बढ्यो शिक्षामा बजेट: शिक्षा क्षेत्रमा एक खर्ब ९७ अर्ब २९ करोड रुपियाँ विनियोजन
एजुकेशनपत्र, काठमाण्डौं । । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा शिक्षा क्षेत्रको बजेट वृद्धि गरेको छ। आगामी वर्षका लागि शिक्षा क्षेत्रमा एक खर्ब ९७ अर्ब २९ करोड रुपियाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ११.२६ प्रतिशत हो।
चालु आर्थिक वर्ष २०७९/८० का लागि शिक्षामा कुल एक खर्ब ९६ अर्ब ३३ करोड रुपियाँ छुट्याइएको थियो। जुन कुल बजेटको १०.९४ प्रतिशत हो। यस वर्ष शिक्षा बजेटमा सरकारले नयाँ कार्यक्रम थपेको छैन। पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गर्नुभएको बजेटले गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाई शिक्षित र मर्यादित समाजको विकास निर्माणमा जोड दिइएको छ। त्यस्तै शिक्षालाई जीवनोपयोगी, आधुनिक, विज्ञान प्रविधिमा आधारित, व्यावसायिक र अनुसन्धानमुखी बनाउँदै लैजाने र प्राविधिक शिक्षामा लगानी तथा गुणस्तर अभिवृद्धि गरिने विषयलाई पनि सरकारले प्राथ