Uncategorized Archives | Page 45 of 55 | Education Patra

Uncategorized

बालुवाटारमा ओली पक्ष आन्तरीक रणनीति बनाउँदै छलफलमा

बालुवाटारमा ओली पक्ष आन्तरीक रणनीति बनाउँदै छलफलमा

Uncategorized
जनादेश संवाददाता काठमाडौं । प्रचण्ड र माधव नेपालसँगको वार्ता सहमतिमा पुग्न नसकेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग आन्तरीक रणनीति बनाउँदै छलफल थालेका छन् । शुक्रबारको बैठकअघि प्रचण्ड माधव नेपाल पक्षसँग सहमतिको सम्भावना नदेखिएपछि प्रधानमन्त्रीले निकट नेताहरुसँग परामर्श गरेका हुन् । सचिवालय सदस्य ईश्वर पोखरेल,महासचिव विष्णु पौडेल,संसदीय दलका उपेनता सुवास नेम्वाङ सहितका नेताहरु प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । आज पुनः प्रचण्ड र माधव नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा दिन आग्रह गरेका छन् ।  
सहकारीको तथ्यांक भद्रगोल

सहकारीको तथ्यांक भद्रगोल

Uncategorized
कारोवार संवाददाता सहकारीको तथ्यांक एकीकृत गर्न चार वर्षअघि निर्माण गरिएको सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) कार्यान्वयन भएको छैन । यस्तै, संघीयतापछि सहकारीको दर्तादेखि नियमन गर्ने अधिकार पाएका प्रदेश र पालिकाका निकायबीच सूचना आदानप्रदान समन्वयन नहुँदा संस्थाहरूको संख्या र कारोबारबारे एकिकृत तथ्यांक पाइन नै छाडेको छ । जसको प्रभाव सरकारको नीति, कार्यक्रम तथा बजेट निर्माणदेखि सहकारी अनुगमनमा पर्न थालेको छ । पछिल्लो उदाहरण कोरोना महामारीले सहकारी क्षेत्रमा पारेको असरवारे अर्थ मन्त्रालयले गर्न खोजेको विश्लेषणमा देखियो । कोरोनाले पारेको असरबारे छलफल गर्न अर्थमन्त्रालयमा असार पहिलो साता बसेको उच्चस्तरीय वित्तीय समन्वय समितिको बैठकमा बैंक, बिमा, धितोपत्रलगायत क्षेत्रबाट तथ्यांक प्रस्तुत भए पनि सहकारी क्षेत्रको भने यथार्थ अवस्था प्रस्तुत भएन । त्यसपछि सहकारी विभागले सिमित सहकारी
नागरिक लगानी कोषको २२% बोनस सेयर पारित

नागरिक लगानी कोषको २२% बोनस सेयर पारित

Uncategorized
जनादेश संवाददाता नागरिक लगानी कोषको २५ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले २२ प्रतिसत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले बोनस सेयर पछि कायम हुने चुक्ता पुँजीमा १ बराबर ८२.८४ प्रतिशत हकप्रद सेयर दिने प्रस्तावलाई पनि पास गरेको छ । सभालाई सम्बोधन गर्दै कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले कोषको आर्थिक वर्ष २०७५-०७६ को करपछिको खुद नाफा ४६ करोड २३ लाख रुपैयाँ रहेको र उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार ९ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आर्थिक वर्ष २०७५-०७६ मा २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश छुट्टयाइएको बताए । सेयर धनीसँगको छलफलमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कार्यलाई प्रभावकारी बनाउन ब्यवस्थापन पक्ष सक्रिय रहेकोमा जोड दिए । स्रोतः आजको कारोवार दैनिकबा
युभेन्टस हारबाट जोगियो

युभेन्टस हारबाट जोगियो

Uncategorized
एजेन्सी । दुई गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा युभेन्टस इटालियन सिरी ‘ए’ मा सस्सुलोसँगको हारबाट जोगिएको छ ।एलेक्स सान्द्रोले गोल गरेपछि युुभेन्टस सस्सुलोसँग ३–३ गोलको बराबरी बराबरी खेल्दै हारबाट जोगिएको हो ।  सस्सुलोविरुद्ध गोल गर्न नसक्दा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो लगातार सातौ खेलमा गोल गर्न असफल रहे । यसअघि रोनाल्डोले लगातार ६ खेलमा गोल गरेका थिए । सस्सुलोको मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसका लागि डानिलो, गोन्जालो हिगुआइन र एलेक्स सान्द्रोले गोल गरे । घरेलु टोलीका फिलिप, डोमिनिको बेरारडी र फ्रान्सिस्को कापुटोले गोल गरे । रोमाञ्चक बनेको खेलको छैटौ मिनेटमा नै मिरालेम प्यानिचको पासमा डानिलोको गोलबाट युभेन्टसले शुरुवाती अग्रता बनाएको थियो । १२औं मिनेटमा प्यानिचकै पासमा हिगुआइनले गोल गरेपछि युभेन्टसले खेलमा २–० को अग्रता लिन सफल भयो । २९औं मिनेटमा घरेलु
लिभरपुलले सय अंक छुन नसक्ने

