Uncategorized Archives | Page 53 of 55 | Education Patra

Uncategorized

जिफानद्वारा तमु लघु चलचित्र बनाउने तयारी

जिफानद्वारा तमु लघु चलचित्र बनाउने तयारी

Uncategorized
जनादेशडेली संबाददाता । १९ अषाढ, काठमाण्डौ ।गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले चलचित्र निर्माण गर्ने जनाएको छ । गुरुङ चलचित्र क्षेत्रलाई चलायमान बनाउन तमु लघु चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् । जिफानका अध्यक्ष भोजबहादुर गुरुङ र महासचिव मनोज गुरुङले लघु चलचित्र निर्माणको पहल शुरुवात गरेको भन्दै व्यक्ति व्यक्तित्व र संघसंस्थालाई आर्थिक सहयोगको निम्ति आग्रह गरेका छन् । तमु (गुरुङ) लघु चलचित्र निर्माणले गुरुङ समुदायको सभ्यता, सौन्दर्य शास्त्र, मुर्त अमुर्त सँस्कृति, आफ्नै प्रथाजानिक कानुन, मुल्य, मान्यता र मनोविज्ञानलाई चित्रण गर्दै तमु(गुरुङ) संघ संस्थाहरूको मर्मलाई प्रस्तुत गरिने, गुरुङ श्रमजिवी चलचित्रकर्मीहरूलाई कोरोनाको कारणले दैनिकी जीविकोपार्जनमा समस्या परेकाहरूलाई लघु चलचित्र निर्माणको माध्यमबाट सक्रिय गराई सहजीकरण गर्ने विश्वास लिईएको छ
ओस्कर अवार्डको नियम परिवर्तन

ओस्कर अवार्डको नियम परिवर्तन

Uncategorized
जनादेशडेली संबाददाता । १९ अषाढ, काठमाण्डौ । विश्वभर फैलिएको कोभिड–१९ का कारण ओस्कर अवार्ड दुई महिना पछि सरेको छ। यसअघि फेब्रुअरीमा हुँदै आएको अवार्ड दुई महिना पछि सरेर अप्रिलमा पुगेको छ। ओस्करको ९३औं संस्करण आउँदो साल अप्रिल २५ का लागि तय भएको छ। विश्वभर फैलिएको महामारीका कारण ओस्करले अवार्ड आयोजनाको मिति मात्र होइन, केही नियम पनि परिवर्तन गरेको छ। नेपालको ओस्कर कमिटीलाई पठाइएको सूचनाअनुसार यो साल फिल्म पठाउने समयसीमा दुई महिना पर धकेलिएको छ। अघिल्ला वर्षमा अक्टोबर अन्तिमसम्म फिल्म पठाइसक्नुपथ्र्याे भने यो साल डिसेम्बर ३१ सम्म ओस्करका लागि फिल्म पठाइसक्नुपर्ने प्रावधान राखिएको छ। महामारीका कारण रिलिज गर्ने समयसीमा तोकेर पनि रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल ओस्कर अवार्ड लचिलो बनेको छ।
नेपाली नृत्यमा परिवर्तन आउन नसक्दा नयाँपनको खोजी

नेपाली नृत्यमा परिवर्तन आउन नसक्दा नयाँपनको खोजी

Uncategorized
जनादेशडेली संबाददाता । १९ अषाढ, काठमाण्डौ ।नृत्य निर्देशनमा व्यस्त रहने अजय स्याङ्तान एक दिन तीनवटासम्म भिडियो निर्देशन गरेको स्मरण सुनाउँछन्। ‘भोजपुरी तथा अन्य भाषाका तीनवटासम्म भिडियो एक दिनमा निर्देशन गरेको छु। झन्डै तीन महिनाको पट्यारलाग्दो बसाइपछि सरकारले लकडाउन केही खुकुलो पारेका कारण फेरि आफ्नो कर्ममा फर्कन पाएकोमा खुसी लागेको छ’, उनले सुनाए। कोरस डान्सर हुँदै दुई दर्जनभन्दा बढी चलचित्रमा सहायक नृत्य निर्देशन गरेका अजय २०६२ सालदेखि भने ‘फुल कोरियोग्राफर’ बने। कोरस डान्स र सहायक नृत्य निर्देशन गर्दाको अनुभव सँगालेर पहिलोपटक भोजपुरी फिल्ममा नृत्य निर्देशन थालेका उनले त्यसपछि एक सयभन्दा बढी विभिन्न भाषाका चलचित्रमा कोरियोग्राफी गरिसकेका छन्। चलचित्र क्षेत्रमा आफ्ना मान्छे नभए पनि संघर्ष गर्दै जाँदा आफैं बाटो बन्दै गएको बताउने अजयले दुई दर्जनभन्दा बढी विभिन्न भाषाका गीतको म्युजिक
रियल मड्रिड ला लिगाको उपाधि नजिक

रियल मड्रिड ला लिगाको उपाधि नजिक

Uncategorized
एजेन्सी । स्पेन : रियल मड्रिड स्पेनिस ला लिगाको उपाधितर्फ अघि बढेको छ । बिहीबार राति भएको खेलमा गेटाफेमाथि १–० को जित निकालेसँगै रियलले  बार्सिलोनासँग स्पष्ट ४ अंकको अग्रता बनाएको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रियलले पाएको पेनाल्टीको सदुपयोग गर्दै रामोसले ७५औं मिनेटमा गोलमा परिणत गर्दा रियल जित हात पार्न सफल भयो। लिगमा अब ५ खेल मात्रै बाँकी छन् । उपाधि दौडमा रहेको साविक विजेता बार्सिलोनालाई ४ अंकले पछि पारेपछि अप्रतयासित नतिजा नआए रियलले उपाधि हात पार्ने पक्कापक्की भएको छ।
फिल्म क्षेत्रकै ‘ब्रान्ड’ःमहानायक राजेश हमाल

