Uncategorized Archives | Page 8 of 55 | Education Patra

Uncategorized

राप्रपा छाडेका सुनील थापा कांग्रेस प्रवेश

राप्रपा छाडेका सुनील थापा कांग्रेस प्रवेश

Uncategorized
जनादेश संवाददाता, काठमाडौ ।  साउन राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित कांग्रेसमा प्रवेश गर्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेता थापासहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराउनुभयो । कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएको अवस्थामा थापा भने बाहिरिनुभएको हो । राप्रपाले परिवर्तन र जनताको माग सम्बोधन गर्न नसकेपछि आफू त्यसबाट बाहिरीएको बताउनुभएको छ ।
बर्नमाउथ र वाटफोर्ड रेलिगेसनमा

बर्नमाउथ र वाटफोर्ड रेलिगेसनमा

Uncategorized
एजेन्सी ।  एफसी बर्नमाउथ र वाटफोर्ड इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । लिगको अन्तिम खेलमा एभर्टनलाई ३–१ ले हराएपनि बर्नमाउथले रेलिगेसन टार्न सकेन । वाट्फोर्ड आर्सनलसँग ३–२ ले पराजित हुदै दोस्रो डिभिजनमा घटुवा हुन पुग्यो । बर्नमाउथले ३८ खेलबाट ३४ अंक जोडेर १८औं स्थानमा रहेर लिगको अन्त्य गर्दा वाट्फोर्ड पनि ३४ अंक नै जोडेर १९औं स्थानमा रहेर रेलिगेसनमा पर्‍यो । नर्विच यसअघि नै रेलिगेसनमा परेको थियो । बर्नमाउथले यो सिजन ९ खेलमा जित, ७ बराबरी र २२ खेलमा हार बेहोर्‍यो । यस्तै वाट्फोर्डले ८ जित, १० बराबरी र २० खेलमा हार भोग्यो । गुडिसन पार्कमा आइतबार राति एभर्टनमाथिको जितमा बर्नमाउथका जोसुवा किङ, डोमिनिक सोलांके र जुनियर स्टानिलासले गोल गरे । बर्नमाउथसँग हार बेहोर्दै एभर्टनले १२औं स्थानमा यो सिजन अन्त्य गर्‍यो । अर्काे खेलमा वाट्फोर्
फेलाइनीको ८ मिनेटमै हेडर ह्याट्रिक

फेलाइनीको ८ मिनेटमै हेडर ह्याट्रिक

Uncategorized
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी मराउने फेलाइनीले ८ मिनेटको अन्तरमा हेडरबाटै ह्याट्रिक पूरा गरेपछि सान्दोङ लुनिङले चाइनिज सुपर लिग (सिएसएल) मा रोमाञ्चक जित निकालेको छ । सान्दोङ लुनिङले घरेलु टोली डालियन प्रोफेसनल एफसीमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो । ७९औं मिनेटसम्म १–० ले पछि परेको अवस्थामा बेल्जियमका पुर्व मिडफिल्डर फेलाइनीले दोस्रो हाफको अन्त्यतिर ह्याट्रिक पुरा गरेपछि खेल सान्दोङले आफ्नो पक्षमा पार्न सफल भएको हो । ५७औं मिनेटमा जोसे सलोमोन रोन्डनको गोलबाट खेलमा पछि परेको सान्दोङले ७९औं मिनेटमा फेलाइनीको गोलबाट खेलमा फर्किएको थियो । ८३औं मिनेटमा फेलाइनीले व्यक्तिगत दोस्रो गोल गरेपछि सान्दोङले खेलमा २–१ को अग्रता लिन सफल भयो । ८६औं मिनेटमा फेलाइनीले ह्याट्रिक पुरा गरे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मार्कुस ड्यानिल्सेनले गोल
लिभरपुल र सिटीको सहज जित

लिभरपुल र सिटीको सहज जित

Uncategorized
एजेन्सी । इंग्लिस प्रिमियर लिगको सिजनको अन्तिम खेलमा च्याम्पियन लिभरपुल र दोस्रो भएको म्यानचेस्टर सिटीले सहज जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ । च्याम्पियन लिभरपुलले न्युक्यासलमाथि ३–१ को पूनरागमन जित निकाल्दा म्यानचेस्टर सिटीले रेलिगेसनमा परेको नर्विच सिटीमाथि ५–० को सानदार जित निकाल्यो ।  खेलको पहिलो मिनेटमा नै डिविट गेलको गोलबाट न्युक्यासलले खेलमा अग्रता बनाएको थियो । तर, न्युक्यासले उक्त अग्रतालाई जोगाउन सकेन । ३८औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५९औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । ८९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–१ को पूनरागमन जित दिलाए । यस्तै अर्काे खेलमा केभिन डि ब्रुयनले दुई तथा ग्याब्रियल जेसस, रहिम स्ट्रलिङ र रियाद महारजेले गोल गरेपछि म्यानचेस्टर सिटीले नर्विच सिटी
डुब्यो तुम्लिङटार, तीन घर भत्किए   

