Jandesh Nepal, Author at Education Patra | Page 121 of 173

Author: Jandesh Nepal

किसानको हितमा उद्योग चलाउने चिया उद्योगी

किसानको हितमा उद्योग चलाउने चिया उद्योगी

Uncategorized
इलाम, रासस: यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य भइरहेको छ । उद्योगीले चियाको उचित दाम नदिएको भन्दै किसान आन्दोलनमा छन् । यतिमात्र होइन, वर्षैपिच्छे उद्योगविरुद्ध किसान र मजदुरले आन्दोलन गर्छन् । यसको मतलव उद्योगीसँग किसान–मजदुर असन्तुष्ट छन् भन्ने बुझिन्छ तर, यही क्षेत्रमा किसान–मजदुरलाई ‘चित्त बुझ्दो’ दाम दिने उद्योगीको समेत कमी छैन । यसैमध्येमा पर्ने चिया उद्योगी हुनुहुन्छ सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईँ । सधैँ किसान–मजदुरको पक्षमा वकालत गर्ने चापागाईँ चिया उद्यमीमध्ये पनि सबैभन्दा ‘सिनियर’ उद्योगीमा पर्नुहुन्छ । उहाँ चिया क्षेत्रमा रहेदेखि नै सधैँ किसान–मजदुरकै पक्षमा काम गर्दै आएकाले सधैँ उद्योगमा किसान–मजदुर माथिल्लोस्तरमा पर्ने बताउनुहुन्छ । “मलाई उद्योगले किसानलाई हरियो चियापत्तीको मूल्य कम दिए भनेको सुन्दा अचम्म लाग्छ”, चापागाईँ भ
पानीको बहाव बढेपछि कोसी ब्यारेजको ४८ ढोका खुल्ला गरियो

पानीको बहाव बढेपछि कोसी ब्यारेजको ४८ ढोका खुल्ला गरियो

Main News
जनादेश, काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव यसै वर्षकै उच्च भएको छ । मंगलबार बिहानको मापन अनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पानीको बहाब उच्च भएपछि ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । बहावले खतराको सतह पार गरेपछि तटीय क्षेत्रमा रहेका बस्तीमा सर्तक रहन आग्रह गरिएको छ ।
विकराल बन्दै बेरोजगारी

विकराल बन्दै बेरोजगारी

Thought/Blog
आर्थिक वृद्धिका लागि श्रमशक्ति अत्यावश्यक मानिए पनि श्रमबजारमा उपलब्ध सबै श्रमशक्तिको उपयोग गर्ने क्षमता नभएका कारण बेरोजगारीको स्थिति बढेको हो । (more…)
माछा मार्न ढडिया बुन्दै   

माछा मार्न ढडिया बुन्दै   

Uncategorized
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका– १ सोनपुरका राम दुलारे थारु र उनका छोराले नदी किनारमा माछा मार्ने सामग्री (ढडिया) बनाउँदै । तस्वीरः माधव बेल्बासे/रासस
गण्डकी प्रदेश बाढी अपडेट : सडक, पुल र मन्दिर बगायो, एक बेपत्ता

गण्डकी प्रदेश बाढी अपडेट : सडक, पुल र मन्दिर बगायो, एक बेपत्ता

Main News
म्याग्दी । निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ । अन्नपूर्ण–३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताउनुभयो । बेनी–जोमसोम सडकअन्तर्गत घाँसखोलामा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ–तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ । रुप्सेखोलाको मोटरेबल पुलको दुईतर्फ पिलर ठड्याइएको थियो । घाँसाखोलाको पुल ढलान गर्न सेटिङ गरिएको थियो । रुप्से झरनाको परिसरमा र