लिभरपुलले सय अंक छुन नसक्ने

Uncategorized
लन्डन । भर्जिल भान डाइकले गरेको अविश्वसनीय गल्तीमा लिभरपुल बुधबार आर्सनलको हातबाट २–१ ले पराजित भएको छ । आर्सनलले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर जित निकालेको हो । यो नतिजापछि यसअघि नै लिग जितिसकेको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा कीर्तिमानी सय अंक छुने नसक्ने भएको छ । लिभरपुलले ३६ खेलबाट ९३ अंक बनाएको छ । बाँकी दुई खेल जिते लिभरपुलले ९९ अंक मात्रै बनाउनेछ । योर्गन क्लोपको लिभरपुलको यो लिगमा सिजनको तेस्रो हार मात्रै हो । दर्शकविहीन इमिरेट्समा लिभरपुलले साडियो मानेको गोलले अग्रता लिएको थियो । भान डाइकको गलत पासमा एलेकजान्डर लेकाजेटले बराबरी गोल गरे । लिभरपुल गोलरक्षक एलिसन बेकरको अर्को भूलमा रेस नेल्सनले विजयी गोल गरे । बुधबारको अर्को खेलमा टोटनहमले न्युकासल युनाइटेडलाई ३–१ ले हरायो र त्यसमा ह्यारी केनले दुई गोल गरे । यससँगै क्लब फुटबलमा उनको गोल संख्या दुई सय नाघेको छ
ओली–प्रचण्ड सहमति जुटेन, आजको छलफलमा वरिष्ठ नेता नेपाल पनि सहभागी हुने

ओली–प्रचण्ड सहमति जुटेन, आजको छलफलमा वरिष्ठ नेता नेपाल पनि सहभागी हुने

Uncategorized
शुरोजङ्ग पाण्डे शुक्रबार स्थायी कमिटी बैठकअगाडि बिहीबार नेकपामा त्रिपक्षीय संवाद हुने भएको छ । पार्टी विभाजनको तहमा पुग्ने गरी अन्तरविरोध चर्किएपछि डेढ सातादेखि लगातार संवादमा रहेका प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्तापछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल गर्ने गरी वार्ता टुंगिएको थियो । मंगलबार पनि ओली र प्रचण्डबीच कुराकानी भएको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डबाहेक वरिष्ठ नेता नेपालबीच सहमति जुटाउने प्रयासस्वरूप वार्ता हुनेछ । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । तैपनि संवादमा ओली र प्रचण्ड मात्र बस्दै आएका छन् । बुधबारसम्म उनीहरूबीच ठोस सहमति भइनसकेको अवस्थामा बिहीबा
नेपाली काङ्ग्रेस: प्रधानमन्त्रीका अयोध्यासम्बन्धी भनाइबारे सरकार र नेकपाले प्रस्ट पार्नुपर्ने प्रतिपक्षको माग

नेपाली काङ्ग्रेस: प्रधानमन्त्रीका अयोध्यासम्बन्धी भनाइबारे सरकार र नेकपाले प्रस्ट पार्नुपर्ने प्रतिपक्षको माग

Uncategorized
बिबिसी तस्बिर स्रोत,RSS प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिले 'गम्भीर प्रश्न सिर्जना गरेको' भन्दै सरकार र सत्तारूढ दलसँग स्पष्‍टीकरणको माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिहरू र व्यवहारप्रति आफूहरूको गम्भीर विमति रहेको काङ्ग्रेसले बताएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार जारी गरेको विज्ञप्तिमा 'प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलताभन्दा पर व्यक्तिगत सनकको कैदी बन्न नमिल्ने' उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ: "संस्थागत जिम्मेवारीभन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना गरेको छैन।" भारतलाई चिढ्याउने प्रधानमन्त्री ओलीको एक कदम र तीन अभिव्यक्ति रामको जन्मस्थलबारे प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन साधुसन्तको माग काङ्ग्रेसको विज्ञप्तिमा अ