प्रचण्ड निकटको खुमलटार भेला : ध्रुवीकरण कि एकता ?
जनादेश, काठमाडौं ।
सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निकट नेताहरुका वैठक खुमलटारमा बसेको छ । प्रधानमन्त्री ओली र पार्टी महासचिव विष्णु पौडेलले आफूलाई फसाउन र बदनाम गर्न शानिवार राती शितल निवास पुर्याएको भनी स्पष्टिकरण दिएका दाहालले प्रम ओलीलाई पनि भेट्ने र आफ्ना निकटस्थहरुलाई पनि आश्वस्त पारिरहने दुवै कार्यनीतिको प्रयोग गरिरहेका छन् ।
छलफलमा पूर्वमाओवादी पक्षधर स्थायी समिति सदस्यहरू रहेको बताइएको छ । गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट व्यक्तिगत समस्याका कारण उपस्थित हुन नसकेको बताइएको छ । अब के गर्ने भन्ने विषयमा रायसुझाव लिनका लागि अध्यक्ष प्रचण्डले नै यो बैठक बोलाएको भनिएको छ ।
पूर्वमाओवादी तर्फका स्थायी समिति सदस्य सबै प्रचण्ड–माधव नेपालको पक्षमा रहेको बताइँदै गर्दा गृहमन्त्री रामबहादुर थापा तथा उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट