Main News Archives | Page 10 of 81 | Education Patra

Main News

चिकित्सा शिक्षा आयोग र सिटिइभिटी बीच किचलो

चिकित्सा शिक्षा आयोग र सिटिइभिटी बीच किचलो

Main News
एजुेकशनपत्र, काठमाण्डौं । चिकित्सा शिक्षा आयोगले भर्ना प्रक्रिया स्थगित नगरे कानुनी कारबाहीमा जाने चेतावनी दिएको भोलिपल्ट बुधवार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कानुनअुनसार भर्ना खुला गरेको जवाफ दिएको छ । दुई निकायबीचको जुहारीका कारण कलेज सञ्चालक र विद्यार्थी भने गम्भीर समस्यामा परेको छ । आयोगको विज्ञप्तिलाई चुनौती दिँदै सीटीईभीटीले अत्यन्तै जरुरी सूचना जारी गर्दै भनेको छ– ‘परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार नै चालु शैक्षिक सत्रको भर्ना प्रक्रियामा समावेश हुन अभिभावक, विद्यार्थी र सरोकारवालालाई आग्रह गरेका छौं । सीटीईभीटी ऐनद्वारा गठित स्वायत्त, अविछिन्न उत्तराधिकारीवाला संस्थाले परिषद् ऐन, नियम र विनियमबमोजिम प्रमाणपत्र तहसम्मका कार्यक्रम सञ्चालन गरिरहेको छ, यस विषयमा सरोकारवालमा परेको भ्रमप्रति आयोगको ध्यानाकर्षण गराएका छांै ।’ त्य
राष्ट्रिय आविष्कार केन्द्रलाई यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार प्रदान

राष्ट्रिय आविष्कार केन्द्रलाई यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार प्रदान

Main News, Special News Highlights
एजुेकशनपत्र, काठमाण्डौं । यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ। एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरे। भीमसेन थापाको २४९औँ जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिएको हो।  कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री खड्काले देशका प्रतिभालाई बाहिर जान नदिने उद्देश्यप्रति सरकार प्रतिबद्ध रहेको बताए। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रुपमा सञ्चालन गर्न आवश्यक कानुन सरकारले छिट्टै ससंसदमा लैजाने तयारी गरेको बताएका छन् । भीमसेन थापाको २४९औं जन्मजयन्तीका अव
सीटीईभीटीको मनोमानी : निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी

सीटीईभीटीको मनोमानी : निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी

From Today's Newspaper, Main News
-५६ वटा नर्सिङ कलेजलाई भर्ना स्वीकृति -उच्च अदालतको आदेशको प्रतिकूल असर परेको आयोगको ठहर -नीतिगत निर्णय नगर्न सीटीईभीटीका सदस्य सचिवलाई पत्राचार -कानुनविपरीत भए सम्बन्धन रद्द -आर्थिक चलखेल भएको सीटीईभीटीका कर्मचारीको भनाइ ईश्वरराज ढकाल, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफूखसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोगले निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको छ । सीटीईभीटीले प्रमाणपत्र तहमा विद्यार्थी भर्ना तथा सिट निर्धारण गरेपछि आयोगले आपत्ति जनाएको हो । आयोगले सोमबार विज्ञप्ति जारी गरी सो निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको थियो । आयोगले आशयपत्र दिन गरेको निर्णयलाई अपव्याख्या गरी धमाधम सीटीईभीटीले सिट निर्धारण गरेपछि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आशयपत्र प्राप्त गरेका चिकित्सा शिक्षा
काठमाडौं मेडिकल कलेजले नियमविपरीत फी लिएपछि विद्यार्थी आन्दोलनमा

