Jandesh Nepal, Author at Education Patra | Page 138 of 173

Author: Jandesh Nepal

पर्वतको क्वारेन्टिनमा एक वृद्धको मृत्यु

पर्वतको क्वारेन्टिनमा एक वृद्धको मृत्यु

Main News
जनादेश, पर्वत । पर्वतको पैंयुँ गाउँपालिका वडा नं ६ को सामुदायिक क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ । गत असार १६ गते भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका वृद्ध शुक्रबार बेलुका एक्कासी बेहोस भएका थिए । बेहोस भएलगत्तै गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका उनलाई थप उपचारका लागि पोखरा लैजादै गर्दा मृत्यु भएको हो । भारतबाट फर्किएका उनको कोरोना पिसिआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो । मृतकको स्वाब संकलण गरी परीक्षणका लागि पठाइएको छ ।
विश्व कोरोना अपडेट : पाँच लाख ९९ हजार ३४१ को मृत्यु, एक करोड ४१ लाख ८९ हजार संक्रमित

विश्व कोरोना अपडेट : पाँच लाख ९९ हजार ३४१ को मृत्यु, एक करोड ४१ लाख ८९ हजार संक्रमित

International
जनादेश, काठमाडौँ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विश्वभर हालसम्म पाँच लाख ९९ हजार ३४१ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या एक करोड ४१ लाख ८९ हजार २२३ पुगेको छ भने ८४ लाख ५५ हजार २०६ जना उपाचारपछि कोरोना मुक्त भएका छन् । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा संक्रमणका कारण एक लाख ४२ हजार ६४ जनाको मृत्यु भएको छ भने ३७ लाख ७० हजार १२ जना संक्रमित फेला परेका छन् । अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ७७ हजार ९३२ जनाको मृत्यु भइसकेको छ भने २० लाख ४८ हजार ६९७ जना संक्रमित भेटिएका छन् । यस्तै, भारत २६ हजार २८५, इटलीमा ३५ हजार २८, स्पेनमा २८ हजार ४२०, फ्रान्समा ३० हजार १५२, इरानमा १३ हजार ७९१, बेल्जीयममा ९ हजार ७९५, जर्मनीमा ९ हजार १६०, नेदरल्याण्डमा ६ हजार १३८, टर्कीमा
दौडने विन्दु एउटै भयो भने खेल निष्पक्ष हुन्छ : तापसी पन्नू

दौडने विन्दु एउटै भयो भने खेल निष्पक्ष हुन्छ : तापसी पन्नू

Uncategorized
काठमाडौँ ।  यतिखेर बलिउडमा नातावादको विषय चर्किरहेको छ । अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि यो विषयले बलिउड तताएको हो । सुशान्तको मृत्युपछि अभिनेत्री कंगना रनावतले यसको कारणमध्ये नातावाद पनि रहेको कुरा बोलेकी थिइन् । त्यसपछाडि बलिउडमा पक्ष विपक्षमा बोल्नेहरु थपिएका छन् । यसबीच अभिनेत्री तापसी पन्नूको ट्वीटलाई लिएर पनि चर्चापरिचर्चा हुन थालेको छ । हुन त अभिनेत्री पन्नू पनि संघर्ष गरेर बलिउडमा प्रवेश गरेकी हुन् । उनी पनि 'आउटसाइडर' कलाकारमा पर्छिन् । शुक्रबार अभिनेत्री पन्नूले निष्पक्ष दौडको विषय जोड्दै लेखिन्, 'दौडमा सबै खेलाडीको सुरुवाती विन्दु एकै भएमात्र त्यो दौड निष्पक्ष हुन्छ र नतिजा पनि मान्य हुन्छ । तर भएन भने तुलना सुरु हुन्छ र त्यसपछि आउने आक्रमणले खेलको गरिमा नै खोसिदिन्छ ।'