फिल्म क्षेत्रकै ‘ब्रान्ड’ःमहानायक राजेश हमाल

Uncategorized
  जनादेशडेली संबाददाता । जब राजेश हमाल फिल्म क्षेत्रमा आए त्यसपछि उनलाई कहिल्यौ पछि फर्कनु परेन । उनले यसक्षेत्रको उन्निती प्रगतिका लागि निकै योगदान दिए । तर उनलाई विबादमा ल्याउन एकथरी मान्छ सधै लागी रहे । नेपाली चलचित्रमा पनि नायक राजेश हमालको नामको अगाडि जोडिएको ‘महानायक’ शब्द सधै चर्चा र विवादमा रहन्छ । रोचक कुरा त के छ भने, हमाललाई दिइएको यो उप–नाममा विवाद गर्ने चलचित्रकर्मी नै धेरै छन् । दर्शकलाई यो कुरामा कुनै गुनासो छैन
सलहले कृषि बालीमा ठुलो क्षति, सलल पहाड चढयो

सलहले कृषि बालीमा ठुलो क्षति, सलल पहाड चढयो

Uncategorized
जनादेशडेली संबाददाता । १९ असार, काठमाडौं । सलहले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय हेक्टर र अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुगेको उनले बताए । सलहले मकै र तरकारीमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै कृषि सचिव राजेन्द्रप्रसाद भारीले मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा सलहले बढी क्षति पुर्‍याएको जानकारी दिए  
गिरी पनि बोर्ड सदस्यमा मनोनीत, क्यानमा फर्किए लामा

गिरी पनि बोर्ड सदस्यमा मनोनीत, क्यानमा फर्किए लामा

Uncategorized
जनादेशडेली संबाददाता । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा छुम्बी लामा र धर्मराज गिरी मनोनीत भएका छन् । लामा र गिरी राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा मनोनीत भएका हुन् । परिषद्ले क्यानको बोर्डमा आफ्ना दुईजना प्रतिनिधि सिफारिस गर्न पाउने प्रावधान छ । गत १० असारमा परिषद्कै सिफारिसका आधारमा मंगलबार लामा र गिरीले क्यानमा बोर्ड सदस्यका रूपमा प्रवेश पाएका हुन् । व्यवस्थापनमा निकै पोख्त मानिएका लामा क्विन्स इभेन्ट्सका प्रबन्ध–निर्देशक हुन् । क्यानका अर्को मनोनीत गिरी मदन भण्डारी स्पोर्टस् फाउन्डेसनअन्तर्गत क्रिकेट विभागका उपाध्यक्ष हुन् । यसअघि लामाले क्यानमा चिफ अपरेटिङ अफिसर (सिओओ) को अनुभव बटुलिसकेका छन् । ०६८ सालमा टंक आङबुहाङ अध्यक्ष क्यानमा उनले म्यानेजमेन्ट लेभल जिम्मेवारी पाएका थिए ।
राष्ट्रिय प्रतियोगिताका खेलाडी छानिए

राष्ट्रिय प्रतियोगिताका खेलाडी छानिए

Uncategorized
जनादेशडेली संबाददाता । आठौं राष्ट्रिय खेलकुँद प्रतियोगिताको लागि बर्दघाट सुस्ता पश्चिम नवलपरासीले खेलाडी छनौट प्रकृया पुरा गरेको छ । प्रदेश ५ को विभिन्न स्थानहरुमा सँचालन हुने प्रतियोगिताको लागि जिल्लाबाट विभिन्न चरणहरुमा सम्बन्धित खेलहरुका उत्कृष्ट खेलाडी छनौट प्रकृया पुरा भएको जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष कुमार आलेले जानकारी दिए । २०७५ माघ २५ गतेदेखी प्रतियोगिता मिती तय भएपनि पूर्वाधार निर्माण सम्पन्न हुन नसकेर अन्यौल भएको राष्ट्रिय प्रतियोगिताको लागि खेलाडी छनौट भने भएका छन । जिल्ला हुँदै प्रदेश प्रतियोगितामा सहभागिता जनाउने र प्रदेशको तर्फदेखी राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन जिल्लाले १५ खेलमा सहभागिता जनाएको अध्यक्ष आलेले जानकारी दिए । नवलपरासी पश्चिमले फुटवलमा महिला पुरुष १६—१६, एथलेटिक्समा ८ पुरुष र ६ महिला, टेवलटेनीसमा ३ पुरुष २ महिला, क्रिकेटमा १४ पुरुष, भलिवल
रोनाल्डोको गोलमा युभेन्टस विजयी

रोनाल्डोको गोलमा युभेन्टस विजयी

Uncategorized
एजेन्सी । बोलोग्नालाई हराउँदै इटालियन क्लब युभेन्टसले आफ्नो सिरिए ए को उपाधि रक्षा गरेको छ । जीतपछि पछिल्लो आठवटा लिग उपाधि जितेको युभेन्टसले शीर्ष स्थानमा लाजियोसँग ४ अंको दुरी बनाएको छ । खेलको पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए । ३६ औँ मिनेटमा पाउलो डिबालाले युभेन्टसको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर ड्यानिलोले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो । कोरोनाभाइरसको महामारीपछि स्थगित भएको लिग सुरु भएयता युभेन्टसले सोमबारको खेलअघि दुई खेल खेलेको थियो । जसमा कोपा इटालियाको सेमिफाइनलमा गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानलाई पेनाल्टीमा हराएको थियो भने फाइनलमा नापोलीसँग पेनाल्टीमा नै पराजित भएको थियो