Uncategorized
नेकपा स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित
१९ आषाढ, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बिहीबारको बैठकमा पूर्व निर्धारित कार्यसूचीमा केशव बडाल र अमृत बोहोराले मात्र छलफल गरे।
बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिसँग गरेको भेट र पछिल्ला राजनीतिक गतिविधिमाथि छलफल गरेको श्रेष्ठले जानकारी दिए।
बैठकमा बिहानको छलफलमा भएको सहमति विपरित सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेकोप्रति अध्यक्ष प्रचण्डले आपत्ति जनाएका थिए। लगत्तै प्रधानमन्त्रीसँग प्रश्न गर्दा नयाँ निर्णय भएको जवाफ दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बैठक केही समय स्थगित गरेर प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको जानकारीसमेत श्रेष्ठले दिए।
राष्ट्रपतिसँगक
संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय
आषाढ १८, काठमाण्डौ । बिहीबार मध्यान्ह बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेकोछ । निर्णयसहित अधिवेशन अन्त्य भएको औपचारिक घोषणाका लागि राष्ट्रपतिकहाँ सिफारिस पठाउने निर्णय भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्कँदै गएको आन्तरिक कलहबीच सरकारको यो निर्णयले पार्टीभित्रको विवादलाई थप जटिल बनाएको छ। प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर आफू अनुकुलको कदम चाल्न खोजेको आशंका गरिएको छ। परिस्थिति थप गम्भीर हुने अनुमान गरिएको छ।
ओलीको यो कदमपछि थप रणनीतिका लागि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम आकस्मिक परामर्शमा जुटेका छन्।
कर्ट कोबेनको गितार कीर्तिमानी ६० लाख डलरमा बिक्री
अमेरिका, मेरिका निरभानाको दिवंगत फ्रन्टम्यान कर्ट कोबेनले अकुस्टिक कन्सर्टमा प्रयोग गरेको गितार कीर्तिमानी ६० लाख डलरमा बिक्री भएको छ । कोबेनले रेट्रो अकुस्टिक–इलेक्ट्रिक १९५९ मर्टिकन डी–१८ई गितारलाई सन् १९९३ को चर्चित एमटिभी अनप्लग्डमा प्रगोग गरेका थिए । सो कन्सर्टको पाँच महिनापछि उनले आत्महत्या गरेका थिए ।
धार्मिक पर्यटकीय गन्तव्य, मालिका
समुद्री सतहदेखि ३४ सय मिटरको उचाइमा अवस्थित मालिका धार्मिक पर्यटकीय गन्तव्यको विकास हुदै गएको छ । मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सीमानामा पर्ने मालिकामा भगवान शिव र पार्वती घुमफिरका क्रममा पार्वतीको माला खसेको धार्मिक जनविश्वास छ । यससँगै थुप्रै देवीदेवताको तपोभूमी मानिने मालिकामा पुजापाठ र दर्शन गरे आफ्नो मनोकाँक्षा पूरा हुने विश्वासले चण्डी पूर्णिमा, तिहार, जनैपूर्णिमा लगायतका पर्वहरुमा भक्तजनको घुईचो लाग्ने गर्छ ।
उच्च स्थानमा अवस्थित रहेकाले धौलागिरि,नीलगिरि, अन्नपूर्ण लगायत दर्जन बढी हिमश्रृङखलाको दृश्यालोकन, गुरासेजँगल, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङजा जिल्लाका अधिकाँश क्षेत्रको अवलोकन गर्न पाइनु मालिकाको अर्को विशेषता हो । धार्मिक महत्वसँगै प्राकृतिक सुन्दरताले भरिएका कारण मालिकाधुरीमा चहलपहल बढ्दै गएको मालिका विकास क्षेत्रका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिए ।
ओलीको सम्भावित भावी रणनीति
आषाढ १८, काठमाडौँ । प्रधानमन्त्री र अध्यक्ष केपी शर्मा ओली सम्भावित संकट टार्ने रणनीति बनाउन थालेका छन् । उनी स्वयं र निकटस्थ नेताहरूले अब कसरी अघि बढ्दा सुरक्षित हुन सकिन्छ । त्यस तर्फ ज्यादा ध्यान केन्द्रीत गरेकाछन् ।
ओलीले बुधबार आफूनिकट स्थायी कमिटी सदस्य र केही मन्त्रीलाई बालुवाटारमा बोलाएर छलफल गरे । स्थायी कमिटी बैठक उद्घाटन र मंगलबारको बैठकमा ओली र दाहालले दिएको अभिव्यक्तिलाई आधार मान्ने हो भने उनीहरूबीचको तिक्तता चुलिएको छ । पछिल्लो पटक अध्यक्षद्वयले एक्लाएक्लै छलफलमा समेत नबसेर दूतहरूमार्फत कुराकानी गरेका छन् ।
निकटस्थहरूले दिएको सुझावलाई आत्मसात् गरे भने ओलीले सत्ता र पार्टी दुवैमा आफ्नो नेतृत्व कायम राख्न अर्का अध्यक्ष दाहालसँग मित्रताको प्रस्ताव गर्नेछन् ।
उनी निकटस्थहरूले पनि अहंकारको मात्रा बढेको उल्लेख गर्दै अब सुधारेर अघि बढ्नका लागि अर्का अध्यक्ष दाहालसँग हार्द
सलहले सक्यो आधा घण्टामै देउखुरी क्षेत्रको मकै
असार १८, देउखुरी । देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पुर्यााएको छ । मंगलबार दिउँसोबाट भित्रिएको सलह किराले राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिएका छन् ।
भित्रिएको सलह किराले देउखुरी क्षेत्रका तरकारी र धानमा पनि क्षेति पुर्याउकोछ । सलहका बथानले मकैबाली नष्ट गरेको राप्ती गाउँपालिका–२ बराखुटीका वासिन्दा वासुदेव न्यौपानेले बताए । उनका अनुसार करिब आधा घण्टामा सो क्षेत्रको आधाभन्दा धेरै मकैबारी उजाड बनाएर हिँडेको छ ।
हवाई मार्गबाट बुधबार स्वदेश फर्के एक हजार ३४२ जना
असार १७ गते, काठमाडौँ, । विदेशमा अलपत्र परेका विभिन्न मुलुकबाट बुधबार एक हजार ३४२ जना नेपाली नागरिक नेपाल फर्केका छन् । लकडाउनको समय भएपनि अत्यावश्यक स्थानीय उडान स्वदेशभित्र बुधबार आठ वटा उडान भएको विमानस्थलले जनाएको छ ।
त्रिभुवन विमानस्थलका अनुसार बुधबार कतारबाट २९७ जना मलेसियाबाट १३ जना, कुवेतबाट ३१९ जना, दुबईबाट ३०४ जना र विभिन्न मुलुकका मुख्य सहरअन्तर्गत रियादबाट २५७ जना, अबुधावीबाट १५२ जना नेपाली नागरिक स्वदेश फर्कनुभएको हो । त्यस्तै कतारबाट एक र रियादबाट ११ वटा नेपाली नागरिकको शव पनि ल्याइएकाे त्रिभुवन विमानस्थलले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक स्थगित ः शोक प्रस्ताव पारित
आषाढ १७, काठमाडौ । दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । ०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित सदस्य हुन् ।