Uncategorized Archives | Page 7 of 55 | Education Patra

Uncategorized

कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या ३८२ पुग्यो

कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या ३८२ पुग्यो

Uncategorized
काठमाडौँ । मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र भीडभाडमा नजाने गर्दा सङ्क्रमणबाट जोगिन सकिन्छ । भीडभाड बढ्दा मानिसले चाहेर पनि भौतिक दूरी कायम गर्न नसक्ने हुँदा अब अझै सावधानी जरुरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । आमनागरिकसँगै सुरक्षाकर्मीमा देखिएको पछिल्लो सङ्क्रमणले समेत जोखिम बढेको महसुस गर्न सकिन्छ । नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधान कार्यालयमा साउन ११ गते चार जनामा कोभिड–१९ देखियो । त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा मङ्गलबारको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ पुष्टि भयो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही पछिल
सुशान्तकी प्रेमिका रियाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

सुशान्तकी प्रेमिका रियाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

Uncategorized
एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतका बुबा केक सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध पटना प्रहरीमा उजुरी दिएका छन् । केकले चक्रवर्तीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोप लगाउदै उजुरी दिएका हुन् । प्रहरीका अनुसार घटनाको विस्तृत छानविनका लागि चारजनाको समुह मुम्बई पठाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चक्रावर्ती सुशान्तका साथसाथै फिल्म निर्देशक महेश भट्टसँग पनि प्रेम सम्बन्धमा रहेको चर्चा चलेको छ । आफूविरुद्ध उजुरी परेपछि चक्रावर्तीले आफ्ना वकिलसँग परामर्श लिएको जनाइएको छ । 'एम एस धोनी' लगाएत केही चलचित्रमा मुख्य भूमिका निभाएका अभिनेता सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए । उनको आत्मत्याको खबर फैलिएसँगै चर्चित अभिनेत्री कंगना रनौतलगाएत बलिउका थुप्रै कलाकारले सुशान्त बलिउडको नेपोटिजमको शिकार भएको जनाएका थिए ।
कालीकोटमा गएको पहिरोमा पुरिएर ८ जनाको मृत्यु

कालीकोटमा गएको पहिरोमा पुरिएर ८ जनाको मृत्यु

Uncategorized
जनादेश, काठमाडौं । कालीकोटको नरहनीनाथ गाउँपालिका ७ मा मंगलवार राति गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । पहिरोमा परि ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकामध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने विमलाको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, नरहनीनाथ गाउँपालिका ४ का ६५ वर्षीय बाले बुढाको घर पहिरोले पुरिँदा उनकी ६५ वर्षीय श्रीमती मना बुढाको मृत्यु भएको छ भने बाले बेपत्ता रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।
अझै केही दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

अझै केही दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

Uncategorized
काठमाडौँ । मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । “मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले पुनःमनसुन सक्रिय भएको हो,” मौसमविद् बादीले भन्नुभयो । सोमबारदेखि नेपालमा मनसुन सक्रिय भई देशाका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध
बाँकेका ११४ गाउँ बाढीको उच्च जोखिममा

बाँकेका ११४ गाउँ बाढीको उच्च जोखिममा

Uncategorized
 राँझा । राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा परेका छन् । आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा धेरै राप्तीसोनारीका नौवटै वडाका ४३ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । वडा नं १ मा पर्ने सिक्टा, जरुवा, बैरिया, ओजखोला, चप्परगौडी र तितेनघारी, वडा नं २ का मदुवा, हरिहरपुर, औरहवा, टिकुलीपुर, शमशेरगञ्ज, बेलबास र राजपुर तल्लोबस्ती बाढीको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । राप्तीसोनारी गाउँपालिका–३ का शाहीपुर, नवलपुर, बैसा, गर्लाबास, सिनाबास र परसरामपुर वडा नं ४ का लालपुर, धामपुर र भगवानपुर वडा नं ५ का ललही, आलीनगर, पठरिया, रिहार डाँडा
नदी तटीय क्षेत्रमा रोप्न बाँसका जरा लैजाँदै   

नदी तटीय क्षेत्रमा रोप्न बाँसका जरा लैजाँदै   

Uncategorized
कञ्चनपुर, रानीपुरका युवा सनवोरा नदी तटीय क्षेत्रमा रोप्न बाँसका जरा साइकलमा लैजाँदै । नदीको बाढीले गर्ने भूक्षय रोक्न बाँसलगायत विभिन्न बिरुवा रोप्ने क्रम यहाँ बढेको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु/रासस
४९५ महिला कृषकले पाए प्रोत्साहन पुरस्कार

