Jandesh Nepal, Author at Education Patra | Page 133 of 173

Author: Jandesh Nepal

आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै

आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै

Uncategorized
प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा किरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ । यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै
विदेशमा कोभिड–१९ बाट १६० नेपालीको मृत्यु

विदेशमा कोभिड–१९ बाट १६० नेपालीको मृत्यु

Uncategorized
विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ ।
ठोरीको सीता गुफा नजिकै उखेलेर फालेको सीमा स्तम्भ पुनः गाडियो

ठोरीको सीता गुफा नजिकै उखेलेर फालेको सीमा स्तम्भ पुनः गाडियो

Main News
जनादेश, पर्सा । पर्साको ठोरी गाँउपालिका– २ स्थित सीता गुफा नजिकै अज्ञात समूहले उखेलेर फालेको नेपाल भारत सीमास्तम्भ पुनः गाडिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, ठोरी गाँउपालिकाका जनप्रतिनिधीलगाएत भारतीय सुरक्षाकर्मीहरुको उपस्थितिमा गएराति ९ बजे सीमास्तम्भ गाडिएको हो । ४३६ नम्बरको पिल्लर गाडिएको स्थानभन्दा ५ मिटर भारततर्फको भुभागमा उखेलेर फालिएको थियोे । प्रधामन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म ठोरीमा भएका अभिव्यक्ति दिए लगत्तै भारतमा चर्को आलोचना भएको थियो । यस्तै, ठोरीवासीले भने त्यहाँ उत्खनन हुनुपर्ने जनाउँदै धन्यवाद ज्ञापन गरेका छन् ।