Top Feature News Archives | Page 13 of 17 | Education Patra

Top Feature News

दैनिक एकतिहाइ भन्दा धेरै एनओसीका आवेदन ‘रिजेक्ट’

दैनिक एकतिहाइ भन्दा धेरै एनओसीका आवेदन ‘रिजेक्ट’

From Today's Newspaper, Main News, Top Feature News
 काठमाण्डौं । विदेश अध्ययनका लागि जान चाहने एकतिहाइभन्दा धेरै विद्यार्थीको ‘नो अब्जेक्सन लेटर’ (एनओसी) आवेदन नै अस्वीकृत हुने गरेको छ । शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)को लापरबाही तथा विद्यार्थीको बेवास्ताका कारण दैनिक यति धेरै एनओसी आवेदन रिजेक्ट हुने गरेका हुन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार शैक्षिक परामर्श केन्द्रले एउटा विद्यार्थीको डकुमेन्ट (नागरिकता, सर्टिफिकेटलगायत) अर्कोको आवेदनमा राखिदिने, पूरा कागजात नराख्ने (मेडिकल अध्ययनका लागि आवश्यक अनुमति नै नलिने) तथा कोर्सको अवधि कम हुने गरेका कारण एनओसीको आवेदन रिजेक्ट हुने गरेको बताए । ‘विद्यार्थीले अनलाइनमा पठाएका डकुमेन्ट हेरेपछि कि त भेरिफाइड हुन्छ कि रिजेक्ट हुन्छ,’ प्रमुख वस्तीले भने, ‘किन रिजेक्ट भएको भन्ने कारणसमेत विद्यार्थीलाई लेखेर पठाउँछौँ, यसले उनीहरूलाई सजिलो
टुकी बालेर पढाउन सुरु गरिएको विद्यालय बन्यो देशकै उत्कृष्ट

टुकी बालेर पढाउन सुरु गरिएको विद्यालय बन्यो देशकै उत्कृष्ट

Main News, Top Feature News
रासस । साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ । अध्ययनका लागि विद्यार्थीको सङ्ख्या बढ्न थालेकाले भरतपुर महानगरपालिका–१० मा अवस्थित यो विद्यालयमा प्रवेश परीक्षा लिने गरिन्छ । २०२० जेठ ६ गते चार विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालयमा अहिले तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् । गुणस्तर मापन केन्द्रको परीक्षणमा ९३दशमलव ०५ प्रतिशत अङ्क प्राप्त गरी यो विद्यालय देशकै उत्कृष्ट दोस्रो बन्न सफल भएको हो । हिरक महोत्सव (६०औँ वार्षिकोत्सव) मनाइरहेको विद्यालयको इतिहास आफैँमा मर्मस्पर्शी छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीका अनुसार चार वर्षमा प्रवेशिका परीक्षा उत्तीर्ण गराउने उद्देश्यका साथ ‘नारायणी रात्रि हाई स्कुल’ नाम राखी यो विद्याल
गुणस्तरीय शिक्षाका लागि नीतिमा सुधार आवश्यक : सचिव सुवेदी

गुणस्तरीय शिक्षाका लागि नीतिमा सुधार आवश्यक : सचिव सुवेदी

Main News, Top Feature News
रासस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सामुदायिक विद्यालय शिक्षालाई समसामयिक र गुणस्तरीय बनाउन गर्नुपर्ने नीतिगत/कानूनी व्यवस्था सार्वजनिक नीति संवाद’ कार्यक्रममा उनले सरकारले ल्याएको शिक्षा नीतिको कार्यान्वयन गरेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् । शिक्षासचिव सुवेदीले नेपालमा शिक्षकको अभाव भएको, भएको ठाउँमा गुणस्तरीय शिक्षक नभएको र राम्रा शिक्षकको आवश्यक पहिचान र सम्वर्द्धन हुन नसक्ने समस्या रहेको बताए । कार्यक्रममा शिक्षा सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले मुलुकमा योग्य शिक्षकको अभाव हुँदै गएको बताए । “मधेस प्रदेशका जिल्लामा शिक्षक मागेजति पनि उम्मेदवार पाउन सकिएन, यसप्रति सरकार गम्भीर बन्नुपर्छ”, उनले भने
शिक्षामा राजनीति: गुणस्तर खस्कने प्रमुख कारण

शिक्षामा राजनीति: गुणस्तर खस्कने प्रमुख कारण

Main News, Top Feature News
जनादेश नेपाल, काठमाण्डौं । शिक्षाविद्हरूले नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेसामा आकर्षण घट्दै गएको बताएका छन् । बिहीबार काठमाडौँमा आयाजित शिक्षा नीति संवाद कार्यक्रममा बोल्दै शिक्षाविद्हरूले पछिल्लो समय नेपालमा विषयगत शिक्षकहरूको कमी भइरहेको र शिक्षकहरूमा पनि उपयुक्त योग्यता भएको नपाइएको बताए । विज्ञहरूले आवश्यक शिक्षक मागसमेत पूर्ति हुन नसकेको बताए । कार्यक्रममा बोल्दै शिक्षा सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले मधेस प्रदेशका जिल्लामा शिक्षक मागे जति पनि उम्मेदवार नपाएको बताए । उनले खोजे जति योग्य शिक्षकहरू पाउन नसकेको भन्दै सरकारले यसप्रति गम्भीर बन्नुपर्ने बताए । रेग्मीले सामान्य परीक्षाबाट उत्तीर्ण भएका शिक्षकहरू पनि विषयगत परीक्षामा फेल भएकाले नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिक र नयाँ किसिमबाट विकसित गर्न आवश्यक रहेको बताए । कार्यक्रममा त्रिभुवन विश्वव
चिकित्सा शिक्षा आयोगका कारण सयौ विद्यार्थीहरू मानसिक तनावमा