४९५ महिला कृषकले पाए प्रोत्साहन पुरस्कार

Uncategorized
चन्द्रप्रकाश नेपाली, घोराही । देउखुरीमा रहेका महिला उद्यमी सहकारी संस्थाहरुले आफ्ना ४ सय ९५ जना महिला कृषकलाई प्रोत्साहन पुरस्कार प्रदान गरेका छन् । हेफर ईन्टरनेश्नल मार्फत महिला कृषकहरुले उत्पादन गरेको खसी, बोका र दूध बजारीकरण गरेको भन्दै महिला कृषी सहकारीहरुले प्रदे%B
बरको  हाँगाः म्युजिक भिडियो सार्वजनिक

बरको हाँगाः म्युजिक भिडियो सार्वजनिक

Uncategorized
जनादेश संवाददाता, काठमाण्डौ, । विष्णु र बिमल खातिको संयुक्त ‘बरको हाँगा’ म्यूज़िक भिडियोलाई सिएण्डडीले आफ्नो सामाजिक संन्जाल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । उक्त आधुनिक गीतलाई संगीतकार चन्द्र श्रेष्ठले संगीतबद्ध गरेका हुन् । राजु कार्कीको संगीत संयोजन र बिमल खातीको आवाज रहेको छ । मिक्साम लिम्बुद्वारा सम्पादन गरिएको म्युजिक भिडियोमा देब्स राई र आयुषा लामाले अभिनय गरेका छन् ।
एमबाप्पे तीन साता मैदान बाहिर

एमबाप्पे तीन साता मैदान बाहिर

Uncategorized
एजेन्सी । फ्रेन्च तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर रहने भएका छन् । कप डे फ्रान्सको फाइनल दौरान चोट बोकेर तीन साता मैदान बाहिर रहनुपर्ने भएपछि एमबाप्पेले फ्रेन्च लिग कपको फाइनलका साथै च्याम्पियन्स लिगको क्वाटरफाइन खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ । फ्रेन्च लिग कप ३१ जुलाईमा तथा एटलान्टाविरुद्धको क्वाटरफाइनल १२ अगस्टमा पोर्चुगलको लिस्वनमा हुदैछ । पीएसजी सेमिफाइनल र फाइनल पुगेको अवस्थामा भने टोलीमा उपलब्ध हुने क्लबले जनाएको छ । सेन्ट एटिएनका कप्तान लोइस पेरिनले एमबाप्पेमाथि निकै गम्भीर फल गरेका थिए । पेरिनको फलमा रेफ्रीले सुरुवातमा पहेंलो कार्ड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले रातो कार्ड दिएका थिए । फाइनलमा नेयमारको गोलमा अग्रता लिइसकेको पीएसजीले त्यसै गोलको मद्दतले उपाधि जितेको थियो । एमबाप्पेले खेल दौर
रोनाल्डोद्वारा लिग उपाधि समर्थकलाई समर्पण

रोनाल्डोद्वारा लिग उपाधि समर्थकलाई समर्पण

Uncategorized
एजेन्सी । युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोले लगातार नवौंपटक इटालियन सिरी ए उपाधि जितेपछि उक्त सफलता समर्थकहरुलाई समर्पित गरेका छन् । आइतबार राती साम्पडोरियालाई २-० ले पराजित गरेपछि युभेन्टसले उपाधि पक्का गरेको हो । इटालीको शीर्ष ५ लिगमा लगातार नवौं पटक उपाधि जित्ने युभेन्टस पहिलो टोली हो । यसअघि युभेन्टसले राखेको लगातार आठौं उपाधि जितलाई बायर्न म्युनिखले बराबरी गरेको थियो । रोनाल्डोले साम्पडोरियाविरुद्ध गोल गर्दै सिजनको ३१ औं गोल गरे । दोस्रो गोल गर्ने अवसर पाएपनि रोनाल्डो पेनाल्टीमा भने चुके । यसका बाबजुद उनले युभेन्टसलाई उपाधि दिलाउन सके । अघिल्लो खेलमा उडिनेजेविरुद्ध पराजित भएपछि युभेन्टसको उपाधि प्रतीक्षा लम्बिएको थियो । रोनाल्डोले जितपछि उपाधि आफ्नो समर्थकलाई समर्पित गरे । ‘ लगातार दोस्रो सिजन उपाधि जित्न पाउँदा खुसी छु । ठूलो क्लबको इतिहासलाई अझै परिस्कृत