Uncategorized Archives | Page 39 of 55 | Education Patra

Uncategorized

केनको दुई गोलमा लेस्टरको हार

केनको दुई गोलमा लेस्टरको हार

Uncategorized
एजेन्सी । फरवार्ड ह्यारी केनले दुई गोल गरेपछि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरसँग ३–० को हार बेहोरेको छ । टोटेनहमले एक गोल उपहार पाएको थियो । टोटेनहमसँगको हारले लेस्टर सिटीको शीर्ष चारको यात्रा कठिन बनेको छ । ६२ अंक जोडेर चौथो स्थानमा रहेपनि एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई उछिन्न सक्नेछ । युनाइटेडको पनि ६२ अंक नै छ । एक खेल कम खेलेको तेस्रो स्थानमा रहेको चेल्सीको ६३ अंक छ । अब लेस्टरले अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडसँग खेल्न बाँकी छ । यो खेलले पनि लेस्टर र युनाइटेडको शीर्ष चारको भविष्य तय गर्न सक्नेछ । युनाइटेडले लेस्टरसँग खेल्नुअघि वेस्टह्यामसँग खेल्नेछ । यस्तै चेल्सीले लिभरपुल र वल्भ्ससँग खेल्न बाँकी छ । टोटेनहम हस्टपर मैदानमा आइतबार राति भएको खेलको छैटौं मिनेटमा जेम्स जस्टिनको आत्मघाती गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो । केनको पास
अन्तिम खेलमा रियल म्याड्रिड रोकियो

अन्तिम खेलमा रियल म्याड्रिड रोकियो

Uncategorized
एजेन्सी । स्पेनिस ला लिगाको अन्तिम खेलमा लिग च्याम्पियन रियल म्याड्रिड बराबरीमा रोकिएको छ । कोरोनापछिको १० खेलमा शतप्रतिशत जित निकालेको च्याम्पियन रियल म्याड्रिड स्पेनिल ला लिगाको अन्तिम खेलमा लेगानेससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।  रियलले खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । घरेलु टोली लेगानेसका ब्रयन गिल र रोजर एसालेले गोल गरे । रियलका कप्तान सर्जियो रामोस र मार्काे एसेन्सियाले गोल गरे । खेलको नवौं मिनेटमा इस्कोको क्रसलाई रामोसले हेडमार्फत गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गएिको पहिलो मिनेटमा ब्रयन गिलले जोनाथन क्रिस्टियन सिल्भाको पासलाई सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५२औं मिनेटमा इस्कोको पासमा मार्काे एसेन्सियोले गोल गरेपछि रियलले पुनः खेलमा २–१ को अग्रता बनाएको थियो ।  ७८औं मिनेटमा जोनाथन
म्यानचेस्टरलाई हराउदै चेल्सी एफए कपको फाइनलमा

म्यानचेस्टरलाई हराउदै चेल्सी एफए कपको फाइनलमा

Uncategorized
एजेन्सी । लन्डन क्लब चेल्सी इंग्ल्यान्डको सबैभन्दा पुरानो र प्रतिष्ठित एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडको चुनौली ३–१ ले पन्छाउदै चेल्सीले फाइनलमा स्थान बनाएको हो । यससँगै युनाइटेडको अपराजित यात्रामा पुर्णविराम लागेको छ । जनवरीमा बर्नलीसँग २–० ले पराजित भएयता युनाइटेड १९ खेलसम्म अपराजित रहेको थियो ।अब चेल्सीले उपाधिका लगि २ अगस्टमा अर्काे लन्डन क्लब आर्सनलको सामना गर्नेछ । आर्सनलले शनिबार राति म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । वेम्वली स्टेडियममा चेल्सीको जितमा ओलिभर जिरुउड र मासन माउन्टले गोल गर्दा एक गोल उपहार पाएको थियो । युनाइटेडका लासग ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत सान्तवना गोल फर्काए । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्त्यतिर ओलिभर जिरुउडले गोल गर्दै च
आज दिनभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह

आज दिनभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह

Uncategorized
 जनादेश, काठमाडौं । मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यका लगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा भइरहेको छ । प्रदेश नं.१, २, ३, ५, का केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुने र बुधबार देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नेप्सेमा तीनपटक ‘सर्किट ब्रेक’

नेप्सेमा तीनपटक ‘सर्किट ब्रेक’

