Main News Archives | Page 24 of 81 | Education Patra

Main News

विश्वविद्यालय आविष्कार र अनुसन्धानका केन्द्र बन्नुपर्छ : प्रधानमन्त्री

विश्वविद्यालय आविष्कार र अनुसन्धानका केन्द्र बन्नुपर्छ : प्रधानमन्त्री

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताएका छन्। नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अनुसन्धानमा आधारित मौलिक  उच्चशिक्षाको आवश्यकता रहेको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राज्ञिक क्षेत्रमा तपाईंहरूले विकास र रूपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा  गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्वविद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाईं प्राध्यापकहरू अनुसन्धानमा केन्द्रित हुनुपर्दछ।’ शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल
गणतन्त्र स्थापना: शैक्षिक क्षेत्रको सुधारमा सकारात्मक पाइला

गणतन्त्र स्थापना: शैक्षिक क्षेत्रको सुधारमा सकारात्मक पाइला

Main News, Top Feature News
एजुकेशनपत्र, काठमाडौँ । मुलुकमा गणतन्त्र स्थापनापछि शिक्षा क्षेत्रमा नीतिगत रूपमा थुप्रै परिवर्तन भएका छन्। यसले शैक्षिक क्षेत्रको सुधारमा सकारात्मक पाइला अगाडि बढेको छ। विभिन्न नयाँ नीति अवलम्बन गरिए पनि कार्यान्वयन पक्षप्रति भने सन्तोष गर्नुपर्ने अवस्था छैन। गणतन्त्र घोषणापछि निरक्षरता उन्मूलन अभियान, विद्यालय तह स्थानीय सरकारलाई हस्तान्तरण, विद्यालय खाजा कार्यक्रम , निःशुल्क सेनिटरी प्याड, हरेक पालिकामा प्राविधिक विद्यालय स्थापना, विद्यालय तहमा अक्षराङ्कन पद्धति, विद्यालय तहमा नयाँ पाठ्यव्रmम, राष्ट्रिय शिक्षा नीतिलगायतका शैक्षिक सुधारका कार्यव्रmम एवं नीतिको कार्यान्वयन गरिए। यस वर्ष समयमा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पु-याइएको छ। गणतन्त्र स्थापनापछि केही नयाँ विश्वविद्यालय पनि खुले। राजनीतिक प्रतिबद्धता हुन नसक्दा सबैको प्रतीक्षाको विषय रहेको सङ्घीय शिक्षा ऐन आउन निकै सकस
ज्योतिषीय ज्ञानलाई व्यापक बनाउनुपर्नेमा सरोकारवालाको जोड

ज्योतिषीय ज्ञानलाई व्यापक बनाउनुपर्नेमा सरोकारवालाको जोड

Main News
एजुकेशनपत्र, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयअन्तगर्ततको वाल्मीकि विद्यापीठमा ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग विषयक दुई दिने कार्यशाला गोष्ठी बिहीबार ११ गतेदेखि सुरु भएको छ  । वाल्मीकि विद्यापीठ ज्योतिष विभागको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक क्याम्पसमा ज्योतिष विषयमा प्राध्यापनरत प्राध्यापक, त्रिवि संस्कृत विभाग, यौगिक साइन्स मास्टर्स प्रोग्राम, गणित आदि विभागका प्राध्यापक, महर्षि वैदिक फाउण्डेसन र नेपाल ज्योतिष परिषद् आदि संस्थाका ज्योतिषका अनुसन्धाता र अध्येयता एवं उच्च शिक्षामा  अध्ययनरत संस्कृतका विद्यार्थी गरी १२५ जनाको सहभागिता  छ । विश्वविद्यालयको नयाँ पाठ्यक्रममा केन्द्रित भई ज्योतिषको पठनपाठनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजित गोष्ठीमा शिक्षणमा आधुनिक प्रविधिको उच्चतम उपयोग गर्नुपर्ने जीवनपद्
सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने

सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने

Main News, School Education, Special News Highlights, Top Feature News
काठमाडौँ । ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने भएको छ । भूकम्प प्रभावित ८ वटा जिल्ला र काठमाडौँ उपत्यकाबाहेक ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरिन लागेको हो । त्यसका लागि स्थानीय तहहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । भूकम्पबाट अति प्रभावित ८ जिल्लाहरू (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट,दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) र काठमाडौं उपत्यमा भने यो सम्झौता कार्यान्वयन हुनेछैन । सामुदायिक आधारभूत विद्यालयमा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत जडान गर्न लागिएको हो । त्यसका लागि “ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी स्थानीय तह मार्फत ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुऱ्याउने सम्बन्धी कार्यविधि, २०७८ अनुसार जडान गरिने ने
रिड नेपालद्धारा स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिम प्रदान

