Jandesh Nepal, Author at Education Patra | Page 11 of 173

Author: Jandesh Nepal

‘तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने’

‘तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने’

Main News, School Education, Special News Highlights
बझाङ। विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पीपल चौतारा र मन्दिर ।  अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो । लहरै बालकक्षादेखि ५ कक्षामा पढ्ने बालबालिका आफ्नै धुनमा किताब पल्टाइरहेका थिए । शिक्षकले कक्षालाई समय दिएर कसैलाई लेख्न त कसैलाई पढ्न लगाएका थिए । त्यतिकैमा एउटा अनुगमन टोली आइपुग्यो र बाहिर चौरमै बसेर अनौपचारिक रूपमा शिक्षकसँग जानकारी लियो । यता विद्यार्थीलाई भने विद्यालयमा नयाँ मान्छे आएकोमा कुनै चासो थिएन । जब टोली भान्छाकोठा हुँदै कक्षा कोठातिर गयो, त्यसपछि पनि विद्यार्थी त्यही गतिमा थिए । टोलीले विद्यार्थी अनुशासित हुन् या अल्छी हुन् भन्दै कानेखुसी गर्न थाले । कक्षाकोठाबाट फर्केपछि टोलीको निष्कर्ष रह्यो विद्यार्थी अनुशासित छन् । कक्षाकोठाको अनुगमनपछि शिक्षक शिक्षिकासँगका छल
अनेरास्ववियद्वारा स्ववियू निर्वाचनको मिति घोषणा गर्न माग

अनेरास्ववियद्वारा स्ववियू निर्वाचनको मिति घोषणा गर्न माग

Special News Highlights
जनादेश नेपाल, काठमाण्डौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियूका अध्यक्ष सुनिता बरालको टोलीले त्रिभुवन विश्वविद्यालयका पुगेर आज (मङ्गलबार) बुझाएको ज्ञापनपत्र लिँदै उपकुलपति प्रा.डा. बास्कोटाले स्ववियु निर्वाचन गराउने कार्यतालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले निर्वाचनका लागि तयार रहन समेत आग्रह गर्दै विद्यार्थी सङ्गठनसँगको छलफलपछि मिति तय गर्ने जानकारी गराउनुभयो । अध्यक्ष बरालले विश्वविद्यालय स्ववियूविहीन हुँदा विद्यार्थीका नाममा अराजकता चुलिँदै गएकाले निर्वाचन छिट्टै गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहको तयारी पुरा: एक हजार ६९९ विद्यार्थी दीक्षित हुने

काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहको तयारी पुरा: एक हजार ६९९ विद्यार्थी दीक्षित हुने

Banner News, Higher Education News, Main News, Top Feature News
काभ्रेपलाञ्चोक, मङ्सिर २७ गते। काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयू) को २८ औँ दीक्षान्त समारोह (पहिलो चरण) मा एक हजार छ सय भन्दा बढी विद्यार्थी दीक्षित हुने भएका छन्। विश्वविद्यालयले मङ्गलबार पत्रकार सम्मेलन गर्दै बिहीबार हुने २८ औँ दीक्षान्त समारोहको पहिलो चरणमा एक हजार ६९९ विद्यार्थी दीक्षित हुने जानकारी दिइएको हो। पहिलो चरणको दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्स, स्कुल अफ एजुकेसन, इन्जिनियरिङ, स्कुल अफ ल, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ मेडिकल साइन्सेज र स्कुल अफ साइन्स विधाका आठ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका एक हजार ६०६ जनासहित एक हजार ६९९ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका प्रवक्ता उद्धवप्रसाद लुइँटेलले जानकारी दिनुभयो। उहाँले दीक्षित हुनेमध्ये स्कुल अफ आर्ट्सका २२० जना, एजुकेसनका २०२ जना, इन्जिनियरिङका २६ जना, स्कुल अफ ल