Jandesh Nepal, Author at Education Patra | Page 19 of 173

Author: Jandesh Nepal

सर्वोच्च अदालत: जीएमआरको निवेदनमा विपक्षीलाई सूचना

सर्वोच्च अदालत: जीएमआरको निवेदनमा विपक्षीलाई सूचना

Uncategorized
जनादेश नेपाल, काठमाण्डौं। सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्था भारतीय कम्पनी जीएमआरलाई दिने अन्तरिम आदेशविरुद्धको निवेदनमा विपक्षीलाई सूचना दिन आदेश गरेको छ । अन्तरिम आदेश खारेजीको माग गर्दै जीएमआरका तर्फबाट दायर निवेदनमा सुनुवाइ गर्दै अदालतले सूचना दिने आदेश गरेको हो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले सूचना दिने आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । यसअघि न्यायाधीश खतिवडाकै इजलासले कात्तिक १७ गते अन्तरिम आदेश जारी गरेको थियो । अब दुवै पक्षबीचको उपस्थितिमा अन्तरिम आदेश निरन्तर हुने वा नहुनेबारे छलफल हुनेछ । अदालतले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएमा म्याद थपसम्बन्धी निर्णय कार्यान्वयन रोकिनेछ । आदेश खारेज भएमा म्याद थपको निर्णय कार्यान्वयन हुनेछ । नेपाल सरकार, लगानी बोर्ड र जीएमआरबीच
जनकपुरधाममा मनाइने विवाहपञ्चमी महोत्सव आजदेखि

जनकपुरधाममा मनाइने विवाहपञ्चमी महोत्सव आजदेखि

Spiritual Knowledge
जनकपुरधाम । जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ हुँदै छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ । प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि विधिवत् प्रारम्भ हुने भएपछि मन्दिरलगायतका स्थान रङ्गीचङ्गी फूलले सजाउन थालिएको छ । महोत्सवका लागि आवश्यक सबै तयारी पूरा भएको जानकी मन्दिरका सहायक महन्थ रोशन दासले बताउनुभयो । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको विवाह स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबार नगरदर्शन गरी प्रारम्भ हुनेछ । सात दिनसम्म विधिवत् रूपमा मनाइने विवाहपञ्चमीमा प्रत्येक दिन विवाहका विधिहरू गर्ने गरिन्छ । विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन मङ्सिर ७ गते बुधबार नगरदर्शन, दोस्रो दिन मङ्सिर ८ गते बिहीबार फूलबारी लीला, मङ्सि
विकासको स्वर, नारायणको शब्दमा ‘नखरा कबुल’ सार्वजनिक ( भिडियो )

विकासको स्वर, नारायणको शब्दमा ‘नखरा कबुल’ सार्वजनिक ( भिडियो )

Entertainment, Videos
जनादेश नेपाल, काठमाण्डौं। कवाली शैलीको 'नखरा कबुल' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको रहेको छ। गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ। यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्प खड्का फिचर्ड छन्। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक राणाको युट्युब च्यानल 'विकास राणा अफिसिएल' मार्फत सार्वजनिक भएको हो। यसअघि गायक राणाको स्वरमा समावेश 'प्रेमको परिभाषा', ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीतहरु सार्वजनिक भएका थिए । https://youtu.be/-T9pUlvVi10  
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले होमेन्द्र गुरमैताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले होमेन्द्र गुरमैताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Uncategorized
जनादेश नेपाल, काठमाण्डौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय बाराका प्रमुख होमेन्द्र गुरमैताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन निमित्त कार्यालय प्रमुख एवं बाली संरक्षण अधिकृत गुरमैतासहित ६ जनाविरुद्ध मुद्धा दायर गरिएको हो । गुरमैता र लेखा अधिकृत अवधेश नन्दन बर्माले २०६५/०६६ मा कृर्षी उपज बजार सेड निर्माण कार्य पीपरपाती बाराका लागी नापी किताव तथा कार्य सम्पन्न प्रतिवेदन विना उपभोक्ता साझेदारी रकम कट्टा नगरी रु. ६ लाख २५ हजार ५५२ रुपैयाँ ९ पैसा भुक्तानी गरी हिनामिना गरेको अख्तियारले जनाएको छ । सोही योजनामा उपभोक्ता समितिको सञ्चालक समितिमा रहेर काम गर्ने तत्कालीन योजनमा अधिकृत राम दयाल ठाकुर, समिति सदस्य सुरेन्द्र कुमार सिंह, विनय कुमार सिंह र प्रमोद प्रसाद यादवविरुद्ध पनि मुद्धा
हामीलाई उपेक्षा गरेर अघि बढ्न सकिन्न : रवि लामिछाने

हामीलाई उपेक्षा गरेर अघि बढ्न सकिन्न : रवि लामिछाने

Top Feature News
जनादेश नेपाल, काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने गरी नतिजा आउने दाबी गरेका छन्। मतदान सम्पन्न भएपछि आइतबार चितवनमा सभापति लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउने बताए ।  चितवन क्षेत्र नम्बर २ को मतगणनाअघि सर्वदलीय बैठक सकेर फर्कँदा प्रतिक्रिया दिँदै लामिछानेले आफूहरूलाई साथ नलिएर अघि बढ्न नसक्ने अवस्था आउने दाबी गरे। उनले भने, ‘देशभरको रिपोर्टिङले उत्साहित छु,’ उनले भने, ‘सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ । हामी देशभर अपेक्षा गरेभन्दा धेरै मत पाउँदै छौँ । समानुपातिकतर्फ राम्रो परिणाम आउँदै छ ।’ पार्टी प्रवक्ता डा. मुकुल ढकालले समानुपातिकतर्फ करिब ३० सिट ल्याएर आफ्नो दल पहिलो हुने दाबी गरे । चितवन–२ को मतगणना दिउँसो १ बजेपछि सुरु हुँदैछ। उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र
यथास्थितिविरुद्ध असन्तुष्टि र आक्रोश राम्रो कुरा हो: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

