Uncategorized Archives | Page 51 of 55 | Education Patra

Uncategorized

सहमति खोज्दै बसेको दुई अध्यक्ष ओली र प्रचण्ड बीचको छलफल सकियो

सहमति खोज्दै बसेको दुई अध्यक्ष ओली र प्रचण्ड बीचको छलफल सकियो

Uncategorized
२३ अषार काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न आज पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सम्पन्न भएको छ । नेकपामा आन्तरिक विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी असार २१ गतेका लागि तोकेकामा पुनः स्थगन भई यही असार २४ गतेका लागि तोकिएको छ । अध्यक्षद्वयबीच असार १९ गते अन्य केही नेतासहित भएको छलफल सकारात्मक भएपछि दैनिकजसो भेटवार्ता चलिरहेको छ । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले आजको छलफलमा भएको प्रगतिबारे जानकारी आइनसकेको बताए । यही असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेता भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री ओलीको पछिल्लो
नेकपाका नेता झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेट

नेकपाका नेता झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेट

Uncategorized
काठमाण्डौ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान डल्लुस्थित नेता खनालको निवासमा राजदूत यान्छी र खनालबीच भेटवार्ता भएको हो । नेता खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । तर छलफल कुन विषयमा भएको थियो भन्ने बारे खुलाइएको छैन । पछिल्लो समयमा राजदूत यान्छीले नेकपा भित्रको राजनीतिका बारेमा निकै चासो राखेको बुझिएको छ । उनले यसअघि नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्त गरेकी छन् ।
मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको आदेश

मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको आदेश

Uncategorized
२२ आषाढ काठमाण्डौ । मास्क नलगाइ घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बिना मास्क हिँडेको देखेमा पक्रन निर्देशन दिएको हो । सरकारले हाल लकडाउन पूर्णरुपमा खोलेको छैन । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र लकडाउन नखुली व्यवस्थित मात्र गरिएको छ । सरकारले जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सुझाव दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।
नेकपामा सहमतिको खाका बनाउने  जिम्मेवारी चार नेताले पाए

नेकपामा सहमतिको खाका बनाउने जिम्मेवारी चार नेताले पाए

Uncategorized
 २२ आषाढ काठमाण्डौ । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी को स्थायी कमिटी बैठक यही असार २४ गतसम्मका लागि स्थगन भएको छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदा दोस्रो तहका चार नेतालाई सहमतिको खाका बनाउन औपचारिकरुपमा जिम्मेवारी दिइएको थियो । कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल तथा स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन रहेका छन् । सहमतिका लागि प्रस्तावित भनी बाहिर आएको पाँचबुँदे खाकाका बारेमा अध्यक्ष दाहालको सचिवालयले खण्डन गरी पार्टी एकता नभड्काउन आग्रह गरेको छ । यही असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले
किर्ते गरेको अभियोगमा घोराही उपमहानगरपालिका वडा सचिव सहित तीन पक्राउ

किर्ते गरेको अभियोगमा घोराही उपमहानगरपालिका वडा सचिव सहित तीन पक्राउ

Uncategorized
२२ आषाढ घोराही। किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिव सहित तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १ का सचिव धनबहादुर केसी र वडा नं १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं १३ कै हेल्लो टावर नजीकै बस्ने ४९ वर्षीय हुकुमबहादुर जिसीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले जानकारी दिए। उनीहरुले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘‘पक्राउ परेका दुई जना वडा सचिवहरुले २०५९ सालको जन्ममिति भएकी पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौंँ’’, प्रहरी प्रवक्ता खड्काले भने। अभियुक्त तीन जनालाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । जबर्जस्ती करणी मुद्दा
कांग्रेस बैठक : १४औं महाधिवेशन ७–१० फागुनमा

कांग्रेस बैठक : १४औं महाधिवेशन ७–१० फागुनमा

Uncategorized
महेश्वर गौतम २३ अषार, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको १४औं केन्द्रीय महाधिवेशन ७ देखि १० फागुनसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघिको गत १६ गतेको केन्द्रीय समिति बैठकबाट कांग्रेसले १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तल्ला तहका अधिवेशनको मिति परिमार्जन गरेको थियो । सोमबारको बैठकले भने संशोधित सबै तहका कार्यतालिकालाई पारित गर्दै केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमा नै गर्ने निर्णय गरेको हो । कांग्रेस नेता गोपालमान श्रेष्ठले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिबाट अन्य तहका अधिवेशनका कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताए । ‘१४औं महाधिवेशन ७ देखि १० फागुनमा तोकिएकै मितिमा गर्ने गरी अन्य तहका परिमार्जित कार्यतालिका समेत बैठकले पारित गरेको छ,’ नेता श्रेष्ठले बैठकपछि राजधानीसँग भने । कोरोनाको विश्वव्यापी संक्रमणपछि कांग्र
सीपीएलमा एक करोड बढी मूल्यमा अनुबन्धित भए सन्दीप लामिछाने

