Jandesh Nepal, Author at Education Patra | Page 4 of 173

Author: Jandesh Nepal

शिक्षालाई उद्यमशीलता विकाससंग  जोडन उपराष्ट्रपति पुनको आग्रह

शिक्षालाई उद्यमशीलता विकाससंग जोडन उपराष्ट्रपति पुनको आग्रह

Main News
कावासोती। उपराष्ट्रपति नन्दकिशोर पुनले अहिलेको शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्ति आफैँलाई बोझ हुने स्थिति बनेको बताउनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा राज्यले अझै विकास गर्न नसकेको भन्दै उद्यमशीलतालाई जोड्ने गरी शिक्षालाई अघि बढाउनुपर्ने बताउनुभयो। शुक्रबार नवलपुरको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताउनुभएको हो। कार्यक्रममा बोल्दै उहाँले सामुदायिक र निजी विद्यालयको विभेदका कारण पनि राज्यको शिक्षा सोचेजस्तो नभएको धारणा राख्नुभयो। उपराष्ट्रपति पुनले अब समयसापेक्ष सुधार गरी शिक्षामा गुणात्मक परिवर्तन आवश्यक रहेको बताउनुभयो। सामुदायिक विद्यालयको स्तरोन्नतिसँगै प्राविधिक शिक्षामा जोड दिन सके देशको शैक्षिक क्षेत्रको सुधार हुने उहाँले बताउनुभयो। उपराष्ट्रपति पुनले कुनै–कुनै सामुदायिक विद्यालय नमुनाका रूपमा रहेका छन् र अन्यलाई पनि