Main News Archives | Page 40 of 81 | Education Patra

Main News

दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गर्ने तयारी: पुस २५ गतेदेखि कम्प्युटर कक्षा सुरु

दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गर्ने तयारी: पुस २५ गतेदेखि कम्प्युटर कक्षा सुरु

Main News
ताप्लेजुङ। ताप्लेजुङमा दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । कम्प्युटर साक्षरता अभियानमार्फत् राइट स्टेप एजुकेसन एकेडेमी नामक संस्थाले कम्प्युटर शिक्षा प्रदान गर्ने भएको हो ।  सदरमुकाम फुङ्लिङमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था राइट स्टेप एजुकेसन एकेडेमीले एक वर्षभित्र दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गर्ने जनाएको छ । कम्प्युटर शिक्षाअन्तर्गत बेसिक प्रोग्राम (आधारभूत ज्ञान)देखि हार्डवेयर कोर्ष सम्मको सीप प्रदान गरिने संस्थाका निर्देशक दीपेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो ।  ताप्लेजुङमा स्थानीय पाथीभरा कम्प्युटर ट्रेनिङ सेन्टरको सहकार्यमा तालिम प्रदान गर्न लागिएको संस्थाका निर्देशक पौडेलले बताउनुभयो । स्वरोजगार बन्नमा सहयोग पु¥याउने उद्देश्यसहित कम्प्युटर शिक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्नेगरी तालिम सञ्चालन गर्न लागेको पनि निर्देशक पौडेलले ब
कमजोर विद्यार्थीका लागि विद्यालयहरूमा कोचिङको सट्टा उपचारात्मक कक्षा निःशुल्क सञ्चालन

कमजोर विद्यार्थीका लागि विद्यालयहरूमा कोचिङको सट्टा उपचारात्मक कक्षा निःशुल्क सञ्चालन

Main News, School Education
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेका विद्यालयहरूमा उपचारात्मक कक्षा सञ्चालन गरिएको छ । कमजोर विद्यार्थीहरूलाई विशेष समय दिएर उनीहरूको सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सञ्चालन गरिएको हो । विशेष गरी नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र  कमजोर विद्यार्थीको सिकाइस्तरमा उठाउने उद्देश्यले उपचारात्मक कक्षा सञ्चालन गरिएको कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत राजन पाण्डेले बताउनुभयो । नगरपालिकामा रहेका सबै विद्यालयहरूमा विद्यार्थीहरूको शैक्षिक स्तर मापन गर्ने कार्य भएको छ । विद्यालय आफैले परीक्षा मार्फत विद्यार्थीहरूको शैक्षिक स्तर मापन गरेर पहिलो , दोस्राे र  तेस्राे गरी तीन वर्गमा विभाजन गरेका छन् । विद्यालयहरूमा कोचिङका रुपमा सञ्चालन हुने कक्षालाई नगरपालिकाले उपचारात्मक कक्षाका रुपमा निःशुल्क रुपमा सञ्चालन गरेको हो । शिक्षकहरूले प
विद्यालयमा नर्स व्यवस्थापछि विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण सहज

विद्यालयमा नर्स व्यवस्थापछि विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण सहज

Main News
दमौली । तनहुँका केही विद्यालयले ‘नर्स कार्यक्रम’ सुरु गरेपछि विद्यार्थीलाई सहज भएको छ । बालबालिका नियमित उपस्थित गराउन र विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने उद्देश्यसहित सुरु गरिएको नर्स कार्यक्रममार्फत विद्यार्थीलाई सहज भएको हो । विद्यालयमै नर्सको व्यवस्था भएपछि विद्यार्थीले सामान्य स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थासम्म जानपर्ने बाध्यता हटेको हो । व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयले नर्स सुनिता जोशीमार्फत नर्सिङ सुविधा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिए । प्राथमिक उपचारका लागि आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था विद्यालयले मिलाएको छ । विद्यार्थी धेरै भएकाले बिरामी भइरहने, घाइते हुने गरेकाले उपचारमा सहज बनाउन नर्स राखिएको उनको भनाइ छ । विद्यालयमा दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय नर्
मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गर्ने तीन शिक्षक पक्राउ

मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गर्ने तीन शिक्षक पक्राउ

Main News
काठमाडौँ । विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोटका तीन शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेका छन् । उनीहरू गत शनिबार दिउँसो चितवनको कंकाली सामुदायिक वनमा विद्यार्थीसहित पिकनिक गर्न गएका थिए । पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको उनीहरूमाथि अभिभावकहरूको अभियोग छ । पिकनिकमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूसमेत गरी ४० जना सहभागी थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद सापकोटाले विद्यार्थी र अभिभावकको गुनसोका आधारमा प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।न्युज कारखाना
स्ववियु चुनाव गराउन विद्यार्थी संगठनहरूले गरे त्रिविको ध्यानाकर्षण

स्ववियु चुनाव गराउन विद्यार्थी संगठनहरूले गरे त्रिविको ध्यानाकर्षण

Main News
जनादेश नेपाल, काठमाण्डौं । विद्यार्थी संगठनहरूले जसरी भएपनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन त्रिभुवन विश्वविद्यालयसँग माग गरेका छन् । विभिन्न बहाना बनाएर स्ववियु चुनाव नगराउने खेल भइरहेको भन्दै विद्यार्थी संगठनहरूले त्रिविको ध्यानाकर्षण गराएका हुन् । चुनावका विषयलाई लक्षित गरेर त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले आज विद्यार्थी संगठनहरूसँग छलफल गरेको थियो । छलफलको क्रममा विद्यार्थी संगठनका प्रतिनिधिहरू जुनसुकै हालतमा पनि चुनाव हुनुपर्नेमा जोड दिएका हुन् । परिषद्का प्रमुख पशुपति अधिकारीले चुनावको मितिका विषयमा छलफल गर्न विद्यार्थी संगठनहरूलाई बोलाएका थिए । त्यही क्रममा उनीहरूले आफूहरू चुनावको लागि तयार रहेको र त्रिवि त्यसबाट पछि हट्न नहुनेमा जोड दिए । हरेक २/२ वर्षमा फागुन १४ गते स्ववियु चुनाव गराउनुपर्ने व्यवस्था छ । तर, २०६५ सालयता स्ववियु चुनाव हु
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेललको प्रगति प्रतिवेदन सार्वजनिक

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेललको प्रगति प्रतिवेदन सार्वजनिक

Main News
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् । मन्त्रालयको जिम्मेवारीबाट विदाई हुँदै पौडेलले आफ्नो कार्यकालमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।  २०७८ असोज २२ मा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका पौडेलले आफ्नो कार्यकालमा गरेका कामहरू १९ बुँदामा सार्वजनिक गरेका हुन् । सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमहरू र स्वीकृत कार्ययोजनाको आधारमा हालसम्म हासिल भएका मुख्य मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।  जसमा सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालयस्तरको मेडिकल कलेज स्थापनाको लागि गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरेको जनाएका छन् । त्यस्तै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ जारी भएको, मकवानपुर जिल्लाको चित्लाङमा विश्वविद्यालयको पूर्वाधार निर्माणको कार्य
अस्थायी शिक्षकहरूलाई गोल्डेन हेण्डसेकको अर्को मौका

अस्थायी शिक्षकहरूलाई गोल्डेन हेण्डसेकको अर्को मौका

Main News
जनादेश नेपाल, काठमाण्डौं । अस्थायी शिक्षकहरूलाई गोल्डेन हेण्डसेकको अर्को मौका दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसअघि छुटेका अस्थायी शिक्षकहरूलाई गोल्डेन हेण्डसेकको अर्को मौका दिएको हो । विगतमा दिइएको सेवा सुविधामा छुटेकाहरूले ३० दिनभित्रमा शिक्षा विकास तथा समन्वय इकाई मार्फत आवेदन दिन सकिने केन्द्रले जनाएको छ । २०७३ साल असार १५ गतेसम्म अस्थायी शिक्षकको रुपमा अविछिन्न कार्यरत रही शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ११ (च) को उपदफा ९ अनुसार सुविधा प्राप्त गर्ने गरी उक्त ऐनको दफा ११ (च) को उपदफा १० बमोजिम स्वतः अवकाश भएका शिक्षकहरूका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७५ चैत्र ११ को सचिवस्तरीय निर्णय अनुसार सेवा सुविधा दिने निणय गरेको थियो । केही शिक्षकहरूले अझै पनि उक्त सुविधा नपाएको गुनासो गरेपछि शिक्षा विकास तथा समन्वय इकाई, सम्बन्धि
दुर्गमका विद्यार्थीले किताब कहिले पाउने सरकार ?

