वाग्मती प्रदेश सञ्चित कोषमा बर्सेनि अनपेक्षित
वाग्मती प्रदेश सञ्चित कोषमा बर्सेनि अनपेक्षित रकम जम्मा हुने गरेको छ ।
बितेको तीन वर्षमा लक्ष्यअनुसारको रकम जम्मा नहुँदा अपेक्षित सफलता प्राप्त नभएको जनाइएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा नदीजन्य पदार्थको राजश्व बाँडफाँटअन्तर्गत वाग्मती प्रदेश सरकारको सञ्चित कोषमा रु दुई अर्ब ५० करोड राजश्व सङ्कलनको लक्ष्य लिइएकामा आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्ममा रु ९८ करोड ६९ लाख ६५ हजार रकम मात्रै जम्मा भएको वाग्मती प्रदेश, सार्वजनिक लेखा समिति सभापति न्हुन्छेनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रदेशअन्तर्गतका अधिकांश स्थानीय तहले कोषमा रकम जम्मा गरिसके, केहीको बाँकी छ ।” श्रेष्ठका अनुसार लकडाउनका कारण रकम जम्मा हुन केही ढिला भएको हो । “बर्सेनि लक्ष्यअनुसारको रकम जम्मा भएको छैन, त्यसका विभिन्न कारण छन्”, उहाँल भन्नुभयो ।
शुरुको वर्ष सर्कुलरको भरमा पर्दा रु २५ करोड मात