Jandesh Nepal, Author at Education Patra | Page 169 of 173

Author: Jandesh Nepal

फिल्म क्षेत्रकै ‘ब्रान्ड’ःमहानायक राजेश हमाल

फिल्म क्षेत्रकै ‘ब्रान्ड’ःमहानायक राजेश हमाल

Uncategorized
  जनादेशडेली संबाददाता । जब राजेश हमाल फिल्म क्षेत्रमा आए त्यसपछि उनलाई कहिल्यौ पछि फर्कनु परेन । उनले यसक्षेत्रको उन्निती प्रगतिका लागि निकै योगदान दिए । तर उनलाई विबादमा ल्याउन एकथरी मान्छ सधै लागी रहे । नेपाली चलचित्रमा पनि नायक राजेश हमालको नामको अगाडि जोडिएको ‘महानायक’ शब्द सधै चर्चा र विवादमा रहन्छ । रोचक कुरा त के छ भने, हमाललाई दिइएको यो उप–नाममा विवाद गर्ने चलचित्रकर्मी नै धेरै छन् । दर्शकलाई यो कुरामा कुनै गुनासो छैन
सलहले कृषि बालीमा ठुलो क्षति, सलल पहाड चढयो

सलहले कृषि बालीमा ठुलो क्षति, सलल पहाड चढयो

Uncategorized
जनादेशडेली संबाददाता । १९ असार, काठमाडौं । सलहले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय हेक्टर र अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुगेको उनले बताए । सलहले मकै र तरकारीमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै कृषि सचिव राजेन्द्रप्रसाद भारीले मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा सलहले बढी क्षति पुर्‍याएको जानकारी दिए  
गिरी पनि बोर्ड सदस्यमा मनोनीत, क्यानमा फर्किए लामा

गिरी पनि बोर्ड सदस्यमा मनोनीत, क्यानमा फर्किए लामा

Uncategorized
जनादेशडेली संबाददाता । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा छुम्बी लामा र धर्मराज गिरी मनोनीत भएका छन् । लामा र गिरी राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा मनोनीत भएका हुन् । परिषद्ले क्यानको बोर्डमा आफ्ना दुईजना प्रतिनिधि सिफारिस गर्न पाउने प्रावधान छ । गत १० असारमा परिषद्कै सिफारिसका आधारमा मंगलबार लामा र गिरीले क्यानमा बोर्ड सदस्यका रूपमा प्रवेश पाएका हुन् । व्यवस्थापनमा निकै पोख्त मानिएका लामा क्विन्स इभेन्ट्सका प्रबन्ध–निर्देशक हुन् । क्यानका अर्को मनोनीत गिरी मदन भण्डारी स्पोर्टस् फाउन्डेसनअन्तर्गत क्रिकेट विभागका उपाध्यक्ष हुन् । यसअघि लामाले क्यानमा चिफ अपरेटिङ अफिसर (सिओओ) को अनुभव बटुलिसकेका छन् । ०६८ सालमा टंक आङबुहाङ अध्यक्ष क्यानमा उनले म्यानेजमेन्ट लेभल जिम्मेवारी पाएका थिए ।