Jandesh Nepal, Author at Education Patra | Page 167 of 173

Author: Jandesh Nepal

प्रधानमन्त्रीको राष्ट्रपतिसंग दोस्रो भेट, मन्त्रीहरू बालुवाटारमा

प्रधानमन्त्रीको राष्ट्रपतिसंग दोस्रो भेट, मन्त्रीहरू बालुवाटारमा

Main News
असार २०,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलका सबै मन्त्री तथा राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाउनुभएको छ । शनिबार साँझ साढे सात बजेपछि सबै मन्त्रीलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठकको कुनै निश्चित एजेण्डा नभए पनि समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले मन्त्री सबैलाई बालुवाटारमा बोलाउनुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो । पछिल्लो समय पार्टी भित्रबाटै प्रधानमन्त्रीको राजीनामा माग भएपछि नयाँ राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आफूलाई बैठकबारे कुनै जानकारी नआएको गोरखापत्रलाई बताउनुभयो । स्रोतःगोरखापत्र अनलाइन
कोरोना भाइरस भारत: अगस्ट १५ सम्ममा कोभिड-१९ विरुद्धको खोप तयार ‘हुन सक्ने’

कोरोना भाइरस भारत: अगस्ट १५ सम्ममा कोभिड-१९ विरुद्धको खोप तयार ‘हुन सक्ने’

International
एजेन्सी । भारतीय चिकित्सा अनुसन्धान परिषद् आईसीएमआरले कोरोनाभाइरसविरुद्धको खोप अगस्ट महिनाको १५ तारिखसम्म सर्वसाधारणका लागि उपलब्ध हुन सक्ने बताएको छ। परिषद्ले खोपको परीक्षणमा संलग्न संस्थाहरूलाई पत्र लेखेर यस्तो जानकारी गराएको हो। भारतमा विकास भइरहेको उक्त खोप आईसीएमआर र हैदराबादस्थित भारत बायोटेक कम्पनी मिलेर बनाइरहेका छन्। क्लीनीकल परीक्षण पूरा भएमा अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसको अवसर पारेर यो खोप सर्वसाधारणहरूका लागि उपलब्ध गराउन सकिने आईसीएमआरको भनाइ छ। भारतले कोरोनाभाइरस खोपको मानवमा परीक्षण गर्ने कोरोनाभाइरसविरुद्ध एउटा अर्को खोपको मानव परीक्षण सुरु खोपको क्लीनीकल परीक्षणका लागि भारतका १२ संस्थालाई चुनिएको छ। आईसीएमआरका निर्देशक डा. बलराम भार्गवले जुलाई २ मा ती १२ संस्थालाई आगामी जुलाई ७ सम्ममा परीक्षणको स्वीकृति लिइसक्नुपर्ने बताएका छन्। पत्
मानब शरीरका लागि तुलसीका फाइदै फाइदा

मानब शरीरका लागि तुलसीका फाइदै फाइदा

Health Care
जनादेशडेली तुलसी प्राय सबैको घरघरमा रोपिएको देख्न सकिन्छ ।  बिशेष गरी आज हरीशयनी एकादशीको दिन तुलसी रोप्ने प्रचलन छ । सबैको घरघरमा  हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ । पुजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ । यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस ५–१० मिलि मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ । बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ । विषम ज्वर वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग
कसरी पुर्याउँछ मेवाले हाम्रो शरीरलाई  फाइदा ?

कसरी पुर्याउँछ मेवाले हाम्रो शरीरलाई फाइदा ?

Health Care
जनादेशडेली संबाददाता । २० अषाढ, काठमाण्डौ । मेवा तराई, पहाड, भित्र मदेश जताततै पाइने मिठो फल हो । यो खानलाई अत्यन्त रसिलो र मिठो हुन्छ । मेवा भिटमनि ए को प्रमुख स्रोत हो । साथै यसमा पोटासियम तथा क्याल्सियम तत्व पनि पर्याप्त पाइने भएकाले पेट तथा मुटु दुबैको  लागि लाभदायी हुन्छ । १. मेवा  बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि हो । मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ । २. यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको सरीरमा कमी हुन दिँदैन । ३. यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ । ४. मेवाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । ५. मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ । ६. मेवाको
कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना संक्रमण

कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना संक्रमण

Health Care
२० असार, काठमाडौँ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत आइतबार उपचारका उदयपुरबाट ल्याइएका शिशुमा शुक्रबार कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि पछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ । अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै, शिशुको अवस्था भने सामान्य रहेको बताए । आइसोलेसन वार्डमा शिशुको उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण गर्ने तयारी भएको बताए । आइसोलेसन वार्डमै रहेका केही बच्चाहरुको समेत पीसीआर परीक्षणका लागि पठाएको तर त्यसको रिपोर्ट आइनसकेको उनले जानकारी दिए ।
तयारी नपुगको भन्दै नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित

तयारी नपुगको भन्दै नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित

Uncategorized
जनादेशडेली संबाददाता । २० अषाढ, काठमाण्डौ । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक स्थगित भएको छ । सहमति दुबै पक्ष बीच सहमति जुट्न नसकेले शनिबारका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न सहमत भएका हुन् ।
मेसीले बार्सिलोना छोड्दै

मेसीले बार्सिलोना छोड्दै

Uncategorized
एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेसी पछिल्लो समय क्लबप्रति खुसी छैनन्। हालै उनले सार्वजनिक रुपमा क्लब प्रति टिप्पणी गदै आएकाछन् । ला लिगाको उपाधि यात्रामा धक्का लागेपछि मेसी र क्लबका अफिसियलबीच मतभेद बढेको छ। पछिल्लो दुई सिजनको ला लिगा च्याम्पियन बार्सिलोनाको खेल खस्किदा कप्तानको भूमीकामा रहेका मेसीमाथि दबाब थपिएको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्ष स्थानको रियल म्याड्रिड भन्दा ४ अंकले पछि छ। लिगमा अब पाँच चरणका खेल बाँकी छन्। जसमध्ये चार खेलमा विजयी भए रियलले बार्सिलोनालाई पछि पारेर उपाधि जित्नेछ।