Main News Archives | Page 12 of 81 | Education Patra

Main News

सीटीईभीटीले वृद्धि गरेको अध्ययन शुल्क फिर्ता गर्न माग

सीटीईभीटीले वृद्धि गरेको अध्ययन शुल्क फिर्ता गर्न माग

From Today's Newspaper, Higher Education News, Main News
एजुेकेशनपत्र, काठमाण्डौ । सत्तारुढलगायत ६ विद्यार्थी संठगनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले वृद्धि गरेको नर्सिङ, एचए, र फार्मेसीको अध्ययन शुल्क फिर्ता गर्न माग गरेका छन् । शिक्षामन्त्री अशोककुमार राईलाई सोमबार ज्ञापनपत्र बुझाउँदै विद्यार्थीले १८ बुँदे माग अघि सारेका हुन् । सीटीईभीटीले यी विषयको शुल्क डेढ लाखदेखि साढे ८६ हजार रुपैयाँसम्म वृद्धि गरेपछि विभिन्न विद्यार्थी संगठनले आन्दोलनका घोषणा गरेका छन् । संयुक्त विद्यार्थी संगठनले ज्ञापनपत्रमा विदेशी सम्बन्धनमा सञ्चालित कलेजमा २० प्रतिशत छात्रवृत्ति लागू गर्नसमेत शिक्षा मन्त्रालयसँग माग गरेका छन् । मन्त्रालयको सम्बन्धनमा ८५ वटा विदेशी कलेज सञ्चालनमा रहेका छन् । यी कलेजले मनोमानी ढंगबाट लिइने चर्को शुल्क र आर्थिक अपारदर्शिताको कारण ठूलो संख्यामा विद्यार्थी ठगिएको विद्यार्थीको भनाइ छ । कलेजमाथि प्रभ
राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा यादव नियुक्त

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा यादव नियुक्त

Higher Education News, Main News
एजुेकेशनपत्र, काठमाण्डौ । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राजर्षि जनक विश्वविद्यालयमा प्रा.डा. अमरप्रसाद यादवलाई उपकुलपतिमा नियुक्त गरेका छन् । यादवलाई गत बुधबार नियुक्ति दिइएको पत्र आइतबार प्राप्त भएको शिक्षा मन्त्रालयले जनाएको छ । डेढ वर्षदेखि रिक्त उपकुलपति पदमा उनले नियुक्ति पाएका हुन् । सिफारिस समिति गठन भए पनि नाम सिफारिस हुन नसक्दा नियुक्ति प्रक्रिया रोकिएको थियो । सहकुलपति तथा शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले यादवसहित प्रा.डा. महानन्द चालिसे र क्षितिज उपाध्यय ढुंगेलको नाम सिफारिस गरेको थियो । समितिमा शिक्षासचिव रामकृष्ण सुवेदी र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल सदस्य थिए । सिफारिसको आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । उपकुलपति नहुँदा विश्वविद्यालयका अन्य पद पनि रिक्त रहेका छन् । उपकुलपति निय
नयाँ सम्बन्ध प्रक्रियालाई बढाउनुपर्छः उपकुलपति प्रा.डा. अर्याल

नयाँ सम्बन्ध प्रक्रियालाई बढाउनुपर्छः उपकुलपति प्रा.डा. अर्याल

Main News
एजुेकेशनपत्र, गण्डकी। पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले नयाँ सम्बन्धन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिनुुभएको छ ।पोखरा विश्वविद्यालयको २७औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाँले विश्वविद्यालयलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने प्रावधान भएकाले नयाँ सम्बन्धन प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताउनुुभयो । “पोखरा विश्वविद्यालयमा सरकारको लगानी ज्यादै न्यून रहेकाले आफैँमा धानिन सक्ने गरी आङ्गिक कलेजको विस्तार तथा नयाँ विधा र क्षेत्रमा नयाँ कलेजलाई सम्बन्धन दिनुपर्छ”, उहाँले भन्नुुभयो, “कलेजहरूको नियमित अनुगमन गर्ने र नचलेका कार्यक्रम खारेज गर्ने, प्राज्ञिक सुधारका लागि शिक्षक, विद्यार्थीलाई अनुसन्धान र उद्यमशीलतामा प्रेरित गर्ने र कर्मचारीलाई तालिम प्रशिक्षण दिने, पाठ्यक्रमलाई परिमार्जन गर्दै जाने नीति विश्वविद्यालयको रहेको छ ।” पोखरा
अखिल क्रान्तिकारीद्धारा शैक्षिक शुल्क वृद्धिको विरोध

