Jandesh Nepal, Author at Education Patra | Page 44 of 173

Author: Jandesh Nepal

कोभ्याक्सबाट २२ लाख मात्रा खोप पाउने, फेब्रुअरी अन्तिमबाट वितरण

कोभ्याक्सबाट २२ लाख मात्रा खोप पाउने, फेब्रुअरी अन्तिमबाट वितरण

Banner News, Health Care, Main News
जनादेश नेपाल, काठमाण्डौ । नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ । कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानुमान’ शीर्षक राखेर जारी गरेको वक्तब्यमा १४० राष्ट्रलाई पहिलो चरण अन्तर्गत ३३ करोड ६० लाख खोप वितरण गर्ने जनाएको छ । कोभ्याक्सका अनुसार उक्त वितरण ब्यवस्था बमोजिम नेपालले उक्त मात्रामा खोप पाउने भएका हुन् । नेपालले पाउने खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको हो । विश्व स्वास्थ्य संगठनको पहलमा यूरोपेली आयोग र फ्रान्सले स्थापना गरेको ‘वान वल्र्ड प्रोटेक्टेड’ कार्यक्रमको अङग कोभ्याक्स हो । कोरोनाविरुद्धको खोपमा सबै राष्ट्रको पहुँचका लागि कोभ्याक्सले करिब २४ करोड खोप आष्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले उत
पामेलाले आफ्नै बडीगार्डसंग गरिन् छैटौं बिहे

पामेलाले आफ्नै बडीगार्डसंग गरिन् छैटौं बिहे

Uncategorized
एजेन्सी । हलिउड नायिका पामेल एण्डरसनले आफ्नै बडीगार्ड डल ह्यैहस्टसंग गुपचुप विवाह गरेकी छिन् । ५३ वर्षिय यी नायिका प्लेब्वाई म्यागजिनमा छापिएपछि चर्चित भएकी थिइन् । उनी ‘बेवाच’की नायिका हुन् । डेलीमेल डटकमका अनुसार लकडाउनको समयमा यी नायिका हयैहस्टसंग नजिक भएकी थिइन् । क्रिशमस इभको अवसरमा क्यानडा स्थित आफ्नै घरमा विवाह गरेकी थिइन् । यो उनको कतिऔं विवाह हो भन्नेमा मिडियामा फरक फरक रिपोर्ट आएको छ । ‘द रोड रेयान’ले यो उनको छैटौ विवाह भएको दावी गरेको छ । सन १९९५ मा पहिलो पटक उनले टमीसंग विवाह गरेकी थिइन् । तीन वर्षमै उनीहरुको सम्बन्ध विच्छेद भएको थियो । सन २००६ मा किड रकसंग विवाह गरिन् । एक वर्षमै उनीहरु छुट्टिए । सन २००७ मै रिक सलोमोनसंग विवाह गरेकी पामेलाले सन २०१५ मा दोस्रो विवाह गरेकी थिइन् ।
यस्तो स्कूल, जहाँ विद्यार्थीलाई डेटिङ कला सिकाइन्छ

