Educationpatra, Author at Education Patra | Page 43 of 62

Author: Educationpatra

स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि अनुसार मापदण्ड नपुुगेका अयोग्य २१३ आवदेन आउट

स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि अनुसार मापदण्ड नपुुगेका अयोग्य २१३ आवदेन आउट

Employment, Main News
एजुकेशनपत्र, काठमाण्डौं । स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि अनुसार मापदण्ड नपुुगेका अयोग्य २१३ आवदेन आउट भएका छन् । उद्योग विभाग अन्तर्गत स्टार्टअप उद्यम कार्यान्वयन समितिको सचिवालयले कर्जाका लागि परेका आवदेन अध्ययन गरेर कार्यविधि अनुरूप नभएका २१३ आवेदन मूल्याङ्कनमा समावेश नहुुने सूचना निकालेर सार्वजनिक गरेको हो । कर्जाका लागि विभागमा ३८२ आवदेन परेका थिए । पहिलो चरणमा कार्यविधि अनुसार अयोग्य २१३ आवेदनलाई आउट गरिएको विभागले जनाएको छ । कर्जाका लागि आवेदन परेका उद्यम व्यवसाय एकल लगानी भएको, फर्म दर्ताको कागज नभएको, प्राइभेट फर्म, सूचनापश्चात् साझेदारी फर्म भएको, साझेदारी फर्म-उद्योग नभएको, नगरपालिकामा एकल व्यवसाय दर्ता देखिएको छ, एकल रही सात वर्ष नाघेको, कम्पनी दर्ता अरूको नाममा भएको कैफियत देखिएको विभागले जनाएको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई ‘स्टार्टअप’ उद्यम
काठमाडौं विश्वविद्यालमा अस्ट्रेलियाली सहायक विदेशमन्त्रीको भ्रमण

काठमाडौं विश्वविद्यालमा अस्ट्रेलियाली सहायक विदेशमन्त्रीको भ्रमण

Banner News, From Today's Newspaper, Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं ।  नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्सले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको बुधबार भ्रमण गरेका छन् । भ्रमणको क्रममा अस्ट्रेलियाली सरकार र केयूबीचको शैक्षिक गतिविधिका बारेमा जानकारी आदानप्रदान गरिएको उपकुलपति भोला थापाले जनाए । ‘घुम्न आएको बेला नेपालको विश्वविद्यालय पनि हेरौं भन्ने दूतावासले हामीसँग आग्रह गरेको थियो,’ उनले भने, ‘यो हाम्रो लागि खुसीको कुरा थियो, घुमेर प्राध्यापक, विद्यार्थीसँग अन्तरक्रिया गर्नुभयो ।’ अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयसँग केयूले विगतदेखि नै सहकार्य गर्दै आएको छ । ती सहकार्य र भविष्यमा थप गर्न सकिने सहयोग आदानप्रदानको विषयमा चर्चा गरिएको विश्वविद्यालयले जनाएको छ । केयूको स्कुल अफ आट्स, स्कुल अफ इन्जिनियरिङले अस्ट्रेलियाको विश्वविद्यालयसँग सहकार्य गरेर पीएचडी कार्यक्रम संचालन गर्दै आएका छन् । क
जेठ ३२ गते बिहीबारदेखि असार ३ गते आइतबारसम्म शैक्षिक मेला हुने

जेठ ३२ गते बिहीबारदेखि असार ३ गते आइतबारसम्म शैक्षिक मेला हुने

Banner News, From Today's Newspaper, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । एसईई परीक्षा दिएर कक्षा ११ मा भर्नाको तयारीमा रहेका र कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाको पखाईमा रहेका विद्यार्थीलाई लक्षित गरी जेठ ३२ गते बिहीबारदेखि असार ३ गते आइतबारसम्म शैक्षिक मेला हुने भएको छ । मेलामा विद्यार्थीलाई पढ्ने विषय/संकाय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना, शुल्क, छात्रवृत्तिलगायत विविध जानकारी दिइने आयोजक उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ (हिसान)ले जनाएको छ । शैक्षिक मेलाको आठौं संस्करण ‘कान्तिपुर हिसान एडुफेयर’ काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । बुधबार कान्तिपुर पब्लिकेसन्सका सिइओ महेश स्वाँर र हिसान अध्यक्ष रमेश सिलवालले एडुफेयर सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ४ दिन चल्ने मेलामा धेरैभन्दा धेरै विद्यार्थी जुटाएर उनीहरुले चाहेको शैक्षिक जानकारी उपलब्ध गराउन मेला आयोजना गरिएको सिईओ स्वाँरले बताए । अध्यक्ष सिलवालले
नेपाल विश्वविद्यालय आवश्यक छ : मन्त्री राई

नेपाल विश्वविद्यालय आवश्यक छ : मन्त्री राई

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै सरकारले नेपाल विश्वविद्यालय विधेयक, २०७९ अगाडी सारेको बताए । उनले सो विधेयक फिर्ता नहुने स्पष्ट पार्दै कसरी राम्रो विश्वविद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । उनले भने– ‘आवश्यकता भएरै सरकारले यो विधेयकलाई अगाडि सारेको हो । यसलाई फिर्ता गर्नेतर्फ होइन । यसलाई परिमार्जन गरेर एउटा राम्रो विश्वविद्यालय कसरी निर्माण गर्न सकिन्छ, सञ्चालन गर्न सकिन्छ त्यो दिशामा हामी अग्रसर हौँ । औचित्यको हिसावले पनि यसलाई परिमार्जन गरेर राम्रो विश्वविद्यालय बनोस् भन्ने हो ।’ मन्त्री र
मन्त्री शर्मा भन्नुहुन्छ, “सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ?”