चिकित्सा शिक्षा आयोगका कारण सयौ विद्यार्थीहरू मानसिक तनावमा

Main News, Top Feature News
काठमाडौँ । सङ्खुवासभा, धर्मदेवी नगरपालिका–९ का १८ वर्षीय प्रमोसु दाहाल यतिबेला काठमाडौँमा छन् । गत भदौमा प्लस टु को नतिजा आएपछि उनी एमबीबीएसको तयारीमा लागे । एमबीबीएस पढ्ने सपना बोकेर काठमाडौँ हानिएका उनी यतिबेला तनावमा छन् । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनका लागि लिनुपर्ने एकीकृत प्रवेश परीक्षा (इन्ट्रान्स) को फारम नखुल्दा उनी तनावमा परेका हुन् । उनीमात्रै नभएर उनीजस्ता हजारौँ विद्यार्थी यतिबेला तनावमा छन् । आयोगको वार्षिक कार्यतालिका अनुसार कात्तिकको तेस्रो सातामा परीक्षाका लागि आवेदन सूचना प्रकाशित गर्नुपर्ने थियो । तर, पुसको दोस्रो साता बित्नलाग्दा समेत आयोगले सूचना निकाल्न सकेको छैन । अहिलेसम्म सूचना ननिकाल्दा विद्यार्थीहरू आयोगलाई दिनहुँ फोन गरेर सोध्ने गरेका छन् । जसले गर्दा आयोगका अधिकारीहरू समेत फोनको जवाफ दिँदादिँदा थाकिसकेका छन् ।
विद्यालय शिक्षाका बिर्सिइएका मुद्दा

विद्यालय शिक्षाका बिर्सिइएका मुद्दा

From Today's Newspaper, Thought/Blog, Top Feature News
मुलुक संघीय प्रणालीमा गएसँगै संविधानतः विद्यालय शिक्षा सञ्चालन स्थानीय सरकारको कार्यक्षेत्रभित्र आएको छ । कतिपय सवालमा संघले नै अह्रन–खटन गर्न खोजे पनि मूलतः विद्यालय अहिले पालिकाहरूले नै चलाइरहेका छन् । यसबीचमा तीन तहका सरकारमध्ये संघीयताको साख यिनै पालिकाहरूले राखे पनि विद्यालय शिक्षाको प्रगति भने समीक्षाकै कसीमा छ । पछिल्ला दुई वर्ष कोभिड महामारीका कारण अवस्था प्रतिकूल भए पनि यस अवधिमा विद्यालयहरू कसरी चले भन्ने विषय अवश्य सिंहावलोकनीय छ । यसैबीच राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्षका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्लेको नेतृत्वमा गठित कार्यदलले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहलाई दिएपछि अनुगमन शून्य भएको र शिक्षकलाई तालिमको व्यवस्थासमेत कमजोर बनेको औंल्याएको छ । ‘विद्यालय शिक्षामा स्रोतसाधनको उचित व्यवस्थापन, गुणस्त
महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन अपिल

महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन अपिल

International, Top Feature News
रासस । तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरूलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका वेला संयुक्त राष्ट्रसंघीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गरेकी छिन्। संयुक्त राष्ट्रसंघीय वुमन (युएन वुमन)की कार्यकारी निर्देशक सीमा बहाउसले सो आग्रह गरेकी हुन्। उनले भनेकी छिन्, ‘अफगानिस्तानको तालिबान सरकारले गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्छ र उसका कारणले महिलाले अधिकार नपाउने अवस्थाको तत्कालै अन्त्य हुनुपर्छ। शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्छ।’ तालिबान सरकारका शिक्षामन्त्रीले यसै हप्ता तालिबान सरकारले सो निर्णय गरेको बताएका थिए। अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट प्रतिबन्धित गरेको घटनाको सबैतिर विरोध भएको छ। मंगलबार मात्रै अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्त
बुटवलका विद्यार्थीले बनाए स्मार्ट सोलार यन्त्र

बुटवलका विद्यार्थीले बनाए स्मार्ट सोलार यन्त्र

Banner News, Main News, Special News Highlights, Top Feature News
जनादेश नेपाल संवाददाता, काठमाण्डौं । बुटवलको कालिका मानवज्ञान माविका विद्यार्थीले स्मार्ट सोलार यन्त्र बनाएका छन् । घाम लागेको बेलामा सोलार प्यानलले काम गर्ने तर घामले छेकिँदा ब्याट्री चार्ज नभएर सौर्य विद्युत प्रयोग गर्न नपाउने समस्याले सौर्य विद्युत उपभोक्ताहरु पीडित रहँदै आएका छन् । यो समस्यालाई समाधान गर्नका लागि कालिका मानवज्ञान माविमा विज्ञान विषय पढ्ने विद्यार्थीहरुले स्मार्ट सोलार यन्त्र तयार गरेका छन् । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले बनाएको स्मार्ट सोलार प्रणालीमा जडित सोलार पाता प्रकाश पर्ने दिशामा स्वचालित रुपमा घुम्ने गर्छ । जुन दिशाबाट बढी प्रकाश आउँछ त्यही दिशामा सोलार पाता फर्कने भएकोले सौर्य ब्याट्री बढी चार्ज हुन पाउने र उपभोक्ताहरुले निर्वाध रुपमा सौर्य विद्युत उपभोग गर्न पाउने भएकोले यस्तो यन्त्रको प्रवर्द्धन गर्नुपर्ने विद्यार्थी सन्दिप वस्तीले बताए ।