Uncategorized Archives | Page 49 of 55 | Education Patra

Uncategorized

तत्काल गाडी नचलाउने यातायात व्यवसायीको निर्णय

तत्काल गाडी नचलाउने यातायात व्यवसायीको निर्णय

Uncategorized
चन्द्रप्रकाश नेपाली काठमाडौ। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएको निर्देशनलाई व्यवसायीहरुले नमान्ने निर्णय गरेका छन् । सरकारले पर्याप्त तयारी नगरी एक्कासी गाडी चलाउन निर्देशन दिएको सार्वजनिक यातायात केन्द्रिय महासंघले जनाएको छ । महासंघले आज पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ । व्यवसायीले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन सरकारसँग माग गरेको छ । सार्वजनिक यातायातका सबै सवारी साधनलाई विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले व्यवस्था गर्नुपर्ने र यातायात मजदुरको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । यस्तै चार महिनाको बन्दाबन्दी अवधिको ब्याज छुट र किस्ता तिर्ने अवधि असोज मसान्तसम्म पु¥याउनुपर्ने, एक वर्षसम्म जरिवाना नलाग्ने व्यवस्था गर्नुपने लगायतका माग व
भ्रामक र उत्तेजित सामग्री दिने मिडियालाई कारबाही गर्नुहोस्

भ्रामक र उत्तेजित सामग्री दिने मिडियालाई कारबाही गर्नुहोस्

Uncategorized
जनादेश संवाददाता नेपाल प्रेस काउन्सिलले प्रेस काउन्सिल अफ् इण्डियालाई पत्र लेखेर नेपाल सरकार र प्रधानमन्त्रीमाथि लगाइएका आपत्तिजनक आरोप र सामग्रीप्रति आपत्ति जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओली विषयमा चरित्रहत्या गरिरहेको भन्दै उनीहरुलाई कारबाही र आचारसंहिताको दायरामा ल्याउन पत्रमार्फत आग्रह गरिएको छ । काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले प्रेस काउन्सिल अफ् इण्डियाका प्रमुख चन्द्रमौली कुमार प्रसादलाई पत्र लेखेर नेपालको सार्वभौमसत्ता र अखण्डता तथा प्रधानमन्त्रीको व्यक्तित्वमाथि गम्भीर आक्रमण भइरहेको भन्दै त्यहाँका सञ्चारमाध्यमलाई आचारसंहिता पालना गराउन आग्रह गर्नुभएको छ । भारतीय सञ्चारमाध्यमको रवैयाका कारण नै नेपालमा भारतीय समाचार च्यानलको प्रसारण बन्द भएको पनि काउन्सिलले जनाएको छ । भारतीय च्यानल जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र ने
सहकारीको २५ वर्षे दीर्घकालिन रणनीति बन्ने

सहकारीको २५ वर्षे दीर्घकालिन रणनीति बन्ने

Uncategorized
सरकारले २५ वर्षे दीर्घकालिन सहकारी रणनीति बनाउने भएको छ । सहकारी क्षेत्रलाई व्यवस्थित रुपमा अघि बढाउनका लागि राष्ट्रिय सहकारी विकास बोर्डमार्फत रणनीति बनाउन लागिएको हो । बोर्डले रणनीतिको प्रारम्भिक मस्यौदा तयार पारी सरोकारवालासँग छलफल सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउँदै गरेको जानकारी दिइन् । रणनीतिक योजनाबारे वोर्डले आयोजना गरेको छलफलमा बोल्दै मन्त्री अर्यालले सहकारी क्षेत्रलाई अगाडी बढाउने सन्दर्भमा दीर्घकालीन रुपमा प्रभाव पार्ने दस्तावेज बनाउने गरी तयारी गरिएको उल्लेख गरिन् । “सहकारी क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने सन्दर्भमा दीर्घकालीन रुपमा प्रभाव पार्ने दस्तावेज बनाउनेगरी तयारी गरौं,” उनले भनिन् । सहकारी क्षेत्रलाई सुशासनयुक्त बनाउने ठूलो चुनौती रहेको भन्दै मन्त्री
भद्रकाली मैदानमा अब अन्तर्राष्ट्रिय फुटबलको पनि अभ्यास हुने

