदै आएका मुख्य विषय सम्बोधन गरेकाले यस क्षेत्रलाई केही राहतको अनुभूति भएको छ । अर्थतन्त्रमा तरलताको अभाव हुन नदिने, पुनर्कर्जाको सुविधा, ऋण र व्याजको किस्ता भुक्तानी अवधि थपलगायत विषय तिनले माग गरेका थिए । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले संयुक्त विज्ञप्ति जारी गरी कोभिड– १९ का कारण विश्व अर्थतन्त्र नै शिथिल भएको तथा उद्योगव्यवसाय क्षेत्रलाई पुनर्जीवन दिई चलायमान बनाउनु राज्य र निजी क्षेत्र दुवैलाई चुनौतीपूर्ण रहेको स्थितिमा बैंकले साउन २ गते आर्थिक वर्ष २०७७/७८ का लागि जारी गरेको मौद्रिक नीतिले कोरोना प्रभावित उद्योग व्यवसाय क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र रोजगारी गुमाउनेलाई उद्यमशीलता विकासको अवसर दि
प्रशासकीय अधिकृत र सबइञ्जिनीयर अख्तियारको नियन्त्रणमा

प्रशासकीय अधिकृत र सबइञ्जिनीयर अख्तियारको नियन्त्रणमा

Uncategorized
जनादेश/ (रासस) काठमाण्डौ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले राससलाई जानकारी दिनुभयो ।
आगामी २४ घण्टा मुलुकभर नै वर्षा

आगामी २४ घण्टा मुलुकभर नै वर्षा

Uncategorized
काठमाडौँ, (रासस) ः मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाकोसमेत सम्भावना छ । त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ । विभागका अनुसार, हाल मनसुनी न्यूनचापीय रेखा नेपाल
नारायणगढ–मुग्लिन सडकमा पहिरो ःपन्छाउनै गाह्रो

नारायणगढ–मुग्लिन सडकमा पहिरो ःपन्छाउनै गाह्रो

Uncategorized
अविरल वर्षका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६, चार किलोमा खसेको पहिरो । पूर्ण रुपमा अवरुद्ध भएको सडकको पहिरो पन्छाइँदै ।  
पत्रकार नहर्कीको गीतमा भिडियो सुटिङ

पत्रकार नहर्कीको गीतमा भिडियो सुटिङ

Uncategorized
जनादेश, काठमाण्डौ । पत्रकार अमर नहर्कीद्वारा शव्द सङ्कलन गरिएको ‘बिरानो देश’ गीतमा तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जल विद्युत परियोजनामा भिडियो सुटिङ गर्दै कलाकारहरु । करिब दुई दशकदेखि सञ्चार क्षेत्रमा लाग्नु भएका पत्रकार नहर्कीले गीतमार्फत वैदेशिक रोजगारीको क्रममा नेपालीले भोग्नु परेको पीडाको बारेमा सन्देश दिन खोजिएको छ । तस्वीर ः सानेबहादुर नेपाली÷रासस