यथास्थितिविरुद्ध असन्तुष्टि र आक्रोश राम्रो कुरा हो: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

Uncategorized
जनादेश नेपाल, काठमाण्डौं।  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलहरूको यथास्थितिविरुद्ध मतदाताले असन्तुष्टि व्यक्त गरेको बताएका छन् । ‘यथास्थितिविरुद्ध असन्तुष्टि र आक्रोश राम्रो कुरा हो,’ भट्टराईले ट्वीटरमा भनेका छन्, ‘त्यसले नै नयाँ विकल्पको खोजीलाई अभिप्रेरित गर्छ । मतदाताको मनोविज्ञानलाई राजनीतिक दलले पनि स्वीकार गरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलहरूको यथास्थितिविरुद्ध मतदाताले असन्तुष्टि व्यक्त गरेको बताएका छन् । ‘यथास्थितिविरुद्ध असन्तुष्टि र आक्रोश राम्रो कुरा हो,’ भट्टराईले ट्वीटरमा भनेका छन्, ‘त्यसले नै नयाँ विकल्पको खोजीलाई अभिप्रेरित गर्छ । तर नेतृत्वले असन्तुष्टिलाई सुविचारित अग्रगामी दिशा दिन सकेन भने स्वस्फूर्त आक्रोश दक्षिणपन्थी वा उग्रवामपन्थी पपुलिज्म वा अराजकतावादमा परिणत हुन सक्छ, कराइबाट उम्केर भुंग्रोमा नफसौं ।’ तर नेतृत्वले असन्तुष्टिलाई सु
सीता र राम विवाह पञ्चमीको तयारी सुरु

सीता र राम विवाह पञ्चमीको तयारी सुरु

Spiritual Knowledge
जनकपुरधाम। त्रेता युगमा सीता र रामबिच भएको विवाहको स्मरण गर्दै प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवको तयारी तीव्र रूपले भइरहेको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सिताबिच भएको विवाहको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको हो । यही मङ्सिर ७ गतेदेखि १३ गतेसम्म सप्ताहव्यापी विधिवत् धूमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवको तयारी भव्य रुपमा मनाउने उदेश्यका साथ तीव्र रूपले तयारी भइरहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो । विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मङ्सिर ७ गते नगर दर्शन, दोस्रो दिन मङ्सिर ८ गते फूलबारी लीला, मङ्सिर ९ गते धनुष यज्ञ, चौथो दिन मङ्सिर १० गते तीलकोत्सव, मङ्सिर ११ गते मटकोर र मङ्सिर १२ गते राम सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ र सप्ताहव्यापी विवाह महोत्सवक
उत्साहका साथ मतदानमा सहभागि हुन नरैनापुर गाँउपालिका अध्यक्ष शाहको अपिल

उत्साहका साथ मतदानमा सहभागि हुन नरैनापुर गाँउपालिका अध्यक्ष शाहको अपिल

Main News
नरैनापुर_बाँके । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुरमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले कुनै पनि डर, त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्नु भएको छ । गाउँपालिकामा रहेका १२ वटा मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको बताउँदै उहाँले मतदानस्थल तयार पार्ने काम सम्पन्न गरेको बताउनुभयो । अध्यक्ष शाहले भन्नु भयो ‘ गृह प्रशासनले शान्ति सुरक्षाको पूर्णरूपमा सुनिश्चितता गरेको छ, नरैनापुरमा भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरिएको छ, त्यसका लागि आवश्यक तयारी पूरा भएको छ, निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्दछु ।’ अध्यक्ष शाहले
धर्म, संस्कृति, बोली र व्यवहार

धर्म, संस्कृति, बोली र व्यवहार

Ethical Education, Spiritual Knowledge
डा. रामचन्द्र अधिकारी । धर्म–संस्कृति–धर्म प्रत्यक्ष देख्न र छुन नसकिने अभौतिक भावना, संस्कृति प्रत्यक्ष देख्न, सुन्न र छुन सकिने भौतिक विषयवस्तु। यद्यपि संस्कृतिभित्र पनि अभौतिक भावना लुकेको पाइन्छ। धर्म मानिसको मन चित्तसँग अन्तर्सम्बन्धित विषय हो। संस्कृति रंगीचंगी रूप र शब्दतरंगसँग जोडिएको गहना। धर्मले मानिसको मलीन मन र अशुद्ध चित्तको शोधन गर्छ। संस्कृतिबाट मानिसले प्रत्यक्ष मनोरञ्जन प्राप्त गर्छ। सांसारिक प्रपञ्चबाट दुःखी भएको मानिस जब ऊ कुनै सांस्कृतिक कार्यक्रममा पुग्छ, त्यहाँको मनोरम दृश्य देखेर ऊ एकाएक रमाउँछ। दुःख पीडा भुलेर खुसी हुन्छ। धर्मको गहिराइ जोकोहीले अनुभव गर्न सक्दैनन्। सतहमा देखिने संस्कृति भने सबैले देख्न, सुन्न र मनोरञ्जन लिन सक्ने सरल प्रकृतिको हुन्छ। धर्मले सकारात्मक सोच, दयादृष्टि, परोपकार, सेवाभाव, त्याग र बलिदानका निम्ति प्रेरणा दिन्छ। व्रत, अनुष्ठान, तप,