मन्त्री शर्मा भन्नुहुन्छ, “सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ?”

Banner News, ICT News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पुर्‍याउने सन्दर्भमा सेवा प्रदायक र नियामकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज (बुधबार) नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनको उद्घाटन गर्नुहुँदै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो । सरकार सूचना प्रविधिको पहुँच हुने र नहुनेको दूरी कम गर्न लागिपरेको जानकारी दिनुहुँदै मन्त्री शर्माले अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले सोच्नुपर्ने बताउनुभयो । सूचना प्रविधिमा पहुँच हुने र पहुँच नहुने बीचको खाडल कसरी पुर्ने भन्ने विषयमा मिलेर काम गर्नु जरुरी रहेको जनाउँदै उहाँले विश्व बजारमा प्रविधि विकासको प्रतिस्पर्धामा उभिन
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

Public Service Preparation
१. छैटौँ हिन्द महासागरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?  सन् २०२३ मे १२–१३, बङ्गलादेश नारा : ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी।’ नेपालका तर्पmबाट परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले प्रतिनिधित्व गरेका। सम्मेलनमा हिमाल र महासागरबिचको प्राकृतिक सम्बन्ध सुदृढ हुनुपर्ने, हिन्द प्रशान्त क्षेत्रमा वास्तविक, सुदृढ र जिम्मेवार रूपमा सबै मुलुकले आपसी सहकार्य गर्नुपर्ने, हिन्द महासागरको रणनीतिक, आर्थिक र वातावरणीय महìवमा जोड एवं तटीय र दुर्गम क्षेत्रको जनजीवनमा जलवायु परिवर्तनको असरलाई सबैले मिलेर सम्बोधन गर्नुपर्नेमा जोड दिइएको। २. विसं २०८० वैशाख २५ को संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कसलाई सिफारिस गरेको हो ?  हरिकृष्ण कार्की पद रिक्त भएको पाँच महिनापछि कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्कीको
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)

Public Service Preparation
सेवा प्रवाहमा स्थानीय सरकार १. सोझै खरिद सम्बन्धमा प्रचलित कानुनमा भएका व्यवस्था जानकारी गराउँदै सोझै खरिद गर्नुअघि यकिन गर्नुपर्ने विषय उल्लेख गर्नुहोस्।  सार्वजनिक निकायलाई आवश्यक पर्ने मालसामान, सेवा वा निर्माण कार्य छोटो अवधि र छोटो प्रव्रिmया अपनाई प्राप्त गर्ने विधि सोझै खरिद हो। सार्वजनिक खरिद ऐन र नियमावलीमा सोझै खरिदसम्बन्धी नीतिगत र प्रव्रिmयागत व्यवस्था गरिएको छ । निम्न अवस्थामा सोझै खरिद गर्न सकिन्छ : क) देहायको फुटकर खरिद गर्नुपर्ने भएमा, दस लाख रुपियाँसम्मको लागत अनुमान भएको निर्माण कार्य वा मालसामान, पाँच लाख रुपियाँसम्मको लागत अनुमान भएको परामर्श सेवा वा अन्य सेवा, कम्पनीको आधिकारिक मर्मत वा सर्भिस सेन्टरबाट गरिने सवारीसाधन, औजार वा इलेक्ट्रिक डिभाइसको पाँच लाख रुपियाँसम्मको मर्मत। ख) खरिद सर्त पूरा गर्ने प्राविधिक दक्षता वा क्षमता एउटा मात्र आपूर्तिकर
सिटीइएभिटीद्धारा कार्यक्रम नवीकरणका लागि आवेदन माग

सिटीइएभिटीद्धारा कार्यक्रम नवीकरणका लागि आवेदन माग

Banner News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् स्तर निर्धारण तथा सम्बन्धन महाशाखाको शैक्षिक सत्र २०८०–८१ को लागि नवीकरणका लागि आवेदन माग गरेको छ । नियमित शुल्कमा जेठ १७ गतेसम्म र विलम्ब शुल्क (डबल दस्तुर) मा २४ गते भित्र आवेदन दिन सूचित गरेको छ । परिषद्बाट सम्बन्धन र स्वीकृति लिई सञ्चालनमा रहेका प्रि–डिप्लोमा र प्रमाणपत्र–डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन गरिरहेका संस्थाहरूले सम्बन्धन स्वीकृति पाएको मितिले दुई वर्ष पछि प्रत्येक वर्ष कार्यक्रम नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो वर्ष परिषद् प्रदेश कार्यालयबाट गरिएका नियमित अनुगमनबाट योग्य ठहरिएका संस्थाको कार्यक्रमहरूको नवीकरण अनलाइन मार्फत गर्न सूचित गरेको छ । प्राविधिक महाशाखाको अनुगमन–सुपरीवेक्षणबाट योग्य ठहरिएका सस्थाहरूले शैक्षिक सत्र ०८०–८१ का लागि कार्यक्रम नवीकरण गराउन सूचित गरेको छ ।