प्राविधिक शिक्षातर्फ विद्यार्थीको आर्कषण बढदो: सर्वेक्षणमा विद्यार्थीको संख्या २.५ प्रतिशतले बढ्यो
एजुकेशनपत्र, काठमाण्डौं । आर्थिक सर्वेक्षण २०७९/८० ले सबै तहमा गत शैक्षिक सत्रभन्दा यस शैक्षिक सत्रमा विद्यार्थी संख्यामा वृद्धि भएको जनाएको छ ।
सर्वेक्षणका अनुसार गत शैक्षिक सत्रको तुलनामा शैक्षिक सत्र २०७९ मा अध्ययनरत विद्यार्थीको संख्या २.५ प्रतिशतले वृद्धि भइ ७२ लाख ६९ हजार ५२१ पुगेको छ ।
तर विद्यार्थीको संख्या बढेको भन्ने कुरा विश्वास गर्न नसकिने शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाको भनाइ छ । उनी भन्छन्, ‘यो तथ्यांकमा विश्वास गर्न सकिने आधार छैन । विद्यार्थीको चाप हुने क्षेत्र यताउता भएको हुनसक्छ तर बढेको भनेर कसरी भन्न सकिन्छ ? जन्मदर नै घटिरहेको अवस्था छ । अधिकांश विश्वविद्यालयले विद्यार्थीको घटिरहेको भन्दै तथ्यांक बनाइरहेका छन् ।’
उनका अनुसार जन्मदर घट्दै गइरहकोले तल्लो कक्षामा स्वत: विद्यार्थी कम हुने र माथिल्लो तहमा वैदेशिक अध्ययनलगायतको कारणले विद्यार्थी कम भएकोले