Uncategorized Archives | Page 9 of 55 | Education Patra

Uncategorized

घरमाथिबाट आएको ढुङ्गाले लागेर एक महिलाको मृत्यु

घरमाथिबाट आएको ढुङ्गाले लागेर एक महिलाको मृत्यु

Uncategorized
चरिकोट । दोलखाको सिङ्गटीमा घरमाथिबाट आएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्लाको विगु गाउँपालिका–४ सिङ्गटी निवासी ३५ वर्षीया रेणु थामीको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घरमा नै काम गरिरहेकी थामीलाई घरमाथि पाखाबाट लडेर आएको ढुङ्गाले लागेको थियो । उद्धार गरी उपचारको लागि अस्पताल पठाउने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । पाँच सय मिटर माथिबाट आएको ढुङ्गाले लागेर थामीको टाउको खट्टामा गहिरो चोट लागेको थियो ।
महाधिवेशनको प्रक्रिया आरम्भपछि गरिएको कारवाही रोक्न माग

महाधिवेशनको प्रक्रिया आरम्भपछि गरिएको कारवाही रोक्न माग

Uncategorized
काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको महाधिवेशन प्रक्रिया आरम्भ भइसकेपछि नेता तथा कार्यकर्तामाथि विभिन्न बहानामा कारवाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन् । काठमाडौँमा उपलब्ध पार्टीका जिल्ला सभापतिहरुको सोमबार साँझ सम्पन्न बैठकले गत निर्वाचनको बेला बागी उम्मेदवार बन्ने, प्रस्तावक÷समर्थक बस्ने सबैजना विधानतः स्वतः पार्टीबाट बर्खास्त हुने प्रस्ट व्यवस्था हुँदाहुँदै हालै गरिएको कारवाही रोक्न माग गरेको हो । बैठकले स्थानीय तह पार्टी समायोजन सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले सिन्धुपाल्चोकलगायत जिल्लामा खेलेको भूमिकामा पार्टीको नीतिभन्दा नेता प्रभावको गन्ध देखिएको भन्दै निर्णय प्रक्रियामा पुनर्विचार गरी निष्पक्षता र तटस्थता कायम गर्न आग्रह गर्ने निर्णयसमेत गरेको छ । पार्टीको आगामी
कार्यालयमा छैनन् सूचना अधिकारी

कार्यालयमा छैनन् सूचना अधिकारी

Uncategorized
काठमाडौँ ।   संवैधानिकरूपमै सार्वजनिक र व्यक्तिले चाहेको सूचना उपलब्ध गराउने सूचनाको हकसम्बन्धी व्यवस्था गरिएको १३ वर्ष बितिसके पनि अझै कतिपय सरकारी कार्यालयमा सूचना अधिकारी नै नतोकिएको पाइएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा १२० कार्यालयमा गरिएको अध्ययनमा २९ ले सूचना अधिकारी नतोकेको पाइएको राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले जानकारी दिनुभयो । स्थापनापछिको १३ वर्षको अवधिमा आदेश हुँदा पनि सूचना उपलब्ध नगराउने २४ जनालाई आयोगले जरिवाना गरेको थियो । सबै सार्वजनिक निकायले आफ्ना प्रगति विवरण प्रत्येक तीन–तीन महिनामा सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था रहे पनि १२० कार्यालयमा गरिएको एक अध्ययनमा स्वतः प्रकाशित नगर्ने कार्यालयको सङ्ख्या ९० रहेको सो अवसरमा जानकारी दिइयो । सूचना अधिकारी नतोकिएका सार्वजनिक कार्यालयलाई १५ दिनभित्र प्रमुखभन्दा
कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम

कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम

Uncategorized
नेपालगञ्ज। बाँकेमा क्वारेन्टिइन बसेकाकोे सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड–१९ को परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न थालेको छ । यसरी परीक्षण गर्दा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको पनि छ । दुई दिनअघि नेपालगञ्जको समुदायस्तर र सरकारी तथा गैरसरकारी कार्यालयमा गरिएको परीक्षणमा कर कार्यालय र यातायात व्यवस्था कार्यालयका तीन कर्मचारी, एक मजदूर र एक मिठाइ पसलेमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । “समुदायस्तरमा र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा थप कडाइ गर्न सकिने अवस्था पनि आउन सक्छ” प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बाङले भन्नुभयो । लकडाउन हटेसँगैै बाँकेमा बजार, यातायात, उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय अहिले पूर्
एकपछि अर्को स्थानीय तह बन्द

एकपछि अर्को स्थानीय तह बन्द

Uncategorized
सप्तरी । कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै आजदेखि गाउँपालिका र वडा कार्यालयबाट पर्वाह हुने सेवाहरु बन्द गरिएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गर्दै अति आवश्यक स्वास्थ्य सेवाबाहेकका अन्य सेवा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिनुभएको छ । विज्ञप्तिमा हाटबजार नलगाउन, गोष्ठी–सेमिनार आयोजना नगर्न, भिडभाड नगर्न, पसल, व्यापार, व्यवसाय नगर्न, सरकारी, गैरसरकारी र वित्तीय संस्थाहरु सञ्चालन नगर्न नगराउन आग्रह गरिएको छ । यस्तै सर्वसाधारणलाई पनि अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । अत्यावश्यक कामका
कुसुमखोलाका विस्थापितलाई घर बनाइदिन अध्यक्ष दाहालको निर्देशन   

