Main News Archives | Page 41 of 81 | Education Patra

Main News

बुटवलका विद्यार्थीले बनाए स्मार्ट सोलार यन्त्र

बुटवलका विद्यार्थीले बनाए स्मार्ट सोलार यन्त्र

Banner News, Main News, Special News Highlights, Top Feature News
जनादेश नेपाल संवाददाता, काठमाण्डौं । बुटवलको कालिका मानवज्ञान माविका विद्यार्थीले स्मार्ट सोलार यन्त्र बनाएका छन् । घाम लागेको बेलामा सोलार प्यानलले काम गर्ने तर घामले छेकिँदा ब्याट्री चार्ज नभएर सौर्य विद्युत प्रयोग गर्न नपाउने समस्याले सौर्य विद्युत उपभोक्ताहरु पीडित रहँदै आएका छन् । यो समस्यालाई समाधान गर्नका लागि कालिका मानवज्ञान माविमा विज्ञान विषय पढ्ने विद्यार्थीहरुले स्मार्ट सोलार यन्त्र तयार गरेका छन् । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले बनाएको स्मार्ट सोलार प्रणालीमा जडित सोलार पाता प्रकाश पर्ने दिशामा स्वचालित रुपमा घुम्ने गर्छ । जुन दिशाबाट बढी प्रकाश आउँछ त्यही दिशामा सोलार पाता फर्कने भएकोले सौर्य ब्याट्री बढी चार्ज हुन पाउने र उपभोक्ताहरुले निर्वाध रुपमा सौर्य विद्युत उपभोग गर्न पाउने भएकोले यस्तो यन्त्रको प्रवर्द्धन गर्नुपर्ने विद्यार्थी सन्दिप वस्तीले बताए ।