भद्रकाली मैदानमा अब अन्तर्राष्ट्रिय फुटबलको पनि अभ्यास हुने

Uncategorized
काठमाडौँ  । नेपाली सेनाको मुख्यालय भद्रकालीमा रहेको  मैदान अब अन्तर्राष्ट्रिय फुटबलको अभ्यासस्थलका रूपमा प्रयोग गर्न सकिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्यस मैदानमा खेलाडीका लागि दुई र रेफ्रीका लागि एक ड्रेसिङ रुम निर्माण गरिदिएको हो । यी ड्रेसिङ रुम अन्तर्राष्ट्रिय मापदण्डअनुसारका छन् । एन्फाले शुक्रबार आयोजित कार्यक्रममा सेनासँग उक्त मैदान प्रयोगबारे सम्झौता पनि गरेको छ । सम्झौतापत्रमा प्रधान सेनापति पूर्णचन्द्र थापा र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन् । नेपाली राष्ट्रिय टिमले पनि अब त्यस मैदानमा प्रशिक्षण गर्न सक्नेछ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को कार्यक्रमअन्तर्गत नेपालमा विश्वकप र एसिया कपका छनोट खेल हुन बाँकी छन् । त्यसका लागि विदेशी टिम आउँदा अब तिनले भद्रकाली मैदानमा अभ्यास गर्न सक्नेछन् । १५ लाख खर्चेर तीन ड्रेसिङ रुम बनाएको एन्फ
९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षण छैन

९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षण छैन

Uncategorized
अतुल मिश्र काठमाडौँ — नेपालमा कोभिड–१९ संक्रमण पुष्टि भएका ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको छैन । पछिल्लो तथ्यांकअनुसार ०.३ प्रतिशत (एक हजार जनामा तीन जना) संक्रमितमा मात्रै लक्षण देखिएको छ । यो तथ्यांक मुलुकमा हालसम्म देखिएको १५ हजार ७८२ जना संक्रमितको तथ्यांकमा आधारित हो । लक्षण नदेखिएका व्यक्तिहरू सामान्यजस्तै अवस्थामा हुने भएकाले प्रयोगशाला परीक्षण नगर्दासम्म संक्रमणबारे थाहा हुँदैन । ‘पछिल्लो तथ्यांकले मुलुकमा प्राय:जसो संक्रमित लक्षणविहीन रहेको स्पष्ट भएको छ,’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे भन्छन्, ‘हामीकहाँ एसिम्प्टोम्याटिक (लक्षणविहीन) केस सबैभन्दा बढी छ ।’ लक्षण नभएकाहरूबाट अन्य व्यक्तिमा रोग सर्न सक्ने जोखिम हुन्छ । लक्षण नभएकाले समेत कोरोनाको जोखिम समूह ठानिएका बूढापाका, रोग
नेपाल भारत सीमा विवाद: दुवैलाई ‘एक अर्काको नक्सा अमान्य’

नेपाल भारत सीमा विवाद: दुवैलाई ‘एक अर्काको नक्सा अमान्य’

Uncategorized
बिबिसी नेपाली लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालले नक्सा जारी गरेपछि भारतले त्यसप्रति कूटनीतिक नोटमार्फत् असहमति जनाएको खुलासा भएको छ। १५ दिनअघि भारतबाट त्यस्तो नोट प्राप्त भएको परराष्ट्र मन्त्रालयले राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई जानकारी दिएको हो। दुवै सदनले पारित गरेपछि गएको १८ जूनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटिएको नक्सा देखाउने नेपालको निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रमाणित गरेकी थिइन्। नेपालले नयाँ नक्सा अनुमोदन प्रकिया अघि बढाएसँगै लामो समयदेखि रहेको सीमा विवाद उत्कर्षमा पुगेको छ र दुवै देशका अधिकारीहरूबीच संवादहिनताको अवस्था रहेको छ। भारतको कूटनीतिक विरोधपत्र बीबीसीले काठमाण्डूस्थित
नेकपा विवाद सहमतिउन्मुख भएको नेताहरूको दाबी