कुसुमखोलाका विस्थापितलाई घर बनाइदिन अध्यक्ष दाहालको निर्देशन   

Uncategorized
नारायण अधिकारी,  चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको कुसुमखोलाका विस्थापितलाई तत्काल घरको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । उहाँले माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई टेलिफोन गरी तत्काल बासस्थानको व्यवस्थापन गर्न भन्नुभएको हो । चितवन राष्ट्रिय निकञ्जको क्षेत्रमा पर्ने कुसुमखोलामा बसोबास गर्नेहरुको घरगोठ निकुञ्जले हटाएपछि उनीहरु विस्थापित भएका छन् । निकुञ्ज प्रशासनले उनीहरुको अन्यत्र घर भएको र खेती गर्न आउँदा बस्ने पुरानो ठाउँको मचान र टहरा भत्काएको जनाउँदै आएको छ भने माडी नगरपालिकाले उनीहरुमध्ये दुई परिवारको अन्यत्र घर नभएको र बसिरहेको ठाउँ निकुञ्जले आगो लगाएको जनाएको छ । सोही क्षेत्रबाट निर्वाचित दाहालले घटनालगत्तै ढकाललाई बासस्थानको व्यवस्थापन गर्न भन्नुभएको हो । ढकालले भन्नुभयो, “बज
नेकपा अध्यक्षद्वयलाई वामदेवको ६ बुँदे प्रस्ताव

नेकपा अध्यक्षद्वयलाई वामदेवको ६ बुँदे प्रस्ताव

Uncategorized
जनादेश, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्ष समक्ष ६ बुँदे प्रस्ताव राखेका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गौतम प्रस्ताव राखेका छन् । प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको कार्यकालको बाँकी अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहन प्रस्ताव गरिएको छ भने अर्का अध्यक्ष प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहन आग्रह गरिएको छ । पार्टी एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने प्रस्तावसँगै प्रधानमन्त्रीका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने गौतमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय लिनुपूर्व पार्टीको सचिवालय
अभिनेता गोपाल राउतको निधन

अभिनेता गोपाल राउतको निधन

Uncategorized
जनादेश, काठमाडौँ । नेपाली चलचित्रका अभिनेता गोपाल राउतको निधन भएको छ । अमेरिकाको सान्तारोजा क्यालिफोर्निया बस्दै आएका राउतको सोमबार बिहान हृदयघातबाट निधन भएको हो । उनले प्रेमयुद्ध, दोधारलगायत केही नेपाली चलचित्रमा अभिनय गरेका छन् भने रुपमति, गुलाफ एकै पटक फुल्छलगायत दर्जनौँ टेलिशृङ्खला अभिनय गरेका थिए । राउतकी एक श्रीमती र दुई छोरा रहेका छन् । उनको अन्तेष्टि नेपाली परम्परा अनुसार आगामि शुक्रबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
अनियमितता र बेथिति भन्दै नेपाल तरुण दलद्धारा बिरोध प्रदर्शन

अनियमितता र बेथिति भन्दै नेपाल तरुण दलद्धारा बिरोध प्रदर्शन

Uncategorized
रेनुका गिरी, बुटवल । तिलोत्तमा नगरपालिकामा अनियमितता र बेथिति भन्दै नेपाल तरुण दल तिलोत्तमा नगर समितिले आज मणिग्राममा बिरोध प्रदर्शन गरेको छ । ऐन कानुन बिपरित बिभिन्न पदमा सल्लाहकार तथा कार्मचारी नियुक्त गरी जनताले तिरोको करको दुरुपयोग गरेको, ९ करोड बढीको बेरुजु रहेको, राजनीतिक प्रभाावका आधारमा ऐतिहासिक तथा पुरातात्विक सम्पदा मासेको, सार्वजनिक जग्गाको संरक्षण गर्न नसकेको भन्दै तरुण युवाहरुले नगरपालिका बिरुद्ध बिरोध प्रदर्शन गरेका हुन । ऐन कानुन मिचेर नियुक्त गरीएका सल्लाहकार तथा अन्य पदहरु खारेज गर्नु पर्ने, बेरुजुको हिसाव किताव स्पष्ट पार्नु पर्ने, नगरपालिकाले नै बुद्धकालिन पोखरी मासेर भवन बनाइरहेकाले त्यस्ता कार्य तत्काल रोक्नु पर्ने तरुण दलले माग गरेको छ । तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले नगरपालिकाले कानुन बिपरित बिभिन्न पद सृजना गरी कार्यकर्ता भर्ती
होटल सञ्चालनको तयारीमा पर्यटन व्यवसायी

होटल सञ्चालनको तयारीमा पर्यटन व्यवसायी

Uncategorized
पोखरा । लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको आन्तरिक तयारीमा जुटेको पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले भन्नुभयो “अहिले हामी होटल सञ्चालनको आन्तरिक कार्यमा जुटेका छौँ, लामो समयको बन्दले होटलको आन्तरिक मर्मतसम्भार, सरसफाइ, कर्मचारी व्यवस्थापनको पक्ष अहिलेको प्राथमिकतामा राखेर होटल सञ्चालनको पूर्व तयारीमा जुटेका छौँ ।” तुलाचनले पोखरा करिब ७०० पर्यटकीय होटल रहेको सङ्घमा आवद्ध ४०० होटल रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घ मातहतका सबै होटललाई सञ्चालनको पूर्व तयारीमा जुट्न भनेका छौँ, यसैबीचमा हालै आएको मौद्रिक नीति र त्यसको कार्यान्वयनको पक्षमा पनि हाम्रो ध्यान जानेछ । मानसिक रुपमा तयारी छौँ, आर्थिक समस