अखिल क्रान्तिकारीद्धारा शैक्षिक शुल्क वृद्धिको विरोध

Main News
एजुेकेशनपत्र, काठमाण्डौ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले शैक्षिक शुल्क वृद्धिको विरोध जनाएको छ । प्राविधिक शिक्षा, तथा व्यावसायिक तालिम परिषद्को स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले शुल्क समायोजन गरेकोमा अखिल क्रान्तिकारीले आपत्ति जनाएको हो । अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि फिर्ता लिन आग्रह गरेकी छन् । अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी निजी संस्थाहरूको साँठगाँठमा पीसिएल नर्सिङमा ३१ प्रतिशत, एचएमा २१ प्रतिशत, डिप्लोमा फार्मेसीमा २५ प्रतिशत शुल्क वृद्धि फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन गर्न माग गरिएको छ । यदि शुल्क वृद्धि फिर्ता नलिए सङ्घर्षका कार्यक्रम ल्याउने सिंहले चेतावनी दिएकी छन् ।
शिक्षक भर्ना प्रक्रिया कार्यान्वयन नगर्न नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश

शिक्षक भर्ना प्रक्रिया कार्यान्वयन नगर्न नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश

Main News
दार्चुला । जिल्ला अदालत दार्चुलाले नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न विपक्षी महाकाली नगरपालिका नगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार नगरपालिकाले २०८० असार २४ गते गरेको नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षा विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। निवेदक मालिकार्जुन गाउँपालिका–२ बस्ने सुन्दर सिंह धामी समेत ३ जनाको निवेदन उपर अधिवक्ताद्वय धिरेन्द्र साउँद र हरिशचन्द्र जोशीले गरेको बहसपछि विपक्षी महाकाली नगरपालिका पालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको अदालतका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए। निवेदक सुन्दर सिंह धामी, दिनेश मल्ल र पुष्पराज जोशी महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक हुन्।
पोखराका सामुदायिक विद्यालयमा प्राविधिक पढाइसँगै विद्यार्थीको आकर्षण

पोखराका सामुदायिक विद्यालयमा प्राविधिक पढाइसँगै विद्यार्थीको आकर्षण

Main News, School Education
पोखरा । पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरुको आकर्षण बढेको हो । पायक पर्ने स्थानमा रोजेको प्राविधिक विषयमा पठनपाठन हुन थालेपछि उनीहरु औधी खुशी भएका हुन् । साथै पछिल्लो समय सामुदायिक विद्यालयमा सञ्चालन गरिएका यस्ता पढाइ वरदान सावित भएका छन् । शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै प्राविधिक विषयको पढाइ सञ्चालन भएपछि सामुदायिक विद्यालयमा करिब सात प्रतिशत विद्यार्थी सङ्ख्यामा वृद्धि भएको पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख सोमनाथ भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरमा नेपाल सरकारकोतर्पmबाट शुक्रराज मावि पुम्दी भुम्दीमा भेटेरीनरी, महेन्द्र मावि भलाममा कृषि, बह्मरुपा मावि राजाकोचौतारोमा कम्प्युटर विज्ञान, जनप्रिय मावि सिमलचौरमा सि
लोक सेवाका प्रतिनिधिविनै सेवा आयोगले लियो परीक्षा

लोक सेवाका प्रतिनिधिविनै सेवा आयोगले लियो परीक्षा

From Today's Newspaper, Main News
विराटनगर । लोक सेवा आयोगको सहभागिताविना नै पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले पदपूर्तिका लागि कर्मचारी छनोटको प्रक्रिया अघि बढाएको छ । २२ वर्षपछि स्थायी पदपूर्तिका लागि विज्ञापन खोलेको विश्वविद्यालय सेवा आयोगको कार्यालयले लोक सेवा आयोगविना नै छनोटको प्रक्रिया अगाडि बढाएको हो । विश्वविद्यालयको स्वीकृत संगठन संरचना र दरबन्दीमध्ये रिक्त पदको विज्ञापन प्रकाशन गर्ने कार्यमा मात्रै लोक सेवासँग समन्वय गरेको थियो । त्यसपछि सञ्चालन भएको परीक्षामा सहभागी नगराइएको लोक सेवा आयोगले जनाएको छ । विश्वविद्यालय ऐनले लोक सेवा आयोगको प्रतिनिधित्व अनिवार्य गरेको छ । विश्वविद्यालय सेवा आयोगले प्रशासनिक पदको खुल्ला समावेशी प्रतियोगिताअन्तर्गत विभिन्न सेवा समूहमध्ये अधिकृतदेखि श्रेणीविहीन कर्मचारीसम्मका लागि १२६ जना कर्मचारी स्थायी पदपूर्तिका लागि २०७८ साल चैत १५ गते विज्ञापन निकालेको थियो । यसअघि २०५७
विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा छः शिक्षामन्त्री अशोककुमार राई

विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा छः शिक्षामन्त्री अशोककुमार राई

Main News
एजुकेशनपत्र, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताएका हुन् । उनले सो विधेयक अर्थ मन्त्रालयबाट शिक्षा मन्त्रालयमा आएपछि अगाडि बढ्ने बताए । उनले सोही विधेयकमा एकीकृत सेवा आयोगसम्बन्धी व्यवस्थालाई समाहित गरिने गरिने बताए । उनले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रुपमा अगाडी बढाउने सरकारको अठोट रहेको स्पष्ट पारे । उनले भने, ‘विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको कुरा निवेदन गर्छु । यो अर्थ मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आएपछि क्रमशः अगाडी बढ्ने कुरा निवेदन गर्छु । यसमा नै एकीकृत सेवा आयोगसम्बन्धी व्यवस्थालाई समाहित गरिने कुरापनि म निवेदन गर्
शिक्षा ऐन बिनाका प्रदेश सरकारका शिक्षाका सयौं योजना अलपत्र

शिक्षा ऐन बिनाका प्रदेश सरकारका शिक्षाका सयौं योजना अलपत्र

From Today's Newspaper, Main News
एजुकेशनपत्र काठमाण्डौं । प्रदेश सरकार गठन भएको पाँच वर्षमा सुदूरपश्चिम प्रदेशमा शिक्षा हेर्ने सामाजिक विकास मन्त्रालयमा चार जना मन्त्री आए। अहिले झपटबहादुर साउद मन्त्री छन्। मन्त्री साउदका अनुसार प्रदेशभर ‘एक पालिका एक नमूना स्कुल’ र एक पालिकामा ‘एक नमूना बालविकास केन्द्र’ बनाउने उनको योजना छ। उनले भनेजस्तो नमूना स्कुल र नमूना बाल विकास केन्द्र बनाउन प्रदेश सरकारसँग कुनै ठोस योजना र तयारी भने छैन। नमूना स्कुलमा कस्तो शिक्षा दिने, के के विषय पढाउने, परीक्षा प्रणाली कस्तो हुने, भौतिक संरचना र सुविधा कस्तो हुने इत्यादि पक्षमा कुनै गृहकार्य भएको छैन। यो योजना पूरा गर्न कानुनी संरचना नभएकाले तयारी गर्न नसकिएको मन्त्रालयका कर्मचारीहरू बताउँछन्। संविधानको धारा ५७ ले गरेको व्यवस्थाअनुसार प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, पुस्तकालय तथा संग्रहालय प्रदेशको एकल अधिकारमा पर्छ। यी अध
आफूसँग भएका ज्ञान र सीप स्वदेश कै उन्नतिका लागि प्रयोग गरौं : शिक्षा राज्यमन्त्री प्रमिला कुमारी

आफूसँग भएका ज्ञान र सीप स्वदेश कै उन्नतिका लागि प्रयोग गरौं : शिक्षा राज्यमन्त्री प्रमिला कुमारी

Main News
एजुकेशनपत्र, काठमाण्डौं । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीप स्वदेश कै उन्नतिका लागि प्रयोग गर्न अनुरोध गर्नुभएको छ। पछिल्लो समय युवा पलायनको दर बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै राज्यमन्त्री कुमारीले नेपालमा भएका अवसरको पहिचान गर्न र मुलुकप्रति योगदान गर्न युवा पुस्तालाई अनुरोध गर्नुभएको हो। ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै उहाँले सरकार रोजगारीको अवसर सिर्जना गर्न दत्तचित्त भएर लागि परेको भन्दै यसमा हातेमालो गर्न पनि अनुरोध गर्नुभयो। उहाँले कलेजले वहन गर्ने सामाजिक उत्तरदायित्वको उच्च प्रशंसा गर्दै सरकारले गर्नुपर्ने कार्यहरुमा कलेजको समन्वयलाई लिएर धन्यवाद दिनुभएको छ। नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको अभिन्न अंग पाटन कलेज फर प्रोफेसनल स्टडीजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थ