नेकपा विवाद सहमतिउन्मुख भएको नेताहरूको दाबी

Uncategorized
शुरोजङ्ग पाण्डे काठमाडौं दोस्रो तहका नेताहरूको दौडधुप र चिनियाँ राजदूतको लगातार भेटवार्तापछि सहमतितिर मोडिँदै नेकपाको राजनीति शक्ति र सत्ता–संघर्षको चपेटामा फसेको सत्तारुढ दल नेकपाको विभाजन करिब–करिब टरेको छ । पार्टीभित्रै स्थायी र सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि बढेको विवादले नेकपाको विभाजनको आशंका जन्माएको थियो । तर, बिहीबारसम्म भएका आन्तरिक र बाह्य कोसिसले तत्कालका लागि देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति नेकपाको विभाजन टरेको स्रोतहरुले जनाएका छन् । ‘दुई अध्यक्षबीच कुनै ठोस सहमति त बनेको छैन । तर, पार्टी विभाजनको खतरा टरेको छ । ढिलोचाँडो एउटा निकास निस्कन्छ,’ बिहीबार साँझ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका सचिवालयका एक सदस्यले भने, ‘अब पार्टीचाहिँ फुट्दैन ।’ उनले विभाजन रोकिनुको कारण भने केही
केबल अपरेटरहरुले लगाए  भारतीय न्युज च्यानलमारोक

केबल अपरेटरहरुले लगाए भारतीय न्युज च्यानलमारोक

Uncategorized
जनादेश संवाददाता काठमाडौँ । नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । नेपालमा विदेशी च्यानल अनुमति लिएका केवल अपरेटरहरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् ।डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले साम हिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । म्याक्स टिभीका शर्माले अब सरकारले नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मुहाननै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल हुने बताए ।  भारतबाट प्रशारण हुने न्युज च्यानल बाहेक अन्य च्यानलहरुको प्रशारणमा रोक नलगाइएको शर्माले
नेपालमा कोरोना संक्रमितको संख्या १६५३१

नेपालमा कोरोना संक्रमितको संख्या १६५३१

Uncategorized
जनादेश संवाददाता नेपालमा आज १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रबक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा देशका बिभिन्न २५ वटा प्रयोगशालमा गरिएको ४ हजार ५ सय ८८ जनाको पिसिआर परिक्षमा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिनुभयो । योेसँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १ सय ९६, प्रदेश दुईमा २ हजार २४, वाग्मती प्रदेशमा ४ सय २९, गण्डकी प्रदेशमा आठ सय ६२, प्रदेश ५ मा १ हजार ७ सय २७ जना, कर्णाली प्रदेशमा ४ सय ५ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ६२ जना कोरोना सङ्क्रमित रहेका छन् । यसैबीच बितेको २४ घण्टामा १ सय ३९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेक
धेरै भाषामा संगीत गर्ने दाङका श्रेष्ठको गिनिज बुकमा नाम

धेरै भाषामा संगीत गर्ने दाङका श्रेष्ठको गिनिज बुकमा नाम

Uncategorized
चन्द्र प्रकाश नेपाली १२ भाषामा संगीत गरेको भन्दै दाङका सन्तोष श्रेष्ठले गिनीज बुकमा नाम लेखाउन सफल हुनुभएको छ । श्रेष्ठले नेपाली भाषासंगै हिन्दी, चाइनिज, जापानी, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई भाषाका गीतहरुमा संगीत गर्नुभएको छ । वल्र्ड रेकर्डमा नाम लेखाउने क्रममा श्रेष्ठले संगीत गरेका गीतहरुका बारेमा जानकारी गराइएको थियो । तिम्ले पराई ठानेपछि पराई हुन.., तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ जस्ता दर्जनौँ नेपाली गीतमा संगीत गर्नुभएका श्रेष्ठले अन्य ११ भाषामा पनि संगीत गर्नुभएको छ । संगीतकारको रुपमा चर्चामा रहनुभएका श्रेष्ठले संगीतकारका रुपमा बिश्व कीर्तिमानी प्रमाणपत्र प्राप्त हुदा निकै खुशी भएको प्रतिक्रिया दिनुभएको छ । श्रेष्ठले डा. डिआर उपाध्यायको शब्दमा १४ भाषामा गीत रेकर्डिङ गरिएको थियो । बिगत २० बर्षदेखि नेपाली गीत संगीत क्षेत्रम