कमरेड पुष्पलालप्रति हार्दिक श्रद्धाञ्जली !
बन्ने कम्निस्ट र भन्ने कम्निस्ट
भागवत खनाल, पूर्वसहसचिवः नेपाल सरकार
दुई कक्षामा पढ्दाको कुरा हो । चार कक्षामा पढ्ने हरि दाइ ( पल्लाटोला हरिप्रसाद आचार्य , हाल दिवङ्गत ) ले मलाई "यता आउ त" भन्दै एकान्तमा लैजानुभयो । केही खानेकुरा होला भन्ने ठानेर पछि लागियो । उहाँले हात्तिमार कापीको पाना च्यातेर के के लेख्नुभयो । मैले केही नबुझे तापनी त्यो कागजले मलाई कम्युनिस्ट पार्टीको सदस्य बनायो । कागजको अन्तिममा "मासिक चन्दा रु दुई" उल्लेख भएको सम्झना छ । सायद हरि दाइले केही बुझ्नु भएको थियो कि !
हुर्कदै जांदा भूमिगत सङ्गठनमा आवद्ध कम्युनिस्टको सांकेतिक पत्रवाहक पनि बनियो ( बुझेर हैन , जा यो दिएर आ भनेको मानेको मात्र ) । कलेजमा राजनीतिशास्त्र मुख्य विषय छनौट गरिएछ ( अरुले फर्म भरिदिएको ) । सर्वप्रथम प्लेटोको साम्यवाद पढ्दा बडो आनन्द लाग्यो । प्लेटो भन्छन - समाजविकासको वाधा अज्ञा