Jandesh Nepal, Author at Education Patra | Page 51 of 173

Author: Jandesh Nepal

ज्ञान सिकिनेछ, विज्ञान पुजिनेछ

ज्ञान सिकिनेछ, विज्ञान पुजिनेछ

Thought/Blog
कृष्ण पहाडी । विख्यात भौतिकशास्त्री स्टिफन हकिङले कुनै बेला धर्तीमा जीवन समाप्तिको उच्च जोखिम रहेको औंल्याउँदै मानव जातिलाई जोगाउने हो भने अन्य ग्रह/अन्तरिक्षमा बसाइँ सर्नुपर्ने सुझाएका थिए। विश्वव्यापी उष्णता, आणविक युद्घ, अनुवंशिक रूपमा इन्जिनियर्ड भाइरस जस्ता प्रकोप वा अन्य खतराबाट मनुष्यको अस्तित्वमाथि संकट मडारिएको हकिङको धारणा थियो। भाइरसका कारण मनुष्य लोप हुनसक्ने सम्भावना सम्बन्धमा हकिङले प्रष्ट किटान गरेका थिए – जेनेटिकल्ली इन्जिनियर्ड भाइरस। कुनै बेला जीव विज्ञानको विद्यार्थी भएका कारण हकिङको कथनले मलाई छोयो। यसै पनि दुई दसकदेखि आणविक अस्त्रविरुद्ध र एक दसकदेखि विश्वव्यापी उष्णताबारे म अभियानरत थिएँ। २०७२ चैतदेखि ०७३ असारसम्म शान्ति समाजले नेपालका ६२ जिल्लामा खुला नागरिक सभा आयोजना गरेको थियो। त्यस दौरान प्रायस हरेक सभामा मैले हकिङलाई उद्घृत गर्दै उपरोत्ताm तीनवटा खतराबारे उल
आज – १८ माघ २०७७ आइतवार को राशिफल

आज – १८ माघ २०७७ आइतवार को राशिफल

Uncategorized
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो लत्ता कपडामा धन खर्च हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउनपनि सक्छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा आज नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र बन्धन कसिने बेलाछ । वैदेशिक कार्य अघि बढ्नेछ । सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् ।
देशभर एकैपटक मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गरिने

देशभर एकैपटक मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गरिने

Science and Technology
जनादेश नेपाल, काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न छ वटा कम्पनी छनोट गरेको छ । प्राधिकरणले भ्वाइस, डेटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्न गत कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा परेका आवेदनमध्येबाट पहिलो चरणमा मूल्याङ्कनका आधारमा छ वटा कम्पनी छनोट गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उहाँका अनुसार महाकाली मेची टेक्नोलोजी एण्ड सप्लायर्स, प्रोफेसनल बिजनेशन नेटवर्क बानेश्वर, स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्चको जेभीका रुपमा जय बागेश्वरी कन्ट्रक्सन एण्ड सप्लायर्स चक्रपथ ललितपुर र इ–कोइल प्रालिको जेभीका रुपमा जलजला बिल्डर्स एण्ड इन्फ्रास्ट्रक्चर प्रालि तिनकुने काठमाडौँ रहेका छन् । यसैगरी, इन्क्लुसिभ एभरेस्ट माइक्रोटेक
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

Uncategorized
जनादेश नेपाल, काठमाण्डौ । १. प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्घीय संसद्को प्रतिनिधिसभा कहिले विघटन गरियो ? विक्रम संवत् २०७७ पुस ५ । – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सो सिफारिस स्वीकृत भएपश्चात् वर्तमान प्रतिनिधिसभा विघटन हुन पुगेकोे छ । – साथै, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोहीबमोजिम प्रधानमन्त्रीबाट सिफारिस भएबमोजिम राष्ट्रपतिद्वारा ताजा जनादेशमा जान २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन हुनेगरी मिति तोक्नुभएको छ । – विसं २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाकोे कार्यकाल अझै दुई वर्ष बाँकी छँदा नै मध्यावधि निर्वाचन हुन लागेको हो । – कोरोना भाइरस (कोभिड
सरकारले माग्यो ४७ हजार कर्मचारी (सूचनासहित)

सरकारले माग्यो ४७ हजार कर्मचारी (सूचनासहित)

Uncategorized
जनादेश नेपाल, काठमाण्डौ । सरकारले करार सेवामा ४७ हजार जना कर्मचारी माग गरेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत राष्ट्रिय जनगणना, २०७८ मा तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने कार्यका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । विभागले ६० दिनभित्र दरखास्त पेश गर्न बुधबार जारी गरेको सूचनामार्फत अनुरोध गरेको छ । विभागका अनुसार सुपरीवेक्षक ८ हजार जना माग भएको छ भने गणक ३९ हजार माग गरिएको छ । आवेदन दिनेमध्येबाट निश्चित मापदण्डको आधारमा सर्टलिस्ट गरिने सूचनामा उल्लेख छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

Banner News, Main News, School Education
जनादेश नेपाल  । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि दुईपक्षीय सम्झौता भएको  छ। शुक्रबार उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्नु यस सम्झौताको मुख्य उद्देश्य रहेको सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्झौता पश्चात दुई विश्वविद्यालयबीच विशेष गरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत बिद्यार्थीहरु आदान÷प्रदान हुनेछन् । दुवैै विश्वविद्यालयले सामुहिक रुपमा अनुसन्धानसँग सम्बन्धित परियोजनाहरु अगाडि बढाउन सकिने कुरा सम्झौतामा उल्लेख गरिएको छ । त्यसैगरी विभिन्न लेक्चर तथा गोष्ठीहरु आयोजना गरिनेछन् भ