रिड नेपालद्धारा स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिम प्रदान

Main News
ताप्लेजुङ। ताप्लेजुङमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिम प्रदान गरेको छ । रिड नेपालले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका विभिन्न विद्यालयका स्रोत तथा प्रतिनिधि शिक्षकलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो। ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाका केही वडालाई कार्यक्षेत्र बनाएर रिड नेपालले शैक्षिक गतिविधि गर्दै आएको छ । शिक्षण सिकाइका क्रममा कक्षाकोठामा देखिने समस्या समाधानको सहजीकरण गर्न जिम्मेवारी तोकिएका १३ जना स्रोत तथा प्रतिनिधि शिक्षकलाई सहभागी गराई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको रिड नेपालले जनाएको छ। क्षमता अभिवृद्धि तालिमको सहजीकरण रिड नेपालमा आबद्ध प्रशिक्षकले गर्नुभएको बताइएको छ । क्षमता अभिवृद्धि तालिमले कक्षा कोठामा देखिने समस्या सहज रूपमा समाधान गर्न र शिक्षण सिकाइ
निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रणमा

निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रणमा

From Today's Newspaper, Higher Education News, Main News, Special News Highlights
ईश्वरराज ढकाल, काठमाण्डौं ।  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रण गर्नु नै आयोगको मुख्य सफलता भएको बताउनुभएको छ । आयोग गठन भएदेखि विरोधमा उत्रिएका निजी मेडिकल कलेजले शुल्क घटाएकोमा आपत्ति जनाएको प्रसंग उल्लेख गर्दै भन्नुभयो– ‘उहाँहरू शुरूदेखि नै आयोगको विपक्षमा पटकपटक आन्दोलन उत्रिनुभयो । कलेज सञ्चालन गर्न सक्दैनौं भनेर हामीलाई चाबी नै बुझाउनुभयो । आयोग स्थापना हुनुअघि एमबीबीएसको लागि १ करोड रुपियाँसम्म असुल्ने गरिएको थियो, हाल ४०–४५ लाखमै पढ्न पाइन्छ । आयोगको यो नै ठूलो सफलता हो ।’ चारवर्षे कार्यकाल सकिन करिब दुई महिना बाँकी रहँदा बिहीबार आयोगले पत्रकार सम्मेलन गरी आयोगले अहिलेसम्म गरेको कामको बारेमा जानकारी दिएको हो । कार्यक्रममा उपाध्यक्ष प्राडा गिरीले आयोगकै कारण चिकित्सा शिक्षा क्षेत्रमा सुधार आएको दाबी गर्नुभयो ।
विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकसँग करारनामा सम्झौता

विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकसँग करारनामा सम्झौता

Main News, Special News Highlights
एजुकेशनपत्र, धनगढी। बाजुराको बुढीगंगा नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सो पालिकामा रहेका २९ वटा विद्यालयका प्रधानाध्यापकसँग एक वर्षीय ३४ बुँदे करारनामा गरेको छ । करारनामा हस्ताक्षर गर्ने क्रममा नगर प्रमुख रामबहादुर बानियाँले करारनामापछि अहिले भएको सिकाई उपलब्धिबाट यो शैक्षिक सत्रमा ३ बाट ३० पुग्ने विश्वास गर्नुभयो । बुधवार भएको करारनामा सम्झौता सफल बनाउन अभिभावक,शिक्षक,कर्मचारी ,राजनीतिक दल र जनप्रतिनिधि सबैको साथ सहयोगका हुने अपेक्षा पनि नगरप्रमुख बानियाँको छ । ३४ बुँदामा शैक्षिक क्यालेन्डर बनाउने, मातहतका शिक्षकसँग पनि प्रधानाध्यापकले करार सम्झौता गर्ने विद्यालयले गाउँ टोलमा अभिभावक शिक्षा दिनु पर्ने , कक्षामा वालमैत्री बसाइँ बनाउने, गुणस्तर सुधारको अवस्था बारे त्रैमासिक र अर्धवार्षिकरुपमा समीक्षा गर्ने, परीक्षा इकाई बनाउने, अभिभावक भेला तीन-तीन महिनामा गर्ने, विद्यालयको
लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसमा तालाबन्दी

