Educationpatra, Author at Education Patra | Page 42 of 62

Author: Educationpatra

उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

Banner News, Employment, Main News
एजुकेशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ रहेको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले काम गर्दै जाँदा धेरै खालका अफ्ट्याराहरु छन् । हामीले सुशासन र आर्थिक समृद्धिका पक्षमा, मुख्य त भ्रष्टाचार विरुद्ध कदम चालेको हुनाले जनतामा निकै आशा र भरोसाको संचार भएको छ । सरकार जस्तोसुकै अफ्ट्याराहरु सामना गरेर जाने शक्तिको स्रोत जनताको विश्वास र भरोसा नै हो ।’ नेतृत्वले निकै ठुला दबाब र घेराबन्दीका बाबजुद सुशासनको पक्षमा काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले जनताको भरोसा र विश्वास रहेसम्म जस्तोसुकै घेराबन्दी र दबाब झेलेरै सुशासन र समृद्धिको पक्षमा सरकार अघि बढ्ने बताउनुभय
उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने सरकारको घोषणा

उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने सरकारको घोषणा

Banner News, Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । सरकारले उच्च शिक्षामा देखिएको समस्यालाई समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उच्च शिक्षाको समस्या समाधानका लागि उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गरेका हुन् । साथै हरेक प्रदेशभित्रका विशिष्टीकृत विषय बाहेकका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूलाई एकै विश्वविद्यालयको छाता अन्तर्गत रहने गरी पुनर्संरचना गरिने भएको छ ।
सामुदायिक विद्यालयमा मेयर बालेन्द्र शाहको छड्के

सामुदायिक विद्यालयमा मेयर बालेन्द्र शाहको छड्के

Main News, School Education, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयमा सञ्चालन गरिएको शिक्षण विधि, सिकाइ पद्धति र शिक्षामा सीप कार्यक्रमको निरीक्षण गरेका छन् । सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन प्रमुख साहले सामुदायिक विद्यालयको निरीक्षण गरेका हुन् । सोही अवसरमा उनी शुक्रबार शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज र पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार पुगे। उनले गत हप्ता दरबार हाइ स्कूलको अवलोकन गरेका थिए । साहले प्रमुखमा निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रको विकास र सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेका थिए । साहले पछिल्लो समय हरेक शुक्रबार विद्यालयमा विद्यार्थीसँगै बस्ने र सँगै बसेर सिक्ने गरेका छन् । अवलोकनका विषयमा प्रमुख साह भन्छन्, ‘हिजो शुक्रबार बिहान काठमाडौंको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो, शिक्षामा सीप
महानगरपालिका प्रमुख बालेन शाहको आग्रह “आईडिया बैंकमा आवेदन दिनुहोस्”

महानगरपालिका प्रमुख बालेन शाहको आग्रह “आईडिया बैंकमा आवेदन दिनुहोस्”

Banner News, Main News, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आब्हान गरेका छन् । काठमाडौँ महानगरपालिकाको वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आब्हान गरेका हुन । ‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भनेका छन । ‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ,’ भन्दै आइडिया बैंकमा आउन उनले अपिल गरेका हुन् । ‘कसरी त्यसको Business Plan बनाउने Implementati
पाँच लाखलाई थप आन्तरिक रोजगारी सिर्जना गर्ने सरकारको घोषणा

पाँच लाखलाई थप आन्तरिक रोजगारी सिर्जना गर्ने सरकारको घोषणा

Employment, Main News
एजुकेशनपत्र, काठमाण्डौं । सरकारले आगामी दुई वर्षभित्र पाँच लाखलाई थप आन्तरिक रोजगारी सिर्जना गर्न निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सिप विकास तथा रोजगार कार्यक्रम सञ्‍चालन गर्ने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सङ्घीय संसद्मा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा सो घोषणा गर्नुभएको हो। उहाँले श्रम बजारको माग अनुसारको सिपयुक्त मानव संसाधन उत्पादनका लागि सरकारी तालिम प्रदायक संस्थाहरूलाई एकीकरण गरी राष्ट्रिय प्राविधिक तथा व्यावसायिक प्रशिक्षण प्रतिष्‍ठान स्थापना गरिने पनि घोषणा गर्नुभयो। प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उत्पादनसँग प्रत्यक्ष जोडिने रोजगार र उद्यमशीलता सम्बन्धित संस्था, कोष तथा कार्यक्रमलाई एकीकृत गरिने उल्लेख छ। २४ घण्टे हटलाइन सेवा सरकारले वैदेशिक रोजगारसम्बन्धी समस्या, गुनासो तत्