काठमाडौं मेडिकल कलेजले नियमविपरीत फी लिएपछि विद्यार्थी आन्दोलनमा

Main News
एजुेकशनपत्र, काठमाण्डौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी फी लिएपछि विद्यार्थीले धर्ना सुरु गरेका छन्। कलेजले नियमविपरीत इन्टर्नसिप फी लिएपछि विद्यार्थीले अस्पतालमै धर्ना दिएका हुन्। उनीहरूले ‘विद्यार्थी शोषण बन्द गर, हाम्रो माग पूरा गर’, ‘देशमा गणतन्त्र, लोकतन्त्र, मेडिकल कलेजमा लुटतन्त्र’, ‘अतिरिक्त शुल्क लिन पाइँदैन’जस्ता नारा लेखिएका पम्प्लेटहरू प्रदर्शन गरेका छन्। एमबीबीसीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाइ छ । त्यसमध्ये ५ लाख रुपैयाँ मात्र फिर्ता दिएको र बाँकी रकम पनि फिर्ता माग्दा कलेज प्रशासनले धम्क्याउने गरेको उनीहरुको गुनासो छ ।
तपाईँलाई आर्टिफिशल इन्टेलिजन्स (एआई) बुझ्न सघाउने सरल गाइड

तपाईँलाई आर्टिफिशल इन्टेलिजन्स (एआई) बुझ्न सघाउने सरल गाइड

ICT News, Main News, Thought/Blog
बिबिसी । तपाईँले आर्टिफिशल इन्टेलिजन्सबारे कति बुझ्नुभएको छ? विगत छ महिनामा च्याटजीपीटीजस्ता च्याटबट र मिड्जर्नीजस्ता इमेज जेनरेटरहरू अत्यन्त लोकप्रिय भएका छन्। तर आर्टिफिशल इन्टेलिजन्स (एआई) वा "मशीन लर्निङ" मोडलहरू विगत केही समयदेखि प्रचलनमै छन्। यो सामग्रीमा हामी च्याटबटबाहेक एआईका अन्य प्रकार र तिनले हाम्रो जीवनमा खेलेका भूमिकाबारे पनि कुरा गर्ने छौँ। एआईले कसरी सिक्छ? मशीन लर्निङको केन्द्रमा प्रशिक्षण को एउटा प्रक्रिया हुन्छ। यसमा कम्प्युटर प्रोग्र्यामलाई ठूलो मात्रामा डेटा र त्यसको प्रयोगसम्बन्धी निर्देशन उपलब्ध गराइन्छ। कहिलेकाहीँ उक्त डेटाको अर्थ के हो भनी अझ विस्तृतमा खुलाउन 'लेबल' गरिन्छ। प्रयोगसम्बन्धी निर्देशन यस्तो हुन सक्छ : "अनुहार भएका सबै तस्बिरहरू पत्ता लगाऊ" अथवा "यी ध्वनिहरूको वर्गीकरण गर।" त्यसपछि उक्त प्रोग्र्यामले तथ्याङ्कभित्र आफूले पूरा गर्नुपर्न
यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

Main News, Research and Innovation
एजुेकशनपत्र, काठमाण्डौं । कैलालीको टीकापुरमा बहुआयामिक प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पहल थालिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना र दुई कृषि क्याम्पस स्थापना भएसँगै टीकापुरलाई कृषिको ‘हब’का रूपमा विकास हुँदै गएको छ । कैलाली क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरीले कृषि भण्डारका रूपमा रहेको यस क्षेत्रमा कृषिको अनुसन्धान गर्दैै उत्पादन बढाउनका लागि कृषि अनुसन्धान केन्द्र स्थापना हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो ,“ कृषिमा सम्भावना बोकेको क्षेत्र भएका कारण पनि अनुसन्धान केन्द्र स्थापना गर्नु आवश्यक छ । ” राष्ट्रियसभा सदस्य गरिमा शाहले कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याउनुभयो । “अनुसन्धानकै माध्यमबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामीले गर्नु
त्रिविमा एक महिनादेखि तालाबन्दी

त्रिविमा एक महिनादेखि तालाबन्दी

From Today's Newspaper, Main News
ईश्वरराज ढकाल, काठमाडौं । कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषमा दुवै पक्षबीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७ गते त्रिविका उप कुलपति, रेक्टर र रजिस्टारको मूलगेटमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि त्रिवि र समितिबिच करिब ५ पटक वार्ता हुँदा पनि सहमति हुन सकेको छैन । त्रिवि वार्ता समितिका संयोजक एवं त्रिवि अनुगमन निर्देशनालयका उपनिर्देशक उपप्राध्यापक विष्णुप्रसाद वाग्लेले वार्ता भएर ७ बँुदे सहमति भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले छिट्टै टुङ्गो लगाउन भनेका छौं तर उहाँहरू मान्न तयार दखिनुभएको छैन ।’ संघर्ष समितिले वि.सं. २०७२ असार २२ गते तत्कालीन उपकुलपति प्राडा हिराबहादुर महर्जन र पदाधिकारीबीच भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न द
सामान्य प्रशासनमन्त्री अमनलाल मोदीद्धारा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको आकस्मिक निरीक्षण