यस्तो स्कूल, जहाँ विद्यार्थीलाई डेटिङ कला सिकाइन्छ

Uncategorized
जनादेश नेपाल, काठमाण्डौ । आम रुपमा विद्यार्थीहरुले विद्यालयमा औपचारिक शिक्षा तथा सीपमूलक शिक्षा समेत प्राप्त गर्दछन् । तर चीनमा एउटा यस्तो स्कुल छ जहाँ विद्यार्थीहरुलाई प्रेम सम्बन्ध कसरी कायम गर्ने तथा कसरी प्रभावकारी डेटिङ जाने भन्ने विषयमा सिकाइन्छ । चीनको उक्त डेटिङ स्कुलमा विद्यार्थीहरुलाई प्रभावकारी डेटिङको शिक्षा तथा सुविधा प्राप्त हुन्छ । चीनमा विगतको एक सन्तान नीतिका कारण त्यहाँको लैंगिक अनुपात निकै खल्बलिएको छ । केटाहरुका लागि बिहे गर्न केटी पाउनसमेत हम्मेहम्मे पर्दछ । अर्थात् डेटिङका लागि कुनै युवती पट्याउनका लागि चिनियाँ युवाहरुले निकै कसरत गर्नु पर्दछ । त्यसैले चीनमा डेटिङ स्कुल मात्र होइन डेटिङ सम्बन्धी ट्युसनको व्यापार समेत निकै चम्किएको छ । एक रिपोर्ट अनुसार बेइजिङमा लभ इनर्जी नामबाट उक्त डेटिङ स्कुल खुलेको छ । त्यहाँ डेटिङलाई एक नृत्यकलाकै रुपमा लिएर सिकाइन
निदाउँदा देखिने  सपनाबारे  १० तथ्य

निदाउँदा देखिने सपनाबारे १० तथ्य

School Education
जनादेश नेपाल, काठमाण्डौ । तपाईं सपना देख्नुुहुन्छ ? भविष्य बनाउने सपना होइन, निदाउँदा देख्ने सपना । देख्नुहुन्न भने पनि तपाईंले अरू कसैले सपना देखेको भनेको त सुन्नुभएकै होला । कतिपय मान्छेले निकै डरलाग्दा सपना देखेको पनि बताउँछन् । कोही सपनामा अनौठो ठाउँमा पुगेको सुनाउँछन् । मानिसहरू आफ्नो जीवनको तीन भागको झन्डै एक भाग सुतेरै बिताउँछन् । त्यो अवधिमा धेरै खालका सपना देखिन्छ । कतिपयले देखेको सपना पूरै सम्झन्छन् र वर्णन गर्छन् । कतिपयले भने देखेको सपना बिरलै सम्झन्छन् । अझ कतिपयले त सपना देखेको वा नदेखेको पनि सम्झँदैनन् । जानौँ सपनाबारेका १० रमाइला तथ्यहरू : १. ९० प्रतिशत सपना बिर्सन्छौँ विज्ञहरूका अनुसार देखेकोमध्ये ९० प्रतिशत सपना बिर्सन्छौँ । यो संख्या व्यक्तिपिच्छे फरक पर्ने गर्छ । यद्यपि, सत्य के हो भने धेरैले देखेको धेरै सपना बिर्सन्छन् । केही सपना यस्ता पनि हुन्छन् कि राम्रोसँग य
बख्तरबन्द नियति ?

बख्तरबन्द नियति ?

Thought/Blog
किशोर नेपाल । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नैसर्गिक चरित्रलाई एकपटक केलाएर हेर्ने हो भने उनी यस्तो मोडमा उभिएका देखिन्छन् जहाँ नागरिक मर्यादा, मानव अधिकार र देशप्रेमका भावनाहरूको कुनै अर्थ हुँदैन । उनी राजनीतिक मर्यादाको हरेक सीमा उल्लंघन गर्दै छन्, चाहे वचनले होस् अथवा कर्मले । यो प्रसंगमा प्रधानमन्त्री ओलीले माघ २३ गते शुक्रबार नारायणहिटी परिसरअगाडि, राजा महेन्द्रको सालिकलाई सामुन्ने पारेर, दरबारमार्गमा गर्ने सभा निकै ‘रोचक’ र ‘उत्तेजक’ हुने आशा गर्न सकिन्छ । ‘माघ १९ गते’ साइत पारेर नेपाली सेनाले काठमाडौं सहर घुमाएका बख्तरबन्द गाडीहरूले जनताको मनमा संशयको खेती गरेका छन् । जनताका नाममा बख्तरबन्द गाडी घुमाउने सूचना जारी गरे पनि, सेनालाई माघ १९ गते नै किन प्रीतिकर लाग्यो ? मुख्य कुरा यति मात्रै हो, यो मिति प्रधानमन्त्री ओलीले नारायणहिटी परिसरमा भाषण गर्ने हिसाबले तोकिएक
दाँत चम्काउने घरेलु उपाय यी हुन्