दुर्गमका विद्यार्थीले किताब कहिले पाउने सरकार ?

Main News, School Education
कालीकोट। जिल्लाको शुभकालिका गाउँपालिका –७ की मेनका शाहीले अर्को शैक्षिक सत्र आउन लाग्दासम्म किताब नपाएको गुनासो गर्नुभयो । कक्षा १० मा अध्ययनरत छात्रा शाहीले तीन महिनामा मतपत्र पुगेर नयाँ सांसद चुनिन सक्ने, तर विद्यार्थीका लागि पाठ्यपुस्तक पुग्न वर्षदिन किन लाग्ने ? जिज्ञासा गर्नुभयो । नयाँ शैक्षिक सत्र सुरु भएको नौ महिना पुग्नै लागेको छ । तर विद्यार्थीका हातमा पाठ्यपुस्तक नभएकोप्रति विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् । शुभकालिका –१ का लक्ष्मण अधिकारीले विद्यालयमा किताबभन्दा पनि कम्प्युटर, इन्टरनेट प्रमुख भएको सुनाउनुभयो । जनप्रभात माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी अधिकारीले विद्यालयमा पढ्ने विद्यार्थीका लागि चाहिने पाठ्यपुस्तक होइन, पढाउने गुरुका लागि विलासिताका बस्तु ल्याएर शैक्षिक सुधार गर्न खोज्नु गलत भएको गुनासो गर्नुभयो । “हामीलाई चाहिने किताब हो, कहिल्यै समयमा आउँद
शिक्षालाई उद्यमशीलता विकाससंग  जोडन उपराष्ट्रपति पुनको आग्रह

शिक्षालाई उद्यमशीलता विकाससंग जोडन उपराष्ट्रपति पुनको आग्रह

Main News
कावासोती। उपराष्ट्रपति नन्दकिशोर पुनले अहिलेको शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्ति आफैँलाई बोझ हुने स्थिति बनेको बताउनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा राज्यले अझै विकास गर्न नसकेको भन्दै उद्यमशीलतालाई जोड्ने गरी शिक्षालाई अघि बढाउनुपर्ने बताउनुभयो। शुक्रबार नवलपुरको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताउनुभएको हो। कार्यक्रममा बोल्दै उहाँले सामुदायिक र निजी विद्यालयको विभेदका कारण पनि राज्यको शिक्षा सोचेजस्तो नभएको धारणा राख्नुभयो। उपराष्ट्रपति पुनले अब समयसापेक्ष सुधार गरी शिक्षामा गुणात्मक परिवर्तन आवश्यक रहेको बताउनुभयो। सामुदायिक विद्यालयको स्तरोन्नतिसँगै प्राविधिक शिक्षामा जोड दिन सके देशको शैक्षिक क्षेत्रको सुधार हुने उहाँले बताउनुभयो। उपराष्ट्रपति पुनले कुनै–कुनै सामुदायिक विद्यालय नमुनाका रूपमा रहेका छन् र अन्यलाई पनि
बागमती प्रदेश विश्वविद्यालय स्थापनाका लागि स्थानको टुङ्गोलाग्दै

बागमती प्रदेश विश्वविद्यालय स्थापनाका लागि स्थानको टुङ्गोलाग्दै

Main News
जनादेश नेपाल, हेटौँडा। विश्वविद्यालय स्थापनाको तयारी थालेको बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि एक साताभित्र स्थानको टुङ्गो लगाउने भएको छ। गत असोज ६ गते प्रदेश सरकारले विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्ने गरेको थियो। विश्वविद्यालयका लागि जग्गा खोजी र छनोट गर्न प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठनसमेत गरेको थियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको सिफारिसमा विश्वविद्यालय स्थापनाका लागि जग्गा छनोट गरी टुङ्गो लगाउने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले विश्वविद्यालय स्थापनाका लागि उपयुक्त स्थान र जग्गा छनोट गरी सिफारिस गर्न गठित कार्यदलको सिफारिसमा एक साताभित्र जग्गा छनोट गरिसक्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको