Uncategorized Archives | Page 47 of 55 | Education Patra

Uncategorized

कोरोना भाइरस लकडाउनः नेपालमा महिनौँदेखि बन्द आन्तरिक उडान खोल्न ‘पूर्वतयारी सुरु’

कोरोना भाइरस लकडाउनः नेपालमा महिनौँदेखि बन्द आन्तरिक उडान खोल्न ‘पूर्वतयारी सुरु’

Uncategorized
बीबीसी तस्बिर स्रोत,RSS सरकारले सार्वजनिक यातायातका सवारीसाधन चलाउन दिने निर्णय गरेपछि अब आन्तरिक हवाई उडानमा लगाइएको प्रतिबन्ध कहिले अन्त्य होला भन्ने चासो पाइन्छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार आन्तरिक हवाई उडान खोल्ने तयारी भइरहेको छ। उनले त्यसबारे जानकारी दिँदै बीबीसीसँग भने, "आन्तरिक उडान खोल्ने पूर्वतयारी सुरु गरेका छौँ, जस्तो विमानस्थलनमा दूरी राख्ने, स्यानिटाइज गर्ने व्यवस्था गरेका छौँ। यात्रु र विमान सेवा कम्पनीले पालना गर्नुपर्ने प्रोटोकल तयार गरेर दिइसकेका छौँ।" चैत ११ देखि बन्द भएको उडानमा साउन ६ गतेसम्म रोक लगाइएको छ। प्रतिबन्ध थपिने निश्चितजस्तै देखिएको छ। साउन १७ को तयारी त्यसैले निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको तर्फबाट अगस्ट १ तारिख अर्थात् साउन १७ गतेबाट उडान खुला गर्न सरकारलाई आग्रह गरिएको बुद्ध एयरका
कोरोना भाइरसको परीक्षण नघटाएको स्वास्थ्य मन्त्री ढकालको दावी

कोरोना भाइरसको परीक्षण नघटाएको स्वास्थ्य मन्त्री ढकालको दावी

Uncategorized
जनादेश संवाददाता काठमाडौँ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको परीक्षणमा कमि नगरिएको बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले तयार गरेको सन्देशमुलक सामग्री ग्रहण गर्ने क्रममा मन्त्री ढकालले भने, ‘कतिपयले अनुमान गरे जस्तो परीक्षण नै नगरी संक्रमणको दर घटाएको भन्ने कुरामा सत्यता छैन् । अहिले बाहिर विशेष गरी भारतबाट आएर क्वारेन्टिनमा रहनेहरुको संख्या समेत कम हुँदै जाँदा नमूना संकलन नै कम रहेको र संक्रमण दरमा समेत कमि आएको हो । उनले समुदायमा संक्रमण छ कि छैन भनेर हेर्नका लागि अहिले उपत्यका सहित देशैभरबाट ४५ हजार बढी नमूना संकलन गरेको र त्यसको नतिजा पछि देशमा कोरोना संक्रमणको अवस्था अझ प्रष्ट हुने बताए ।
आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती मनाइयोः साहित्य र प्रर्यटनलाई जोडेर लैजान विज्ञहरुको जोड

आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती मनाइयोः साहित्य र प्रर्यटनलाई जोडेर लैजान विज्ञहरुको जोड

Uncategorized
भिमसेन गिरी काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइयो । काठमाण्डौको रानी पोखरी नजिकै रहेको भानुको शालिकमा माल्यापर्ण गरी भानुभक्त प्रति शर्द्धाव्यक्त गरिएकोछ । दाड., बुटवल, चितवन, पोखरा, नेपालगंज, धनगडी, महेन्द्रनगर लगाएत देशका विभिन्न भागमा भानु जयन्ति मनाइएकोछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा स्वर लय हालेर पाठ गरिन्छ । रामायण बाहेक वधूशिक्षा, भक्तमाला, रामगीता, प्रश्नोत्तरमाला जस्ता पद्य र ‘भर्जन्म घाँसतिर मन् दिइ…’, ‘बालाजी देख्याँ…’, ‘अमरावति कान्तिपुरी नगरी…’, ‘रोज् रोज् दर्शन पाउँछु’…, ‘बिन्ती डिट्ठा–विचारीसित…’ आदि फु
पहिरोले विस्थापितको बिजोग

पहिरोले विस्थापितको बिजोग

Uncategorized
राजेन्द्र कार्की जाजरकोट : पहिरोले विस्थापित दानबहादुर नेपाली आइतबार दिनभर हेलिकप्टरको प्रतीक्षामा रहे। बारेकोट गाउँपालिका–४ मैनाका नेपाली हेलिकप्टरले खानेकुरा बोकेर ल्याउने आसमा थिए। तर, खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन नसकेपछि उनको पेट भर्ने धोको अधुरै रह्यो। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसहित जिल्लाका सांसद राहत सामग्री लिएर आउने हल्ला शनिबारदेखि चलेको थियो। विस्थापितहरू राहत पाउने आसमा थिए। तर, खराब मौसमका कारण गोठगाउँ पुगिसकेको हेलिकप्टर त्यहाँ अवतरण हुन नसकेर लिम्सा खोला किनार र ठकुरी जिरीस्थित मकै बारीमा बस्नु परेको थियो। खाद्यान्न र गैर—खाद्यसामग्री त्यही छोडेर विस्थापितसम्म नपुगी मन्त्रीसहितको टोली फर्किएको छ। नेपालीको ६ जनाको परिवार पहिरोको त्रासले घर छाडेर स्थानीय एक विद्यालयमा बसिरहेको छ। तर, उनीसँग खाने अन्न छैन। ‘न ओढ्ने कपडा छ न त खाने गाँस नै’, उनले भने।
निष्कासित सांसद सरिता गिरीद्वारा सर्वोच्चमा रिट दायर

निष्कासित सांसद सरिता गिरीद्वारा सर्वोच्चमा रिट दायर

Uncategorized
जनादेश संवाददाता काठमाडौँ । समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै उनले सर्वोच्च अदातलमा रिट दायर गरेकी हुन् । सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले गिरीको रिट दर्ता भएको जानकारी दिए ।  पार्टी एकीकरण भएर जनता समाजवादी भएको अवस्थामा साविकको समाजवादीको मात्रै सांसद पदबाट निष्कासन गर्न सक्दैन, गिरीले रिट निवेदनमा लेखेको कुरा उल्लेख गर्दै पौडेलले भने । उनले संविधान संशोधन विधेयकमा आफूले राखेको संशोधन प्रस्ताव फिर्ता लिने समय हुँदाहुँदै पनि आफूलाई संसदमा बोल्न नदिएको दाबी गरेकी छन् । पार्टीको ह्वीप उलंघन गरेको भन्दै समाजवादी पार्टीले गिरीलाई सांसद र दलको सदस्यबाट निष्कासित गरेको हो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो

Uncategorized
जनादेश संवाददाता काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते र गोकर्णेवर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको २५ गते मृत्यु भएको हो । यो सँगै नेपालमा मृतकको संख्या ३८ पुगेको छ ।