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसमा तालाबन्दी

From Today's Newspaper, Higher Education News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । बिएएलएलबी तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विभिन्न माग अघि सारेर आन्दोलित बनेका हुन् । उनीहरूले क्याम्पसमा तालाबन्दी गरेका छन् । तालाबन्दी गर्नुका साथै क्याम्पस प्रमुख, विश्वविद्यालयका भिसी, रजिष्ट्रार लगायत हराएको भन्दै चोक चोकमा पोष्टर समेत टाँसेका छन् । उनीहरूले डीन कार्यालयलाई सिटी क्याम्पस बुटवलमा सार्ने र डीनलाई नियमित पठनपाठनका निमित्त नियुक्त गर्नुपर्ने विद्यार्थीहरूको माग छ । विद्यार्थीहरू बुटवलको जेसिस चोकमा जम्मा भएर भोग हडतालमा बसेका छन् । उनीहरूले ८ जेठबाट क्याम्पसमा तालाबन्दी गरेका थिए । विद्यार्थीहरूले नयाँ ४ जना कानुन क्षेत्रमा दक्षता हासिल गरेका शिक्षकलाई प्रशासनले आवेदन गरी विद्यार्थीहरूको समूहमा राखी डेमो क्लास गराई विद्यार्थी राय अनुसार नियुक्त
कक्षा १२ को ऐच्छिक नेपालीबाट भुपाल राईको कविता ‘हरिनन्द र माटो’ हटाउन दबाव

कक्षा १२ को ऐच्छिक नेपालीबाट भुपाल राईको कविता ‘हरिनन्द र माटो’ हटाउन दबाव

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । कक्षा १२ को ऐच्छिक नेपालीमा राखिएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको कविता ‘हरिनन्द र माटो’ लाई किताबबाट हटाउन विभिन्न समूहहरूले दबाव दिन थालेका छन् । एजुकेशनपत्र, काठमाण्डौं । पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरलाई कुलपति राईको कविता किताबबाट हटाउन दबाव आएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । सार्वजनिक रूपमा पुस्तक बिक्री वितरणमा रोक लगाउने चर्चा चले पनि केन्द्रले निर्णय गरिनसकेको पाठ्यक्रम विकास केन्द्रको भनाइ छ । केन्द्रका सूचना अधिकृत डा.बाबुराम ढुंगानाले अनलाइनखबरसँग कवितामा प्रयोग भएको शब्द सच्याउनको लागि सुझाव आए पनि निर्णय नभइसकेको बताए। ‘कवितामा प्रयोग भएको शब्दमाथि धेरै सुझाव आएको छ। विषय समितिले लेखकसँगै बसेर समाधानको उपाय खोज्ला। अहिले केन्द्रले केही निर्णय गरिसकेको छैन,’ उनले भने । कुलपति राईको ‘आगोले जन्मोत्सव म
बलात्कार आरोपित शेषमणि गौतम उपप्राध्यापकबाट निलम्बित

बलात्कार आरोपित शेषमणि गौतम उपप्राध्यापकबाट निलम्बित

Main News
एजुकेशनपत्र, देउखुरी । बलात्कार अभियोगमा प्रहरी हिरासतमा परेका देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम पदबाट निलम्बित भएका छन्। क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले क्याम्पस सञ्चालक समितिको कोषाध्यक्षसमेत रहेका गौतमलाई निलम्बित गरेको क्याम्पस प्रमुख शिव वलीले सेतोपाटीलाई जानकारी दिए। क्याम्पस सञ्चालक समितिका अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वक्याम्पस प्रमुखसमेत रहेका गौतमलाई उनी पक्राउ परेको दिनदेखि नै लागू हुने गरी सबै पदबाट निलम्बित गर्ने निर्णय गरेको क्याम्पस प्रमुख वलीले बताए। लमही नगरपालिका वडा नं. ५ – रातोडाँडाका उपप्राध्यापक गौतमले जेठ ८ गते  दिउँसो घरमा कोही नभएको समयमा एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीपछि सोही दिन उनी पक्राउ परेका थिए। देउखुरीकै एक प्राविधिक शिक्षालयमा अध्ययनरत छात्रा पनि