दाँत चम्काउने घरेलु उपाय यी हुन्

School Education
दाँत सफा या चम्किलो बनाउन अति आवश्यक हुन्छ । किनकि, हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो । गफ गर्दा या हाँस्दा तपाईंको दाँत राम्रो देखिएन भने अरूले पनि राम्रो सोच्दैनन् । यसका लागि टुथपेस्टले ब्रस गर्दैमा राम्रो हुने होइन । अन्य केही सामान्य चिजले पनि तपाईंको दाँत राम्रो बनाउन सहयोग गर्छ । सुन्तला : सुत्नुअघि सुन्तला ताछेर दाँतमा रगड्नुहोस् । यसमा हुने भिटामिन सी र क्याल्सियम रातभर किटाणुसँग लड्छ । केही हप्ता यो प्रक्रिया दोहोर्‍याउने हो भने तपाईंको दाँतमा भएको फिकापन हट्छ । स्ट्रबेरी : स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन मद्दत गर्छ । केही स्ट्रबेरीलाई काटेर टुक्रा बनाई त्यसलाई दाँतमा दल्ने । दैनिक दुईपटक यसो गर्दा दाँतमा भएको पहेँलोपन हट्छ । अर्को तरिकामा स्ट्रबरीलाई आधा चम्चा बेकिङ सोडामा मिलाएर दाँतमा लगाउने र केही मिनेटसम्म त्यह
अनलाइन कक्षाले बालबालिकाको आँखामा पार्न सक्ने असर र जोगाउने उपाय

अनलाइन कक्षाले बालबालिकाको आँखामा पार्न सक्ने असर र जोगाउने उपाय

Health Care, School Education, Thought/Blog
कोरोना महामारीपछि शुरु भएको लामो लकडाउन पछि नेपालमा अधिकांश विद्यालय तथा कलेजहरुले अनलाइन कक्षा सञ्चालन गरेका छन् । मोवाइल, ट्याव र ल्यापटप जस्ता डिभाइस प्रयोग गरी सञ्चालित त्यस्ता अनलाइन कक्षाहरुमा लामो समय सहभागी हुँदा त्यसले आँखा अझ् भनौ दृष्टिमा असर गर्न सक्छ । तर, यसका लागि केही सजगता अपनाउन सकियो भने त्यसले राहत दिन सक्छ । विश्व दृष्टि सप्ताह २०२० को अवसर पारी आज म अनलाईन कक्षाले आँखा स्वास्थ्यमा पार्न सक्ने प्रभाव र यसका न्युनिकरणका उपायहरुबारे जानकारी दिने प्रयास गरेको छु । कोभिड – १९ को महामारीले सृजना गरेको विषम् परिस्थितिमा अध्ययन अध्यापन सुचारु गराउनको लागि अपनाइएको अनलाईन कक्षाबाट विद्यार्थीको र Work from home  को प्रचलनसंगै अन्य पेशामा आवद्ध व्यक्तिहरुको आँखा स्वास्थ्यमा प्रभावहरु बढ्दै गएको देखिन्छ। अनलाईन कक्षालाई शिक्षा मन्त्रालयले मान्यता दिईसकेको अवस्थामा
बाथरोग के हो ? उपचार कसरी गर्ने ?

बाथरोग के हो ? उपचार कसरी गर्ने ?

