अदालतले मृत ठहर गरेको बलात्कारीलाई सजाय दिलाइछाड्ने यी आमा
काठमाडौं । भारतको बिहारमा सन् २०१८ मा शिक्षक निरज मोदीले १२ वर्षीया विद्यार्थीलाई बलात्कार गरे । घटनाको १० दिनपछि उनीमाथि उजुरी पर्यो र मोदी २ महिना जेल बसेपछि रिहा भए ।
अदालतमा मुद्दा जारी रहँदा निरज मोदीको मृत्युको कागजात पेश भयो । घटनाको एकमात्र अभियुक्तको मृत्यु भएको भन्दै अदालतले पनि मुद्दा खारेज गरिदियो । तर पीडितकी आमाले अदालतलाई झुक्याइएको दाबी गर्दै सत्य पत्ता लगाएरै छाड्ने अठोट लिइन् र उनले पीडकलाई सजाय दिलाएर छोडिन् ।
गत वर्ष फेब्रुअरीको झिसमिसे बिहान गंगा नदीको घाटमा मृत्यु संस्कारका लागि भन्दै दुई व्यक्ति आइपुगे । घाटमा दाउरा संकलन गरिरहेका उनीहरूले शव भने बोकेका थिएनन् । जब उनीहरू चिता जलाउने ठाउँमा पुगे घटनाले नाटकीय रूप लियो ।
घाटमा दुई व्यक्तिले चिता तयार गरे । दुई मध्ये एक व्यक्ति चितामा सुते । अर्काले ती व्यक्तिको शरीरमाथि दाउरा थप्दै गए । चितामाथिक