Jandesh Nepal, Author at Education Patra | Page 59 of 173

Author: Jandesh Nepal

नेकपापछि प्रतिपक्षी नेपाली कांग्रेसमा समूहगत बसाई संस्थागत हुँदै

नेकपापछि प्रतिपक्षी नेपाली कांग्रेसमा समूहगत बसाई संस्थागत हुँदै

Uncategorized
जनादेश, काठमाडौँ । सत्तारुढ नेकपामा दुुई फरक पक्षधरता देखिएसँगै गुटगत भिन्नताको अभिव्यक्ति प्रतिपक्ष नेपाली कांग्रेसमपनि देखा परेको छ । पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष एक अर्काविरुद्ध आमने सामने उभिन पुगेका छन् । लामो समयदेखि चल्दै आएको उनीहरुबीचको खिचातानीले दुई भिन्न सांगठनिक स्वरुपहरु निर्माण गराउदैै लगेको देखिन्छ । यही क्र्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरुभएपछि सत्तारुढ नेकपाभित्रको महामारी प्रतिपक्ष नेपाली कांग्रेसमा सरेको देखिएको छ । पहिलेदेखि खटपट र ठोकाठोक चलिरहेको कांग्रेसभित्रको गुटगत लडाइँ अहिले आएर संगठित रुपमा देखा पर्न थालेको छ । पौडेल पक्षको बैठकमा वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य र पूर्व पदाधिकारीसमेत सहभागी रहेको बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार
नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रितः मणि थापा

नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रितः मणि थापा

Uncategorized
जनादेश संवाददाता, काठमाडौँ  । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य मणि थापाले नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रित भएको दाबी गर्नुभएको छ । हिजोको नेकपाको बैठकमा उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको उहाँको भनाइ छ । आज आयोजित साक्षात्कारमा नेता थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको स्पष्ट पार्नुभयो ।

भारतमा कोभिड १९ संङ्क्रमितको संख्या १५ लाख नाघ्यो   

Banner News
नयाँ दिल्ली रासस/सिन्हवा ः भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ । सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।
केन्द्रीय समिति बैठकको माग गर्दै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई १५२ सदस्यले बुझाए हस्ताक्षर

केन्द्रीय समिति बैठकको माग गर्दै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई १५२ सदस्यले बुझाए हस्ताक्षर

Uncategorized
जनादेश संवाददाता, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ जना केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय समिति बैठक बोलाइनु पर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् । बैठकको मागसहित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरुले हस्ताक्षरसहितको पत्र बुझाएका हुन् । स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि  उनीहरुले पार्टीको आन्तरिक विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक माग गरेका हुन् । बैठक माग गर्नेमा बिजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, मुक्ति प्रधान, हिमाल शर्मा, लेखनाथ न्यौपाने, दिलुकुमारी पन्त, झपट बहादुर रावल, सुजन किराती, राजेन्द्र राई, बलावती शर्मा, कृष्ण केसीलगायत १५२ जना छन् । बैठक माग गर्ने केन्द्रीय सदस्य