शिक्षकमा हुनुपर्ने गुणस्तर
हु न त अहिले घरमै बसीबसी एकैछिनको ‘सर्च’ र ‘क्लिक’बाट ब्रह्माण्डकै जानकारी पाउन सकिने प्रविधिको विकास भएको छ । तैपनि औपचारिक रूपमा सञ्चालन हुने शिक्षण सिकाइ प्रक्रियाको सन्दर्भ उठाउँदा विद्यालय, पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण विधिजस्ता विषय स्वतः आउँछन् । यिनमा पनि यी सबैको सार्थक प्रयोगका साथ उपयुक्त शैक्षिक वातावरण निर्माण गरी शिक्षण सिकाइ क्रियाकलापलाई सफल पार्ने जिम्मेवारी बोकेको शिक्षकको अनुहार उपस्थित हुन्छ ।
विद्यार्थीलाई पढाउने: सिकाउने भन्दा पनि उनीहरूमा जिज्ञासा उत्पन्न गराउने, अध्ययन गर्ने बानी बसाउने र अमूल्य मानव जीवनको महìवबोध गराउने काम शिक्षकको हो । असल मानवीय संस्कारको विकास गराउने तथा जीवनोपयोगी नयाँ नयाँ ज्ञान, सीप र धारणा सिकाउने काम पनि शिक्षककै हो । अझ विद्यार्थीमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रस्फुटन गर्न सहयोग गर्ने