Uncategorized
काठमाडौँ,  (रासस) ः चालू आर्थिक वर्ष ०७७÷७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आजका लागि बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ प्रतिशतले बढेको छ । नेप्से ८४.२६ अङ्कले बढेर एक हजार ४७९.०३ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १७.३९ अङ्कले बढेर ३१२.४४ मा पुगेको छ । कूल १११ कम्पनीको एक लाख ८० हजार ५९६ कित्ता शेयर रु छ करोड २५ लाख ६६ हजार २९३ मा खरिदबिक्री भयो । कारोवार भएका कूल १० उपसमूहमध्ये नौ उपसमूहको शेयर बढेको छ भने सामूहिक लागनी कोष तटस्थ देखिएको छ । बैंकिङ ८८.८७, विकास बैंक ६३.१३, जलविद्युत् ३६.३६, वित्त ९.०१, निर्जीवन बीमा २०२.४, उत्पादन १४१.७८, अन्य ४९.३३,
परिबन्दमा प्रचण्ड ! आठौं आश्चर्य ?!

परिबन्दमा प्रचण्ड ! आठौं आश्चर्य ?!

Uncategorized
जनादेश, काठमाडौं । शनिवार बसेको सत्तारुढ पार्टी नेपाल कम्यनिष्ट पार्टी (नेकपा) पार्टी सचिवालयको बैठकबाट पार्टी अध्यक्ष तथा प्रम केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिधै राष्ट्रपति भवन शितल निवास पुर्याएपछि नेता तथा कार्यकर्ताको आवेगको भुंग्रोमा पर्न पुगेका प्रचण्डले आफूलाई परिवन्दमा पारिएको कुरा सार्वजनिक गरिरहेका छन् । शनिवार बसेको सचिवालय बैठकमा प्रम ओलीबाट मंसीरमै पार्टीको महाधिवेशन सक्याउने प्रस्ताब आएपछि अच्च न कच्च परेका नेताहरुको बीचबाट उठेर प्रम ओलीले अर्का अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिको दर्शनभेट गर्न पुर्याएका थिए । दुईजना अध्यक्षको चोचोमोचो मिलाएर गरिने सहमति अमान्य हुने भनी सिंगो पार्टीभित्र व्यापक असन्तुष्टि बढिरहेका बेला अध्यक्षद्वयले यस्तो काम गरेर देखाएका हुन् । दुई अध्यक्षको बीचमा ‘झ्याप्पै’ कुरा मिलेपछि हंगामा मच्चिनुपूर्व विना ढिलाइ शीतलनिवास प
ज्वारचनले लिइन् सांसद पदको शपथ

ज्वारचनले लिइन् सांसद पदको शपथ

Uncategorized
जनादेश, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पार्टीबाट रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिनुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज ज्वारचनलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि कांग्रेसकोतर्फबाट समानुपातिक सांसदको एक पद रिक्त थियो । बाग्लुङबाट प्रतितिनिधित्व गर्ने छन्त्यालको असार १७ गते निधन भएको थियो । छन्त्यालको निधन भएपछि समानुपातिक सूचीमा उहाँको पछि नाम रहेकी गुल्मीका ज्वारचन सांसद बन्नुभएको हो ।
राप्ती तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

राप्ती तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Uncategorized
राँझा, रासस०ः मनसुन थप सक्रिय भएसँगै बाँकेका राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार, राप्ती नदी आसपासको तटीय क्षेत्रमा बाढी तथा डुबानका कारण मानवीय र धनमालको क्षति हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सतर्कता अपनाउन स्थानीय बासिन्दा र सम्बद्ध सबै निकायलाई आग्रह गरिएको छ । बाँकेमा शनिबार बिहानदेखि नै मनसुन सक्रिय भएको छ । पहाडी जिल्लामा बर्षात हुनासाथ राप्ती नदीमा बाढी आउने भएकाले सुरक्षा संयन्त्र, रेडक्रस, विपद् व्यवस्थापन समितिहरुलाई विपत् आइपरेको खण्डमा तत्काल उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरिएको छ । आगामी केही दिन अवि
फेरी बढ्यो सुनको मूल्य, तोलाको कती ?

फेरी बढ्यो सुनको मूल्य, तोलाको कती ?

Uncategorized
जनादेश, काठमाडौँ । आइतबार सुनको मुल्य ३ सय रुपैयाँले बढेको छ । शुक्रबार ९२ हजार २ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ३०० रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै शुक्रबार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको आज १० रुपैयाँले बढेर १ हजार ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।