Thought/Blog
बाथ रोग भनेको के हो ? बाथ रोग भन्नाले कुनै एउटा मात्र रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउँछ । अहिले सम्म १०० भन्दा बढि प्रकारका बाथ रोगहरु पत्ता लागी सकेको छ । यो रोग प्राय जसो अटोयिमुन प्रोसेसको कारणले हुन्छ । हाम्रो शरीरमा बाहिरी जिवाणुसंग लड्नको लागी बिशेष कोशीहरु हुन्छन् । जब कुनै कारणवस यी कोशीहरुले आफ्नै शरीरका विभिन्न अंगहरुलाई आक्रामण गर्न थाल्छन ,त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ । यस अटोयिमुन रोगहरुमा बाथ रोग,डाईवेटिज,थाईरोइड तथा अन्य रोगहरु पर्दछन् । बाथ रोग हुनुको कारण ? बाथ रोग लाग्नुको कारण अहिले सम्म पत्ता लागि सकेको छैन । तर जेनेटिक र कुनै विशेष जिवाणुको संक्रमणको कारणले भने बाथ लाग्न सक्छ । यसै गरी चुरोटको धुँवाले बाथको मात्रा बढाउन सक्छ । बाथ कति प्रकारका छन ? अहिले सम्म १०० प्रकारका भन्दा बढी बाथ पत्ता लागी सकेको छ । नेपालको सन्दर्भमा भन्नु पर्दा प्
जाडो मौसममा हृदयघात किन बढी हुन्छ ?

जाडो मौसममा हृदयघात किन बढी हुन्छ ?

Thought/Blog
गर्मीमा भन्दा जाडो मौसममा मुटुसम्वन्धी रोगका विरामीको संख्या बढी हुन्छ । यो मौसममा एकपटक मुटुजन्य रोग लागेर सन्चो भईसकेका व्यक्तिमा पुन बल्झिने सम्भावना समेत हुन्छ । त्यसको दुई तीनवटा कारण छन् । एउटा कारण चिसोले गर्दा भ्याजुस्पाजम अर्थात बढी चिसो हुँदा मुटुका रक्तनलिहरु झ्याप्प बन्द भैदिने अवस्था । यसरी चिसोले मुटुका कुनै नलिहरु एक्कासी बन्द भईदिन्छ । यसले मुटुको कुनै भागमा तत्काल रक्तसञ्चारमा अवरोध हुन्छ । र हृदयघात हुनसक्छ । विशेष गरी मुटुको नलि बन्द भई हृदयघात भईसकेको अथवा जसलाई हामी अथ्रेसक्ल्योरोटिक प्रोसेस भन्दछौँ यस्तो व्यक्तिलाई समस्या दोहोरिन सक्छ । त्यसैले हामीले कोलेस्टेरोल उच्च भएको, व्लड प्रेसर उच्च भएको व्यक्तिलाई धेरै चिसोमा बाहिर ननिस्कने सल्लाह दिन्छौँ । किनभने चिसोले एकाएक झ्याप्प मुटुको नलिहरु भ्याजुस्पाजम ( खुम्चिएर) हृदयघात हुने डर हुन्छ ।  विशेषगरी चिसो हाव
बदाम, ओखर र हेजलनट खाँदा शुक्रकीट उत्पादन बढ्ने: अध्ययन्

बदाम, ओखर र हेजलनट खाँदा शुक्रकीट उत्पादन बढ्ने: अध्ययन्

Uncategorized
बीबीसी । नियमित रूपमा बदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ। चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कुल सङ्ख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै पाइएको वैज्ञानिकहरूले बताएका छन्। पाश्चात्य जगत्मा प्रदूषण, धूमपान एवम् खानपिन आदिका कारणले वीर्यमा शुक्रकीटको सङ्ख्या घट्ने क्रम देखिएका बेला सो शोध गरिएको हो। शोधकर्ताहरूका अनुसार स्वस्थ खानाले गर्भाधानको सम्भावना बढाइदिने प्रमाण पनि भेटिएको छ। अहिले सातमध्ये एक जोडीमा गर्भाधान नहुने समस्या देखिएको छ। झन्डै ४० देखि ५० प्रतिशत बाँझोपन पुरुषका कारण हुने गरेको बताइन्छ। वैज्ञानिकहरूले १८ देखि ३५ वर्ष उमेर भएका ११९ स्वस्थ पुरुषहरूलाई दुई समूहमा विभाजित गरे। एउटा समूहका प्रत्येक पुरुषलाई ६० ग्राम बदाम, ओखर र हेजलन