सामान्य प्रशासनमन्त्री अमनलाल मोदीद्धारा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको आकस्मिक निरीक्षण

From Today's Newspaper, Main News
एजुेकशनपत्र, काठमाण्डौं ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव डा. कृष्णहरि पुष्करले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आकस्मिक निरीक्षण गर्नुभएको छ । शुक्रबार बिहान मन्त्री मोदी र सचिव पुष्कर निरीक्षणका लागि स्टाफ कलेज पुग्नुभएको हो । यसअघि विभिन्न सञ्चारमाध्यममा मन्त्री र सचिवका बीच मेलमिलाप नरहेको भनी प्रकाशित समाचार आइरहेकै बेला मन्त्री र सचिव एकसाथ अनुगमनमा निस्किनुभएको हो । अनुगमन सहसचिव कमल भट्टराई पनि उपस्थित हुनुहुन्छ । निरीक्षणका क्रममा मन्त्री मोदी र सचिव पुष्करले स्टाफ कलेजको प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा गर्नुपर्ने सुधारका लागि मन्त्रालय साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । मन्त्री मोदीले प्रशासनिक तथा व्यवस्थापकीय सुधारको माध्यमबाट सुशासन कायम गर्नका लागि आफूले मन्त्रालय र मातहतका निकायको नियमित अनुग
काठमाडौँका सबै विद्यालय व्यवस्थापन समिति भङ्ग

काठमाडौँका सबै विद्यालय व्यवस्थापन समिति भङ्ग

From Today's Newspaper, Main News, School Education
एजुेकशनपत्र, काठमाण्डौं । काठमाडौँ महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको हो। नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। नगर सभाले पारित गरेको प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले ठाडो असन्तुष्टि जनाएका छन्। महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले नगर सभाले पारित गरे पनि उक्त निर्णय हालसम्म प्रमाणीकरण नभएको जानकारी दिनुभयो। नगर सभाले पारित गरेको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरण भएपछि मात्रै राजपत्रमा प्रकाशित हुने व्यवस्था छ। नगर सभाले पारित गरेको निर्णय सामान्यतया १५ दिनभित्रमा प
सामुदायिक विद्यालयको प्रवेश परीक्षामा ‘ओएमआर’ सिट

सामुदायिक विद्यालयको प्रवेश परीक्षामा ‘ओएमआर’ सिट

Main News
एजुेकशनपत्र, काठमाण्डौं ।  त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्नाको लागि सञ्चालन गरेको प्रवेश परीक्षामा अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिको प्रयोग गरेको छ । परीक्षार्थीको उत्तरपुस्तिका कम्प्युटरबाट परीक्षण गर्ने प्रविधि ओएमआर हो । प्रवेश परीक्षालाई स्तरीय र विश्वसनीय बनाउन उक्त प्रविधिको प्रयोग गरिएको विद्यालयले जनाएको छ । साथै सामुदायिक विद्यालयको प्रवेश परीक्षामा यो प्रविधि प्रयोग गर्ने आफूहरू नै पहिलो हुनसक्ने विद्यालयका सहायक प्रधानाध्यापक केदार दाहालले दाबी गर्नुभयो । यसअघि यो प्रविधि लोकसेवा आयोग, चिकित्सा शास्त्र, इन्जिनियरिङ शिक्षा लगायतका विषयमा भर्नाको लागि लिइने प्रवेश परीक्षामा प्रयोग हुँदै आएको छ । ओएमआर प्रविधि प्रयोग गरेपछि परीक्षार्थीको नतिजा कम्प्युटर प्रणालीबाट परीक्षण हुनेछ । साथै नतिजा प्रकाशनको काम पनि सहज हुनेछ । यो प्र