Jandesh Nepal, Author at Education Patra | Page 123 of 173

Author: Jandesh Nepal

महामारीका कारण बन्द रहेको चिनियाँ चलचित्र क्षेत्र पुनः सञ्चालनमा

महामारीका कारण बन्द रहेको चिनियाँ चलचित्र क्षेत्र पुनः सञ्चालनमा

International
कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरी खुल्न थालेका छन् । सोमबार चलचित्र हेर्नका लागि धेरैले टिकट काटेको चिनियाँ चलचित्र अधिकारीहरुले जानकारी दिएका छन् । हल सञ्चालन गर्न र टिकट काट्न अधिकारीहरुले अघिल्लो हप्ता सूचना जारी गरेका थिए । कोरोनाभाइरसको जोखिम कम भएका ठाउँमा हलहरु खोल्न र सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको थियो । सरकारी अधिकारीहरुको आग्रह अनुसार सिन्च्याङ, साङ्घाई, बेइजिङलगायतका ठाउँमा चलचित्र हलहरु सञ्चालनमा आउन थालेका हुन् । देशको पूर्वी सहर साङ्घाईमा त साङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पनि आउदो शनिबारदेखि शुरु हुने भएको छ । त्यसका लागि सोमबार विहान टिकट खुल्ला गरेको दश मिनेटमै एक लाख टिकट विक्री भएको बताइउको छ । अहिले खुल्ला गर्न नसकिएका कतिपय ठाउँमा खुल्ला गराउनका लागि तयारी पनि भइरहेको जनाइएको छ । चीनका अधिकांश स्था
कोरोना भाइरसपछिको सुधार योजनाका लागि सम्झौता हुनेमा नेताहरू आशावादी

कोरोना भाइरसपछिको सुधार योजनाका लागि सम्झौता हुनेमा नेताहरू आशावादी

International
कोरोनाभाइरसका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोरोनाभाइरसपछिको आर्थिक पुनःप्राप्ति योजनाका लागि सम्झौता हुनेमा यूरोपेली नेताहरूले विश्वास व्यक्त गर्नुभएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्राँे र जर्मन चान्सलर एन्जेला मर्केलले ब्रसेल्समा भएको ईयू शिखर सम्मेलनको चौथो दिन सोमबार उक्त धारणा व्यक्त गर्नुभएको हो । म्याक्रोँले भन्नुभयो, “कोरोनाभइरसका कारण तहसनहस बनेको अर्थतन्त्र सुधारका लागि ‘ समझदारी र सम्झौताको सम्भावित आशा’ सम्मेलनबाट पलाएको छ । पीडाहरूबारे छलफल पुनः सुरु भएका छन् । अझै कुनै पनि कुरामा सहमति भएको छैन त्यसैले सहमति निर्माणका लागि म अत्यन्त होशियार रहनेछु । “त्यहाँ सम्झौताको भावना रहेको छ । त्यहाँ धेरै धेरै तनावपूर्ण क्षणहरु रहेका छन् र केहि क्षणहरु छन् जुन पक्कै पनि कठिन हुनेछन्,” उहाँले भन्नुभयो । सम्मेलनका तीन दिनको लामो छलफलपछि पनि ईयू समूहका २७ मुलुकका नेताह
इरान छिमेकी राज्यहरूसँगको मतभेदबारे वार्ता गर्न तयार

इरान छिमेकी राज्यहरूसँगको मतभेदबारे वार्ता गर्न तयार

International
तेहरानले आफ्ना छिमेकी तथा अरब क्षेत्रका मुलुकहरूसँगको मतभिन्नतालाई वार्ताद्वारा समाधान खोज्न तयार रहेको इरानी अधिकारीले बताएका छन् । इरानले मतभिन्नतालाई सुल्झाउन खाडी मुलुकहरूसँगको वार्ताका लागि तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीलाई उद्धृत गरी तास्निम समाचार संस्थाले सोमबार समाचार सम्प्रेषण गरेको छ । इरान साउदी अरबलगायत सबै क्षेत्रीय देशहरूसँग वार्ता तथा सहयोगका लागि सदैव तयार रहेको प्रवक्ता मौसवीले आइतबार आफ्नो इराक भ्रमणका क्रममा परराष्ट्रमन्त्री मोहम्मद जावेद जरीफसँथ बताउनुभयो । “इरानले सधै अरब क्षेत्रको स्थायित्व, सुरक्षा र शान्ति चाहन्छ र यस क्षेत्रको आर्थिक समृद्धि, सुरक्षा बहाली र राजनीतिक तथा सामाजिक स्थायित्वका लागि वार्ता नै उत्तम विकल्प रहेको छ,” मौसवीले भन्नुभयो । बग्दाद भ्रमणका क्रममा जरीफले इराकी राष्ट्रपति बाहहम सलिह, प्रधानमन्त्री मुस्तफा अल कादिम
साउदी अरबका राजा सलमान अस्पताल भर्ना

साउदी अरबका राजा सलमान अस्पताल भर्ना

International
साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सोमबार जनाएको छ । दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा सम्प्रेषित समाचार अनुसार ८४ बर्षीय राजालाई पित्तासय सुनिएकोले परीक्षणका लागि अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ । कोरोनाको त्रासका कारण साउदी राजा सलमान केही समयदेखि सार्वजनिक हुनुभएको थिएन । उहाँ सन् २०१५ को जनवरीदेखि राज्यशक्तिमा हुनुहुन्छ । उहाँ आफ्नो पुस्ताको अन्तिम राजा हुनुहुन्छ । राजा सलमानको ३४ बर्षीय छोरा राजकुमार मोहम्मद बिन सलमान हुनुहुन्छ । उहाँलाई नै भावी राजा मानिएको छ । उहाँमा राम्रो नेतृत्व क्षमता रहेको छ । राजा सलमानकै सहयोग र समर्थनमा उहाँलाई हालै मात्र राजधानीमा सारिएको छ ।
रुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

रुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Main News
देवराज सुवेदी सिन्धुपाल्चोक, (रासस) ः तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । सो ताल फुट्दा भोटेकोशी नदीमा बाढी आउने सम्भावना रहेकाले नेपालतर्फको तातोपानी क्षेत्रदेखि बाह्रबिसे, खाडीचौरलगायतका भोटेकोशी नदीतटीय सबै क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ सूचना जारी गर्दै सुरक्षा सतर्कता उपनाउन तल्लोतटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । ‘‘खासा क्षेत्रमा रहेको केरुङ छ्यो ताल फुट्ने खतरा बढेको छ,’’ चिनियाँ समकक्षीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सोही सूचनाका आधारमा तल्लोतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरिएको बताउनुभयो । चिनियाँ समकक्षीले सोमबार साँझपख मात्रै ता
भदौ १ गतेदेखि हवाइ उडान खोल्ने मन्त्रीपरिषद्को निर्णय

भदौ १ गतेदेखि हवाइ उडान खोल्ने मन्त्रीपरिषद्को निर्णय

Uncategorized
जनादेश, काठमाण्डौ । काठमाडौं ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको भट्टराईले बताए ।
प्रतिभालाई दुई लाख सहयोग

प्रतिभालाई दुई लाख सहयोग

Uncategorized
काठमाडौँ, ५ साउन (रासस) ः नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले भलिबल खेलाडी प्रतिभा मालीलाई उपचारका लागि रु दुई लाख सहयोग गरेको छ । लामो समयदेखि चोटील बनेकी मालीलाई सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, पूर्वअध्यक्ष दीपक विष्ट र १३औँ सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले आज सहयोग हस्तान्तरण गरेका हुन् । नेपाल भलिबल सङ्घले आयोजना गरेको पाँचौँ संस्करणको राष्ट्रिय वाणिज्य बैंक एनभीए कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा माली गत वर्ष माघ १० गते घाइते हुनुभएको थियो । उहाँको घुँडामा चोट लागेको थियो । प्रतिभा घुँडाको शल्यक्रियापछि थेरापी गर्दै आउनुभएको छ । चोटकै कारण उहाँले प्रतियोगितामा भाग लिन सक्नुभएन । आर्थिक अभाव भएपछि सङ्घले आफ्नो खेलाडी अक्षय कोषबाट सो सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघि प्रतिभालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपचार
कानून कार्यान्वयनमा नचुक्नुस् ः प्रहरी महानिरीक्षक

कानून कार्यान्वयनमा नचुक्नुस् ः प्रहरी महानिरीक्षक

Main News
  काठमाडौँ, ५ साउन (रासस) ः प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानूनको कार्यान्वयनमा नझुक्न र नचुक्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल पुलिस क्लबमा आज आयोजित महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्देशन दिनुभएको हो । प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीसमक्ष प्रहरीले उच्च आचरण र व्यवहारसहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने उहाँले बताउनुभयो । अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै उहाँले प्रहरी सङ्गठनले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशासम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । कोरोना
पत्रकारलाई पेशाबाट वञ्चित गरेकाप्रति काँग्रेस नेताहरुको आपत्ति

पत्रकारलाई पेशाबाट वञ्चित गरेकाप्रति काँग्रेस नेताहरुको आपत्ति

Uncategorized
जनादेश , (रासस) : काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले विभिन्न बहानामा पत्रकारलाई पेशाबाट वञ्चित गरिएकाप्रति आपत्ति जनाएका छन् । कोरोना भाइरसले नेपाली सञ्चार क्षेत्रमा पारेको असरबारे नेपाली काँग्रेसको कोरोना अनुगमन समिति र नेपाल पत्रकार महासङ्घबीच आज भएको छलफलमा नेपाली काँग्रेसका सहमहामन्त्री एवं कोरोना अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले पत्रकार जनताको पिरमर्का उजागर गर्न लागीरहेको बताउँदै उनीहरको पेशागत सुनिश्चितताका लागि सरकार तथा सम्बन्धित सञ्चार गृहले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कोरोना अनुगमन समितिका सदस्य डा चन्द्र भण्डारीले कोरोना विपद्को समयमा पत्रकारलाई संरक्षण गर्नुपर्नेमा रोजगारीबाटै निष्काशन गर्नु अत्यन्तै अमानवीय व्यवहार भएको टिप्पणी गर्नुभयो । काँग्रेसकै नेता एनपी साउदले अहिलेको परिस्थितिमा सबै बाँच्ने र
नेविसङ्घद्वारा त्रिविमा तालाबन्दी

नेविसङ्घद्वारा त्रिविमा तालाबन्दी

Uncategorized
काठमाडौँ, रासस० ः नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० ले मापदण्डविपरीत विभिन्न नियुक्ति गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा ताला लगाएको छ । विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकर्तालाई प्राथमिकता दिएको आरोप लगाउँदै नेविसङ्घ त्रिवि समितिले आज रजिष्ट्रार र रेक्टरको कार्यालयमा समेत ताला लगाएको हो । सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको व्यवस्थापनभन्दा पनि अमुक पार्टीका कार्यकर्ताको व्यवस्थापन गर्ने गरी हालै नियुक्ति गरिएका विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिनहरूको नियुक्ति खारेज गरी विश्वविद्यालयको मापदण्डअनुसार नियुक्त नगरेसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गर्दछौँ ।’ मागसँगै वार्ताका लागि पटक–पटक पहल गर्दा पनि पदाधिकारी तयार नभएपछि आफूहरु तालाबन्दी गर्न बाध्य भएको सङ्घका नेत