डुब्यो तुम्लिङटार, तीन घर भत्किए   

Uncategorized
जनादेश संवाददाता, खाँदबारी । लगातारको बर्सातका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बजार डुबानमा परेको छ । सोमबारदेखि लगातार परेको वर्षाले तुम्लिङटारका कम्तीमा १०० घर डुबानमा परेको छ । घरभित्र पानी पसेपछि तीनवटा घर भत्केको छ । विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र शम्शेर मगरको घर भत्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । खाँदबारी नगर क्षेत्रका विभिन्न स्थानका चार जनाको घरमा क्षति पुगेको छ । माटो र ढुङ्गाले बनेको कच्ची घर डुबानका कारण जोखिममा परेको छ । आज बिहान २ बजेपछि ठूलो पानी परेपछि तुम्लिङटार डुबेको थियो । तुम्लिङटार क्षेत्रमा ढलको राम्रो व्यवस्था नभएका कारण डुबानमा परेको स्थानीयवासीले बताएका छन् । घरभित्र पानी पसेपछि व्यापारी मारमा परेका छन् । पहिराले खाँदबारी नगरपालिका–६ का शान्तिकुमार खत्रीको घर भत्केको छ । घरभित्र रहेको स
एमसीसी राष्ट्रिय हित विपरीतः गजुरेल

एमसीसी राष्ट्रिय हित विपरीतः गजुरेल

Uncategorized
जनादेश संवाददाता, काठमाडौँ ।नेकपा ९क्रान्तीकारी माओवादी० का नेता सिपी गजुरेलले नेपालमा एमसीसी राष्ट्रिय हित विपरीत आएको र यसले नेपाली जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो । त्यसैले नेपाली जनताले यसलाई स्वीकार गर्न नसक्ने पनि बताउँनु भयो । नेता गजुरेलले हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीलगायत मुलुकमा व्याप्त समस्या समाधान गर्न सरकार िक्रयाशिल हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब न्यायलयबाट नै आम मानिसले न्याय पाउने अवस्था रहेन, केही दिन अघि सर्वोच्च अदालतले अपराधीलाई छुटकारा दिने काम गरेको छ, अपराधीलाई कारवाही गर्नुको सट्टा प्रोत्साहन गरिएको छ ।” ् संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले दुई तिहाइको वर्तमान सरकारसँग जनताको अति बढी अपेक्षा रहेको बताउँदै सोही अपेक्षाअनुसार प्रक्षत्य लाभ हुने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । नेता गजुरेलले
विमानस्थलका कार्यालय सहयोगी यादव ४ लाख घूस रकम सहित अख्तियारद्धारा पक्राउ

विमानस्थलका कार्यालय सहयोगी यादव ४ लाख घूस रकम सहित अख्तियारद्धारा पक्राउ

Uncategorized
रेनुका गिरी, बुटवल । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ यादवसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले ४ लाख घूस रकमसहित पक्राउ गरेको छ । विमानस्थल आयोजनाका %
थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, १२१ जना सिस्चार्ज

थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, १२१ जना सिस्चार्ज

Uncategorized
जनादेश, काठमाडौँ । आज थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज १२१ जना सिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १३ हजार ७५४ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ ।
प्रधानमन्त्री ओलीले विधि विपरीत बैठक स्थगित गर्नु अनुचित भएको बहुमत सदस्यको निष्कर्ष

प्रधानमन्त्री ओलीले विधि विपरीत बैठक स्थगित गर्नु अनुचित भएको बहुमत सदस्यको निष्कर्ष

Uncategorized
जनादेश, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको स्थायी कमिटी बहुमत सदस्यहरुको बैठकले ओलीले पूर्व निर्धारित बैठक स्थगित गर्नु बिधि बिपरीत र अनुचित भएको निष्कर्ष निकालेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबाट पार्टी एकताको रक्षा गर्न र पार्टीलाई विधि सम्मत तरिकाले चलाउनका लागि नेता कार्यकर्तालाई आग्रह गरिएको बताएका छन् । आज बस्ने भनिएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री ओलीले एकलौटी ढंगले स्थगित गरेका थिए । बैठक स्थगीत भएसँगैै अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह बैठक बसेको हो । बैठकमा प्रचण्डले यसलाई जारी स्थायी कमिटी बैठकको निरन्तरताको रुपमा नबुझ्न र स्थायी कमिटीका बहुमत सदस्यको बैठकको रुपमा लिन सुझाव दिएका थिए । 'प्रधानमन्त्री ओलीले पूर्व निर्धारित बैठक स्थगित गर्नु बिधि बिपरीत र अनुचित भएको बैठकले ठहर गरेको छू,' प्रवक्ता श्रेष्ठले भ