सीपीएलमा एक करोड बढी मूल्यमा अनुबन्धित भए सन्दीप लामिछाने

Uncategorized
२३ अषार, काठमाडौ । सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग(सीपीएल) को यो सिजन जमैका तलावाजबाट खेल्ने भएका छन् । सोमबार जमैका तलावाजले सन्दीपलाई दोस्रो राउन्डमा छनोट गरेको हो । सन्दीपले सीपीएलका लागि आफ्नो मूल्य ९० हजार अमेरिकी डलर(करिब एक करोड ८ लाख नेपाली रुपैयाँ) तोकेका थिए । ईएसपीएन क्रिक इन्फोका अनुसार सन्दीपसँग जमैका तलावाजले करिब एक लाख ३० हजार अमेरिकी डलरमा सम्झौता गरेको छ । सन्दीपसँगै अफगानी अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियन ब्याट्सम्यान बेन डंक पनि सोही मूल्यमा अनुबन्धित भएको ईएसपीएनले उल्लेख गरेको छ । सीपीएलमा सन्दीप अनुबन्धित भएको यो तेस्रो पटक हो । यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्सबाट सीपीएलमा आफ्नो प्रदर्शन देखाइसकेका छन् । गत वर्ष सन्दीपले राष्ट्रिय टिमबाट खेल्नुपर्ने भएकाले बीचमै सीपीएल छोडेका थिए । सीपीएलको पहिलो संस्कर
नेपाली साहित्य समाज बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई निर्वाचित

नेपाली साहित्य समाज बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई निर्वाचित

Uncategorized
बेलायत । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई ‘लारा’ निर्वाचित हुनुभएको छ । समाजको उपाध्यक्षमा राज श्रेष्ठ, महासचिव सन्तोष कार्की र कोषाध्यक्ष सचिन गुरुङ निर्वाचित हुनुभएको छ । यस्तै, सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेश उप्रेती, शुलभ श्रेष्ठ र मन्जु भण्डारी निर्वाचित हुनुभएको छ । कोभिड–१९ को कारण अनेसास बेलायतले ‘भर्चुअल’ माध्यमबाट संस्थाको सातौँ अधिवेशन आइतबार सम्पन्न गरेको हो । कार्यक्रमको दोस्रो चरणमा गरिएको कविता वाचनमा कवि भरत राई, सेमन्त राई, नृपेश उप्रेती, मन्जु भण्डारी, सन्तोष कार्की, राज श्रेष्ठ, सारादेवी गुरुङ, डा. रुपक श्रेष्ठ, सुनिल संगम, सुमल गुरुङ, माया गुरुङ, शुलभ श्रेष्ठ, सचिन गुरुङ लगायतले भाग लिनुभएकाे थियाे । स्रोतःगोरखापत्र अनलाइन
विश्वविद्यालयहरुले परीक्षा लिन पाउने

विश्वविद्यालयहरुले परीक्षा लिन पाउने

Uncategorized
शेषकान्त पण्डित २३ असार, काठमाडौँ । स्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगले यसको निर्देशिकासमेत जारी गरेपछि विश्वविद्यालयललाई अब नीतिगत निर्णय लिन बाटो खुलेको हो । कोरोना भाइरस रोगले लामो समयदेखि विश्वविद्यालयको पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कनका लागि उत्पन्न अवरोध हटाउन यस खालको निर्देशिका जारी गरिएको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीपछि सबै विश्वविद्यालयका परीक्षा लगायतका शैक्षिक कार्यक्रमको क्यालेन्डरमा अवरोध आएको छ । आयोगका अध्यक्ष प्रा. भीमप्रसाद सुवेदीले विश्वविद्यालयहरूको परीक्षा र त्यसको मूल्याङ्कनमा सहज होस् भनेर नै विश्वविद्यालयहरूलाई सहजीकरण गरिएको बताउनुभयो । निर्देशिकाअनुसार अब विश्वविद
मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको आदेश

मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको आदेश

Uncategorized
२२ आषाढ काठमाण्डौ । मास्क नलगाइ घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बिना मास्क हिँडेको देखेमा पक्रन निर्देशन दिएको हो । सरकारले हाल लकडाउन पूर्णरुपमा खोलेको छैन । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र लकडाउन नखुली व्यवस्थित मात्र गरिएको छ । सरकारले जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सुझाव दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।